Pairabi logo

माघ १३, २०८२, सोमबार                    

शान्ति पुनःस्थापना गृहद्धारा नाबालिका सहित दुईको उद्धार

डेक्स

डेक्स

शान्ति पुनःस्थापना गृहद्धारा नाबालिका सहित दुईको उद्धार
ADVERTISEMENT

नेपालगञ्ज । शान्ति पुनःस्थापना गृहले भारतबाट एक  नाबालिका सहित दुई जनाको उद्धार गरेको छ । 
स्वास्थ्य उपचार गराउने र जागिर लगाइदिने प्रलोभनमा पारेर भारत छिराएका सर्लाही जिल्लाका १५ बर्षीया नाबालिका र कपिलवस्तुकी ३५ बर्षीया महिलालाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका कार्यकारी निर्देशक सुमन सापकोटाले जानकारी दिनुभयो । उनीहरुको अनुसन्धान प्रभावित हुन सक्ने भन्दै नाम, थर गोप्य राखिएको छ । 
कार्यकारी निर्देशक सापकोटाको नेतृत्वमा गएको केन्द्रीय उद्धार संयोजक भूमिराज भट्टराई, हेल्प क्रसका महासचिव विशाल थापा, गृहकी नेपालगञ्ज प्रमुख सिर्जना गौतमको विशेष टोलीले भारतीय प्रहरीको सहयोगमा उनीहरुको उद्धार गरेको थियो । 
हेल्प क्रस नामक संस्थाको समन्वयमा नेपाली राजदुतावासमार्फत सबै प्रक्रिया पूरा गरेर दुईजनाको उद्धार गरिएको केन्द्रीय उद्धार संयोजक भट्टराइले जानकारी दिनुभयो । अहिले दुवै जनालाई गृहको संरक्षणमा नेपालगञ्जस्थित कार्यालयमा राखिएको छ । दालालले नाबालिकालाई खुला सीमाको प्रयोग गरेर गत चैत ७ गते दिल्ली नजिक जङ्गलमा  रेलबाट झारेको र त्यहाँ भारतीय प्रहरीले सोधपुछ गरेपछि लैजाने दलाल फरार भएको बताइएको छ । 
 तीन महिनादेखि हराएकी कपिलवस्तुकी ती महिला दील्लीको होटेलमा फेला परेकी थिइन ।  
उनलाई वैदेशिक रोजगारमा लैजाने प्रलोभनमा पारेर दलालले तीन महिनादेखि होटेल परिवर्तन गर्दै राखेका थिए । 
ओमेन एण्ड चिल्ड्रेन फाउण्डेसन नामक गैर सरकारी संसथको सम्पर्कमा पुगेपछि शान्ति पुनःस्थापना गृहको सम्पर्कमा आएर उनको उद्धार भएको गृहकी नेपालगञ्ज प्रमुख सिर्जना गौतमले जानकारी दिनुभयो ।  उनलाई भारत पु¥याउने दलाल समेत फरार रहेको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …