Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

५८ वर्षपछि दाजु–बहिनीको मिलनको क्षण

डेक्स

डेक्स

५८ वर्षपछि दाजु–बहिनीको मिलनको क्षण
ADVERTISEMENT

नेपालगन्ज । मानिसका लागि परिवार अति प्रिय हुन्छ । परिवारका हरेक सदस्य तथा आफन्तविचको प्रेम, माया र स्नेहलाई कहिल्यै नाप्न सकिन्दैन । मानिसको सासरहेसम्म मायाको बन्धनले छोडदैन । 

विशेष गरि परिवारभित्र आमाबुवा, छोरा छोरी, श्रीमान, श्रीमती, दिदी बहिनी, दाई भाईलगायतविचको सम्वन्ध निकै प्रेममय हुने गर्दछ । यी नाता भएका परिवारको कुनै सदस्य टाँढिएपछिको अनुभुती कस्तो हुन्छ होला र धेरै वर्षपछिको पुर्नमिलन हुदाको क्षणलाई हामीले कसरी कल्पना गर्न सक्छौ । यसैको उदाहरणको रुपमा नेपालगन्जमा एउटा घटनाले आश्चर्य बनाएको छ । 

बाँके नेपालगन्ज उपमहानगरपालिका–१७ भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय आफ्नै दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भेट्न पाउनुभएको छ ।
 
बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हिमाको बारेमा थाहा पाउनुभयो । त्यसपछि सुरु भयो बर्मामा बस्ने दाजुको नेपालगन्जसम्मको यात्रा । दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन । बहिनी हिमाले भन्नुभयो, “यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ, बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा निकै हर्षित छु ।”
 
वि.सं. २००५ मा बर्मामा जन्मिनु भएकी हिमाको १६ वर्षको उमेरमा बर्मामै नेपालको गुल्मी जिल्ला निवासी फणीन्द्रनाथ ज्ञवालीसंँग विवाह भएको थियो । त्यसको एक वर्षपछि उहाँहरू नेपाल आउनु भयो । नेपाल आएपछि बर्मामा रहेको परिवारसँग चार÷पाँच वर्ष चिठीपत्र आदानप्रदान भएपछि पूर्ण रूपमा सम्पर्क विच्छेद भएको थियो । 
    
उहाँका हजुरबुवा नारायणप्रसाद घिमिरे विदेश बर्मा घुम्न जानुभएको र उतै बस्नुभएको थियो । दाजु–बहिनीको भेट भएपछि आमालाई पनि बर्मा लगेर त्यहाँ रहेका आफन्तलाई भेट गराउने तयारी भइरहेको हिमाका कान्छा छोरा प्रदीप ज्ञवालीले बताउनुभयो ।

नेपालगन्जमा भएको भेटपछि पारिवारिक माया र प्रेम साटासाट गरिएको छ । 
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…