Pairabi logo

असोज २६, २०८३, सोमबार                    

हुम्लामा खाद्यान्नको समस्या

डेक्स

डेक्स

हुम्लामा खाद्यान्नको समस्या
ADVERTISEMENT

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लाको गोदाममा समयमै खाद्यान्न ढुवानी नहुँदा मौज्दात कम हुँदै गएपछि बिक्रीमा समस्या भएको छ । 

चालुु आर्थिक वर्षका लागि     हवाई तथा पैदलमार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका निजी विमान कम्पनी र  पैदलमार्गबाट ढुवानीको जिम्मा पाएका आपूर्तीकर्ताले समयमै खाद्यान्न ढुवानी नगर्दा मौज्दात न्यून भएको हो । 

हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यले हाल गोदाममा खाद्यान्न मौज्दात न्यून रहेका कारण बिक्री गर्न समस्या भएको बताउनुुभयो । नेपालगञ्जबाट हवाईमार्ग हुँदै ढुवानी भएर आउनुुपर्ने चार हजार क्विन्टल खाद्यान्नमध्ये हालसम्म तीन हजार ५७९ दशमलव ८० क्विन्टल मात्र ढुवानी भएको छ । 

सुर्खेतबाट छ हजार क्विन्टलमा पाँच हजार १४३ दशमलव ४० क्विन्टल ढुवानी भएको छ । आर्थिक वर्ष सम्पन्न हुन तीन महिना बाँकी रहँदा नेपालगञ्जबाट ४२० दशमलव २० क्विन्टल र सुुर्खेतबाट ८५६ दशमलव ६० क्विन्टल खाद्यान्न ढुवानी हुन बाँकी छ । उहाँले निजी विमान कम्पनीले समयमै खाद्यान्न ढुवानीको काम नगर्दा जिल्लामा समस्या भएको बताउनुुभयो । 

त्यसैगरी शाखाकै लागि पैदलमार्गबाट राजापुरबाट एक हजार क्विन्टलमा हालसम्म ५०१ क्विन्टल सुर्खेतबाट एक हजार क्विन्टलमा ५०७ दशमलव ६० क्विन्टल, नेपालगञ्जबाट एक हजार क्विन्टलमा ३६० दशमलव ६० क्विन्टल र धनगढीबाट एक हजार क्विन्टलमध्ये ३५२ क्विन्टल खाद्यान्न मात्र ढुवानी भएको छ । 

पैदलमार्गबाट चार हजार क्विन्टल खाद्यन्नमध्ये चैत महिनासम्म एक हजार ६२१ दशमलव दुुई क्विन्टल मात्र ढुवानी भएको छ । अझै पैदलमार्गबाट दुुई हजार २७८ दशमलव ८० क्विन्टल ढुवानी हुन बाँकी रहेको छ । ढुवानी गर्न बाँकी रहेको खाद्यान्न ढुवानीका लागि शाखाले पत्र काटेर ताकेता गर्दा ढुवानी हुन नसकेको बताइएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…