Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढ्दै

डेक्स

डेक्स

नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढ्दै
ADVERTISEMENT

नेपालगञ्ज । केही दिनयतादेखिनेपालगञ्ज नाकामा कोरोना संक्रमित बढेका छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीमा कोरोना देखिएको छ । सरकारले भारतबाट फर्किएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच गर्दै आएको छ । बिहीबार पनि चारजनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेजबहादुर वलीका अनुसार भारतको गढवाल, चेन्नाई, लखनऊ र हिमाञ्चलबाट आएका नेपालीमा कोरोना देखिएको छ ।

उनीहरु सुर्खेत, बाँके र दैलेख जिल्लाका हुन् । यो नाकामा चैत महिनामा ३४ जनामा कोरोना देखिएको छ । कोरोना देखिएकाहरुमा सामान्य लक्षण देखिएको छ । उनीहरुलाई घरमा गएर बस्न सल्लाह दिदै पठाउने गरिएको छ । भारतमा ठूलो संख्यामा कोरोना संक्रमित देखा पर्दा त्यसको असर नेपालमा पर्ने गर्दछ । नेपालका पहाडी जिल्लाका ठूलो संख्याका नेपाली कामका लागि भारत जाने गर्दछन् ।

उनीहरु घर फर्किदा कोरोना बोकेर आउने गरेका छन् । नेपालगञ्ज नाकाबाट कामका लागि भारतमा प्रायः दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सुर्खेतका मानिस जाने गर्दछन् । सधैं भीडभाड हुने यो नाकामा सरकारले कोरोनाको संक्रमण देखिदादेखि नै जाँच गर्ने व्यवस्था मिलाएको छ । बीचमा कोरोना नदेखिएपछि जाँच बन्द गरिएको थियो ।

भारतमा पुनः कोरोना देखिन थालेपछि नेपालगञ्ज नाकामा सतर्कता अपनाइएको छ । भारतबाट आउने सबैजसोलाई रोकेर जाँच गर्ने गरिन्छ । पहाडी जिल्लाका मानिसलाई कोरोना देखिए पनि नाकामा ‘पुष्टि’ गरेर पठाउनुबाहेक केही हुने गरेको छैन ।

भारतबाट आएका नेपालीलाई नाकामा लाइन लगाएर एन्टिजेन जाँच गरिन्छ र कोरोना पुष्टि भएकालाई ‘तिमीलाई कोरोना छ, घरमा गएर बस्नू’ भनेर पठाउने गरिन्छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …