Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्जलाई मुकाम टुर बनाएर पुर्व राजा आउदै

डेक्स

डेक्स

नेपालगन्जलाई मुकाम टुर बनाएर पुर्व राजा आउदै
ADVERTISEMENT

नेपालगन्ज । राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएकाहरूको पृष्ठपोषण गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज आउन लाग्नुभएको छ । बैशाखको दोस्रो साता नेपालगन्ज आइपुग्ने निश्चित हुनुभएका पूर्व राजाको भ्रमण व्यवस्थापनका लागि उहाँको निजी सचिवालय अहिले पूर्व तयारी गरिरहेको छ । 

निजी सचिव सागर तिमिल्सिनाको नेतृत्वमा तत्कालीन राज दरबारका कर्मचारीहरूको टोलीले पूर्व राजाको नेपालगन्ज बसाईलाई आवश्यक सम्पूर्ण तयारी गरेपछि भ्रमण सुनिश्चित गरिएको हो । त्यसका लागि तिमिल्सिना धनगढी हुँदै नेपालगन्ज आउनुभएको हो । 

नेपालगन्जमा सोमबार राजतन्त्र समर्थकहरूका विभिन्न समूहसँग छुटाछुट्टै र समूहगत भेटघाट गर्नुभएका तिमिल्सिनाले बैशाख १६ गतेदेखि झण्डै एक महिनाका लागि होटल सोल्टीमा पूर्व राजाको टोली बस्ने व्यवस्था मिलाइएको छ । 

यहाँबाट पश्चिमका विभिन्न जिल्लामा रहेका शक्तिपिठ भ्रमण, नागरिक अभिनन्दनको ग्रहण र भेटघाटको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ जनाइएको छ । औपचारिक तालिका पत्रकार सम्मेलनमाफर्त सार्वजनिक गरिनेछ ।

संसदले नै हिन्दु राष्ट्र पुनस्र्थापन गर्नुपर्ने कुरालाई औपचारिक वकालत गर्दै आउनुभएका प्रतिनिधिसभा सदस्य डा.धवलशम्सेर राणाको नेतृत्वमा आगामी बैशाख २० गते पूर्व राजा ज्ञानेन्द्रलाई नेपालगन्जमा अभिनन्दन गर्न लागिएको छ । 

त्यसका लागि डा. राणाको संयोजकत्वमा ‘नागरिक अभिनन्दन मूल समारोह’ घोषणा गरिएको छ । सांसद राणाले भन्नुभयो, ‘कम्तीमा १ लाख नागरिकले राजालाई नेपालगन्जमा अभिनन्दन गर्ने गरी तयारी अगाडि बढाइएको छ’, ‘यो नितान्त राजनीतिक दल वा विचार भन्दा माथि उठेर नागरिक स्तरमा जनताले गर्ने अभिनन्दन हो ।’

आगामी बैशाख १८ गते सोमबार प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको महाआरतीमा पूर्व राजा दम्पत्ति मुख्यकर्ताका रूपमा रहनुहुनेछ । त्यसका लागि पूर्व राजाको निजी सचिवालयले मन्दिर व्यवस्थापन गुठीसँग आवश्यक परामर्श गरेको हो । महाआरतीमा पूर्व राजा दम्पत्तिको सहभागिता निश्चित भएपछि बढ्न सक्ने भक्तजनको घुइँचोलाई लिएर आवश्यक व्यवस्थापन थालिएको हो ।

प्रत्येक सोमबार गरिंदै आएको महाआरतीमा हरेक पटक मुख्यकर्ताका रुपमा एकजना व्यक्ति वा परिवार समर्पित रहँदै आएको छ । ‘त्यसका लागि निश्चित मापदण्ड बनाएका छौं’, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भन्नभयो उहाँकै संयोजनमा र अवधारणामा महाआरती शुरु भएको थियो । बागेश्वरी गुठीले महाआरतीको जिम्मेवारी लिएपछि सोमवार महाआरतीको पहिलो संस्करण गरिएको छ । दोस्रो संस्करणमा पूर्वराजा दम्पत्तिलाई मुख्यकर्तासहित महाआरती गर्न लागिएको हो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…