Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

जुँगे महादेवको मन्दिर पुनः निर्माण हुँदै

डेक्स

डेक्स

जुँगे महादेवको मन्दिर पुनः निर्माण हुँदै
ADVERTISEMENT

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि रु.दुई करोड रुपैयाँ बजेट विनियोजन गरेपछि टेण्डर आह्वान गरी काम शुरु भएको जनाएको छ । 

जुँगे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइ, मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम शुरु गरिएको जानकारी दिनुभयो।

मन्दिरसम्म पुग्नका लागि वर्षौँ पहिले बनाइएको प्रवेश मार्ग जीर्ण भएपछि उप–महानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । “अहिले मन्दिरसम्म पुग्ने बाटो फराकिलो बनाइने छ,” नगर प्रमुख विष्टले भने, “मन्दिरभित्रको पूजा गर्ने स्थान पनि फराकिलो हुनेछ ।”

नयाँ संरचना निर्माण भएपनि मन्दिरभित्रका घाटका क्षेत्र फराकिलो हुने उप–महानगरपालिकाले जनाएको छ ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालकोबीच भागमा रहेको जुँगे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रिलगायत विभिन्न चाडपर्वको समयमा भक्तजनहरूको भीड हुने समयमा दुर्घटनाको जोखिम रहने गरेकोमा नयाँ निर्माण भएपछि भक्तजनलाई सहजता हुने भएको छ ।

ताजा

सबै

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

यो पनि

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…