Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगञ्जको हनुमानगढीमा हनुमान जयन्ती

डेक्स

डेक्स

नेपालगञ्जको हनुमानगढीमा हनुमान जयन्ती
ADVERTISEMENT

नेपालगञ्ज ।  हनुमान जयन्तीको अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित हनुमानगढीमा तीन दिने हनुमान जयन्ती सुरु भएको छ । 
अखण्ड रामायण पाठ अष्टयाम संकिर्तन एवं निशान पुजन सहित सुरु भएको उक्त जयन्तीमामा आज वेलुका भारतको अयोध्याबाट आएको १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्य लगायत कथा प्रवचन गर्ने हनुमान गढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष जितेन्द्र सिंहले जानकारी दिनुभयो । 


उहाँले २८ घण्टा निरन्तर होम हुने उल्लेख गर्दै काठमाण्डौं, विराटनगर, बुटवल, सुर्खेत, सल्यान भारतको बहराइज, सेरावस्ती, गोण्डा लगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहने बताउनुभयो । स्थानीय प्रतिष्ठीत व्यक्तीको चन्दाबाट उठेको रकमबाट करिव २० हजारलाई भण्डारा (भोजन) को व्यवस्थापन गरिएको छ । यसमा करिव रु. २८ लाख खर्च हुने अनुमान गरिएको छ । 
“जहाँ जहाँ श्रीरामको कथा प्रवचन, भजन किर्तन हुन्छ त्यहाँ त्यहाँ कुनै न कुनै रुपमा हनुमानजी प्रकट हुनुहुन्छ”उपाध्यक्ष सिंह भन्नुहुन्छ । उहाँले हनुमानगढी गुरुजीको तपोभूमि भएको उल्लेख गर्दै यस स्थानमा गाईको सेवा हुने बताउनुभयो । 


थानापती महन्त उमेश गिरीले हनुमानगढीको पवित्र स्थानमा भौतिक पूर्वाधारको कुनै संरचना नभएको उल्लेख गर्दै ३० वर्षदेखि गुरुजीले चरण राखेर गौशालाको रुपमा विकास भएको र अहिलेको कलियुगमा जुनसुकै ठाउँमा पनि हनुमानजीको चमत्कार भएको बताउनुभयो । “विगतमा फोहोरको व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ भएको र बाल्दा नामको ऐतिहासिक तलाउ रहेको तरपछि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको पवित्र स्थानको रुपमा यसलाई लिइएको छ” थानापति महन्त गिरी भन्नुहुन्छ । 
उहाँले जताततैबाट धर्ममाथि प्रहार भएकोले यसलाई बचाउन आवश्यक भएकोमा जोड दिदै धर्मप्रतिको आस्था र विश्वासलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।  धार्मिक अभियन्ता अर्जुन धिमालले हनुमान जयन्तीमा शिवजीको लिला, श्रीराम लिला प्रश्तुत हुने उल्लेख गर्दै अयोध्यामा जस्तै स्टेज बनाएर रातभर जाग्राम भजन हुने बताउनुभयो । हनुमान जयन्तीको अन्तिम दिन रथ यात्रा, शोभायात्रा हुने र विशाल भण्डारा भएर समापन हुने बताइएको छ । 


अभियन्ता डा. दिवाकर खनालले माल्दा तलाउ ऐतिहासिक भएको उल्लेख गर्दै हनुमानगढी र वागेश्वरी मन्दिरमा अदृश्य शक्ती भएको बताउनुभयो । ‘बागेश्वरी माता हो हनुमानजी शिवाआंस हो’ उहाँले भन्नुभयो ।  ऐतिहासिक माल्दा तलाउ भएको स्थानमा तीन फिटको हनुमान मन्दिर बनाउन लागिएको छ । धार्मिक पर्यटन प्रर्वद्धनको लागि नेपालगञ्जको बागेश्वरीमा तीन महिनादेखि आरती हुँदै आएको छ । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …