Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

नेपालगन्जलाई मुकाम टुर बनाएर पुर्व राजा आउदै

डेक्स

डेक्स

नेपालगन्जलाई मुकाम टुर बनाएर पुर्व राजा आउदै
ADVERTISEMENT

नेपालगन्ज । राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएकाहरूको पृष्ठपोषण गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज आउन लाग्नुभएको छ । बैशाखको दोस्रो साता नेपालगन्ज आइपुग्ने निश्चित हुनुभएका पूर्व राजाको भ्रमण व्यवस्थापनका लागि उहाँको निजी सचिवालय अहिले पूर्व तयारी गरिरहेको छ । 

निजी सचिव सागर तिमिल्सिनाको नेतृत्वमा तत्कालीन राज दरबारका कर्मचारीहरूको टोलीले पूर्व राजाको नेपालगन्ज बसाईलाई आवश्यक सम्पूर्ण तयारी गरेपछि भ्रमण सुनिश्चित गरिएको हो । त्यसका लागि तिमिल्सिना धनगढी हुँदै नेपालगन्ज आउनुभएको हो । 

नेपालगन्जमा सोमबार राजतन्त्र समर्थकहरूका विभिन्न समूहसँग छुटाछुट्टै र समूहगत भेटघाट गर्नुभएका तिमिल्सिनाले बैशाख १६ गतेदेखि झण्डै एक महिनाका लागि होटल सोल्टीमा पूर्व राजाको टोली बस्ने व्यवस्था मिलाइएको छ । 

यहाँबाट पश्चिमका विभिन्न जिल्लामा रहेका शक्तिपिठ भ्रमण, नागरिक अभिनन्दनको ग्रहण र भेटघाटको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ जनाइएको छ । औपचारिक तालिका पत्रकार सम्मेलनमाफर्त सार्वजनिक गरिनेछ ।

संसदले नै हिन्दु राष्ट्र पुनस्र्थापन गर्नुपर्ने कुरालाई औपचारिक वकालत गर्दै आउनुभएका प्रतिनिधिसभा सदस्य डा.धवलशम्सेर राणाको नेतृत्वमा आगामी बैशाख २० गते पूर्व राजा ज्ञानेन्द्रलाई नेपालगन्जमा अभिनन्दन गर्न लागिएको छ । 

त्यसका लागि डा. राणाको संयोजकत्वमा ‘नागरिक अभिनन्दन मूल समारोह’ घोषणा गरिएको छ । सांसद राणाले भन्नुभयो, ‘कम्तीमा १ लाख नागरिकले राजालाई नेपालगन्जमा अभिनन्दन गर्ने गरी तयारी अगाडि बढाइएको छ’, ‘यो नितान्त राजनीतिक दल वा विचार भन्दा माथि उठेर नागरिक स्तरमा जनताले गर्ने अभिनन्दन हो ।’

आगामी बैशाख १८ गते सोमबार प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको महाआरतीमा पूर्व राजा दम्पत्ति मुख्यकर्ताका रूपमा रहनुहुनेछ । त्यसका लागि पूर्व राजाको निजी सचिवालयले मन्दिर व्यवस्थापन गुठीसँग आवश्यक परामर्श गरेको हो । महाआरतीमा पूर्व राजा दम्पत्तिको सहभागिता निश्चित भएपछि बढ्न सक्ने भक्तजनको घुइँचोलाई लिएर आवश्यक व्यवस्थापन थालिएको हो ।

प्रत्येक सोमबार गरिंदै आएको महाआरतीमा हरेक पटक मुख्यकर्ताका रुपमा एकजना व्यक्ति वा परिवार समर्पित रहँदै आएको छ । ‘त्यसका लागि निश्चित मापदण्ड बनाएका छौं’, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भन्नभयो उहाँकै संयोजनमा र अवधारणामा महाआरती शुरु भएको थियो । बागेश्वरी गुठीले महाआरतीको जिम्मेवारी लिएपछि सोमवार महाआरतीको पहिलो संस्करण गरिएको छ । दोस्रो संस्करणमा पूर्वराजा दम्पत्तिलाई मुख्यकर्तासहित महाआरती गर्न लागिएको हो । 
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…