Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढ्दै

डेक्स

डेक्स

नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढ्दै
ADVERTISEMENT

नेपालगञ्ज । केही दिनयतादेखिनेपालगञ्ज नाकामा कोरोना संक्रमित बढेका छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीमा कोरोना देखिएको छ । सरकारले भारतबाट फर्किएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच गर्दै आएको छ । बिहीबार पनि चारजनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेजबहादुर वलीका अनुसार भारतको गढवाल, चेन्नाई, लखनऊ र हिमाञ्चलबाट आएका नेपालीमा कोरोना देखिएको छ ।

उनीहरु सुर्खेत, बाँके र दैलेख जिल्लाका हुन् । यो नाकामा चैत महिनामा ३४ जनामा कोरोना देखिएको छ । कोरोना देखिएकाहरुमा सामान्य लक्षण देखिएको छ । उनीहरुलाई घरमा गएर बस्न सल्लाह दिदै पठाउने गरिएको छ । भारतमा ठूलो संख्यामा कोरोना संक्रमित देखा पर्दा त्यसको असर नेपालमा पर्ने गर्दछ । नेपालका पहाडी जिल्लाका ठूलो संख्याका नेपाली कामका लागि भारत जाने गर्दछन् ।

उनीहरु घर फर्किदा कोरोना बोकेर आउने गरेका छन् । नेपालगञ्ज नाकाबाट कामका लागि भारतमा प्रायः दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सुर्खेतका मानिस जाने गर्दछन् । सधैं भीडभाड हुने यो नाकामा सरकारले कोरोनाको संक्रमण देखिदादेखि नै जाँच गर्ने व्यवस्था मिलाएको छ । बीचमा कोरोना नदेखिएपछि जाँच बन्द गरिएको थियो ।

भारतमा पुनः कोरोना देखिन थालेपछि नेपालगञ्ज नाकामा सतर्कता अपनाइएको छ । भारतबाट आउने सबैजसोलाई रोकेर जाँच गर्ने गरिन्छ । पहाडी जिल्लाका मानिसलाई कोरोना देखिए पनि नाकामा ‘पुष्टि’ गरेर पठाउनुबाहेक केही हुने गरेको छैन ।

भारतबाट आएका नेपालीलाई नाकामा लाइन लगाएर एन्टिजेन जाँच गरिन्छ र कोरोना पुष्टि भएकालाई ‘तिमीलाई कोरोना छ, घरमा गएर बस्नू’ भनेर पठाउने गरिन्छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…