Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेका थप दुई स्थानमा विद्युतको सब स्टेशन

डेक्स

डेक्स

बाँकेका थप दुई स्थानमा विद्युतको सब स्टेशन
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानका लागि थप दुई स्थानमा सब स्टेशन निर्माण गर्न लागिएको छ ।

जिल्लाको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा सब स्टेशन निर्माणका लागि टेन्डर भइसकेको नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका प्रमुख कृष्ण पौडेलले जानकारी दिए । सब स्टेशन निर्माणको काम अबको दुई वर्ष सम्पन्न हुनेछ ।

खजुरास्थित जनक शिक्षा सामग्री केन्द्रसँगै रहेको करिब दुई बिघा जग्गा ३३र११ केभी क्षमताको सन स्टेसन निर्माण गरिनेछ । जहाँबाट ३३ हजार किलो भोल्टको डबल सर्किट विद्युत् प्रवाह हुनेछ ।

“खजुरामा निर्माण गरिने सब स्टेसनमा १६र१६ एमभी क्षमता दुई वटा ट्रान्सफर्मर जडान गरिनेछ,” नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका प्रमुख कृष्ण पौडेलले भने, “११ केभी क्षमताका ८ वटा सर्किटबाट विद्युत् आउटगोइङ हुनेछ । ”सब स्टेशनसँगै कन्ट्रोल भवन, कर्मचारी आवास निर्माण गरिनेछ ।

यसैगरी जानकी गाउँपालिकामा चार बिघा जग्गामा १३२ केभिए क्षमताको सब स्टेसन निर्माण गरिने भएको छ । जहाँबाट डबल सर्किट खजुरासँग जोडिनेछ । खजुरा र जानकीमा सब स्टेसनको काम सम्पन्न भएमा न्यून भोल्टेज, छिनछिनमा विद्युत् आउने जाने र बर्षातको समयमा विद्युत् अनियमित हुने समस्यामा सुधार आउने प्राधिकरणले जनाएको छ ।

सवस्टेशनले जिल्लाकै समग्र विद्युत् समस्या समाधान हुने तथा औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको जानकी र खजुरामा दिर्घकालिन रुपमा विद्युत् समस्या नपर्ने प्राधिकरणले जनाएको छ । हाल नेपालगञ्जको गोसाईगाउँ र बसपार्क तथा कोहलपुरमा सबस्टेशन छन् । नयाँ सब स्टेसन निर्माण भए पनि विद्युत् आपूर्ति नियमित, विश्वसनीय र गुणस्तरीय हुने नोलाइट शाखा प्रमुख पौडेलको भनाइ छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …