Pairabi logo

माघ १३, २०८२, सोमबार                    

उपमहानगरलाई विपत व्यवस्थापन सामग्री हस्तान्तरण

डेक्स

डेक्स

उपमहानगरलाई विपत व्यवस्थापन सामग्री हस्तान्तरण
ADVERTISEMENT

नेपालगञ्ज । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) ले नेपालगञ्ज उपमहानगरपालिकालाई विपत व्यवस्थापनजन्य सामग्री आज हस्तान्तरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा विपत व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको सुपरले विपत व्यवस्थापन, कार्यालय व्यवस्थापन, आगलागी नियन्त्रणका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो । 

 युनिसेफ नेपालकी आपतकालीन विशेषज्ञ सुनिता कायस्थले नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विपत व्यवस्थापनजन्य सामग्री हस्तान्तरण गरेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो। रु.२६ लाख ४८ हजार मूल्य बराबरका ड्रोन, खोज तथा उद्धार सामग्री, सूचना प्रविधि र कार्यालय व्यवस्थापन सम्बन्धि सामग्री, अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, विपत समिति संयोजक समिरप्रताप सिंह लगायत हुनुहुन्थ्यो ।  

सामग्री हस्तान्तरण अघि युनिसेफका प्रतिनिधिहरुसंगको छलफलमा नगर प्रमुख विष्टले सुपरसंगको सहकार्यले विपत व्यवस्थापनका क्षेत्रमा अझ गहिरो ढंगले काम गर्न सहयोग पुगेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकले विपतलाई प्राथमिकतामा राखेको बताउनुभयो । विष्टले सुपरसंगको सहकार्यपछि विपत जोखिम न्यूनीकरणका क्षेत्रमा एक कदम अघि बढेको महसूस आफूले गरेको उल्लेख गर्नुभयो्। युनिसेफकी आपतकालीन विशेषज्ञ कायस्थले नेपालगञ्ज उपमहानगरपालिकासंग सहकार्य गरेर विपत व्यवस्थापनका लागि प्राविधिक सहयोग गर्न पाउँदा गर्व महसूस भएको बताउनुभयो। उहाँले विपत व्यवस्थापनका लागि सुपरसंगको सहकार्यमा नेपालगञ्जले गरिरहेका गतिविधि र सचेतनाबारे नागरिकमा राम्रो बुझाई रहेको आफूले पाएको समेत उल्लेख गर्नुभयो ।  हस्तारणमा प्रतिकार्यमा मात्रै बजेट केन्द्रित गर्ने परम्परागत अभ्यासलाई सच्याउँदै न्यूनीकरणका लागि गरिने पूर्व तयारीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सुपर प्रोजेक्ट सञ्चालनमा छ । नेपालगञ्जको वडा नम्बर ३ र ७ मा सुपर प्रोजेक्ट सञ्चालन भइरहेको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …