Pairabi logo

माघ १३, २०८२, सोमबार                    

जग्गाको प्रलोभनमा पारेर ठगी गर्ने तीन पक्राउ

डेक्स

डेक्स

जग्गाको प्रलोभनमा पारेर ठगी गर्ने तीन पक्राउ
ADVERTISEMENT

नेपालगञ्ज ।  सुकुम्बासीलाई ऐलानी जग्गा मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने तीनलाई प्रहरीले पक्राउ गरेको छ । दुर्गम पहाडी जिल्लाबाट मानिसहरू बोलाएर बाँकेको बैजनाथ गाउँपालिकाको पितमारी नजिकैको जंगलमा सुकुम्बासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएकामध्ये जाजरकोटको नलगाड नगरपालिका वडा नं। ११ का ४४ वर्षीय नरबहादुर कामी, सोही जिल्लाको कुशे गाउँपालिका वडा नं। ४ का ३८ वर्षीय मोहनजंग शाह र डोल्पा जिल्ला ठूलीभरी नगरपालिका वडा नं। ७ कि ६० वर्षीया सुनरुपा ठकुल्ला रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि अदालतले उनीहरूलाई सात दिनको म्याद थप गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार गिरोहले झन्डै १ हजार ५ सयको संख्यामा दुर्गम क्षेत्रका स्थानीयहरूलाई सुकुम्बासीका नाममा बाँकेको बैजनाथ २ पितमारीको जंगलमा लगेर बस्ती बसाउँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिव्यक्ति ५ सयदेखि एक हजारसम्मको फारम भराएर पैसा असुल्ने गिरोहमध्येका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जंगल अतिक्रमण गरेर बस्ती बसाउन लागेको सूचना थाहा पाएसँगै प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी तिवारीले बताए । ‘केही दिनअघिदेखि नै कोहलपुर क्षेत्रमा शंकास्पद मानिसहरूको चहलपहल बढेकाले हामीले निगरानी गरिरहेका थियौं,’ डीएसपी तिवारीले भन्नुभयो ‘त्यहि सूचनाका आधारमा ती व्यक्तिहरूलाई सुकुम्बासी बनाएर जंगल अतिक्रमण गर्ने योजना रहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिन सफल भएका हौं ।’

जाजारकोट, सल्यान, रुकुम, मुगु, डोल्पा लगायतका पहाडी जिल्लाका मानिसहरूलाई झन्डै एक महिनाअघिदेखि नै कोहलपुरमा रहेका आफन्तको घरमा बसालेर जंगल अतिक्रमण गर्न भनि ल्याइएकाहरूमध्ये धेरैजसो महिला, बालबालिका, ज्येष्ठ नागरिक रहेको डीएसपी तिवारी बताउनुभयो।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …