Pairabi logo

असोज २६, २०८३, सोमबार                    

जग्गाको प्रलोभनमा पारेर ठगी गर्ने तीन पक्राउ

डेक्स

डेक्स

जग्गाको प्रलोभनमा पारेर ठगी गर्ने तीन पक्राउ
ADVERTISEMENT

नेपालगञ्ज ।  सुकुम्बासीलाई ऐलानी जग्गा मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने तीनलाई प्रहरीले पक्राउ गरेको छ । दुर्गम पहाडी जिल्लाबाट मानिसहरू बोलाएर बाँकेको बैजनाथ गाउँपालिकाको पितमारी नजिकैको जंगलमा सुकुम्बासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएकामध्ये जाजरकोटको नलगाड नगरपालिका वडा नं। ११ का ४४ वर्षीय नरबहादुर कामी, सोही जिल्लाको कुशे गाउँपालिका वडा नं। ४ का ३८ वर्षीय मोहनजंग शाह र डोल्पा जिल्ला ठूलीभरी नगरपालिका वडा नं। ७ कि ६० वर्षीया सुनरुपा ठकुल्ला रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि अदालतले उनीहरूलाई सात दिनको म्याद थप गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार गिरोहले झन्डै १ हजार ५ सयको संख्यामा दुर्गम क्षेत्रका स्थानीयहरूलाई सुकुम्बासीका नाममा बाँकेको बैजनाथ २ पितमारीको जंगलमा लगेर बस्ती बसाउँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिव्यक्ति ५ सयदेखि एक हजारसम्मको फारम भराएर पैसा असुल्ने गिरोहमध्येका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जंगल अतिक्रमण गरेर बस्ती बसाउन लागेको सूचना थाहा पाएसँगै प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी तिवारीले बताए । ‘केही दिनअघिदेखि नै कोहलपुर क्षेत्रमा शंकास्पद मानिसहरूको चहलपहल बढेकाले हामीले निगरानी गरिरहेका थियौं,’ डीएसपी तिवारीले भन्नुभयो ‘त्यहि सूचनाका आधारमा ती व्यक्तिहरूलाई सुकुम्बासी बनाएर जंगल अतिक्रमण गर्ने योजना रहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिन सफल भएका हौं ।’

जाजारकोट, सल्यान, रुकुम, मुगु, डोल्पा लगायतका पहाडी जिल्लाका मानिसहरूलाई झन्डै एक महिनाअघिदेखि नै कोहलपुरमा रहेका आफन्तको घरमा बसालेर जंगल अतिक्रमण गर्न भनि ल्याइएकाहरूमध्ये धेरैजसो महिला, बालबालिका, ज्येष्ठ नागरिक रहेको डीएसपी तिवारी बताउनुभयो।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…