Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

जेसी सम्वन्धी दुई दिने तालिम

डेक्स

डेक्स

जेसी सम्वन्धी दुई दिने तालिम
ADVERTISEMENT

नेपालगञ्ज । लैंगिक समानता तथा सामाजिक समावेशिकरण विषयक २ दिने तालिम भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ को आयोजना र युवा घरको सहजिकरणमा आइतबारदेखि तालिम शुरु भएको हो । 
तालिमको शुभारम्भमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष परसराम कुर्मीले समाजमा लैँगिक हिंसा र बालबिबाहको समस्या याथवत रहेको बताउदै यस्ता समस्याको न्यूनिकरण गर्न तालिम उपयोगि भएको बताउनुभयो ।

समाजमा रहेका गलत कार्य र कुसंस्कारलाइ हटाउन तालिमबाट सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्र्नु पर्ने बताउदै अध्यक्ष कुर्मिले भन्नुभयो “ज्ञान र शिक्षा जती बाढ्यो त्यति बढ्छ तालिमबाट सिकेका कुरा समुदायका ब्यक्तिहरुलाई सिकाउनुहोला ।” समापन समारोहमा बोल्दै वडा सदस्य सुहावन कुर्मिले समाजमा रहेका बिधमान समस्या समाधानका लागि सबैले आफ्नो घरबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।

वडा नम्बर १९ का वडा सचिब मदन रावतले समुदायमा लैंगिक असमानता बिधमान रहेकाले यस्तो तालिमको आयोजना गरिएको बताउदै छोरा र छोरीबिच हुने बिभेद अन्त्य गरी समान अवसर प्रदान गरी लैंगिक समानता तथा सामाजिक समावेशिकरणको सिद्धान्त अवलम्बन गर्नुपर्ने बताउनुभयो । 
तालिमका सहभागिहरुले समाजमा रहेका बिभिन्न लैंगिक असमानता तथा लैंगिक हिंसाका घटनाहरु न्युनिकरण गर्न तालिमबाट ज्ञान प्राप्त भएको बताउदै तालिम समय सान्दर्भिक भएको बताएका थिए । २ दिन सम्म सञ्चालन भएको तालिममा युवा घरका अध्यक्ष मन भण्डारीले लैंगिकता, लैंगिक समानता, लैंगिक प्रभाव विश्लेषण, सामाजिक समावेहिकरण, लैंगिक हिंसा, हिंसाका कारण, प्रकार, असर, हिंसा न्युनिकरणका उपाय, कानुनी प्रावधान, सकारात्मक सोच लगायतको विषयमा प्रशिक्षण दिएका थिए भने युवा घरका सदस्य तपेन्द्र बहादुर मलातीले बाल बिबाह, बाल बिबाहका असर, बाल बिबाह न्यनिकरण, कानुनी प्राबधानको विषयमा सहजिकरण गर्नुभएको छ । 
युवा घरका सदस्य शिब कुमार वर्माले सञ्चालन गरेको तालिममा वडा सदस्य, वडा कार्यालयका कर्मचारी, बिभिन्न क्षेत्रका अगुवा र अन्य गरी ३० जनाको सहभागिता रहेको थियो ।  

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…