Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

स्थानीय तहमा जेसी परिक्षण

डेक्स

डेक्स

स्थानीय तहमा जेसी परिक्षण
ADVERTISEMENT

नेपालगन्ज १४, चैत । बाँकेको खजुरा गाउँपालिकामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) परिक्षण गरिएको छ । परिक्षणका क्रममा आज मंगलबार आयोजित कार्यशालामा गाउँपालिका अन्र्तगत जेसीको दृष्टिकोणले विभिन्न सूचक तथा विषयहरुमा छलफल गरि मापन गरिएको छ । 


स्थानीय शासन प्रणालीको सेवा प्रवाहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको मुलप्रवाहिकरण क्रियाकलाप अन्तर्गत उप–क्रियाकलाप स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरिएको हो । प्रदेश सुशासन केन्द्र लुम्विनी प्रदेशको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले गरेको सहजीकरणमा गाउँपालिकाको हरेक शाखा अन्र्तगत लैंगिक समानता तथा सामाजिक समावेशीकरणको दृष्टिकोणले एक सय बढी सूचकमा अध्ययन गरि मापन गरिएको हो । एक सय सूचकमा छलफल गरि भएको कागज प्रमाण, निर्णय प्रक्रिया, तथा दस्ताबेजका आधारमा मार्किंङ्ग गरिएको छ । 


जेसीको अवधारणामा स्थानीय सरकारको काम कारवाही प्रक्रिया, कार्यक्रम, बजेट योजना तर्जुमा, समुदायको भाषा, संस्कृति, समिति निमाण प्रक्रियालगायतमा जेसीको कार्यान्वयन अवस्थाका बारेमा विस्तृत अध्ययन तथा छलफल गरिएको थियो । 
कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले जेसी परिक्षणले स्थानीय तहलाई सबैको सहभागिता तथा योजना निमार्ण प्रक्रियामा अर्थपुर्ण सहभागिताको अवधारणाको विकास भएको भन्दै पालिकाले आगामी निति तथा कार्यक्रम निमार्णका क्रममा यी सवालहरुलाई समाबेश गर्ने बताउनुभयो । 


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जेसी परिक्षणका क्रममा देखिएका सुधार गर्नुपर्ने पक्षमा विशेष गरि हरेक क्षेत्रका क्रियाकलाप, निर्णय प्रक्रियालगायतका विषयमा अभिलेखीकरण र डकुमेन्टको व्यवस्थापनमा कमीकमजोरी देखिएकाले त्यसलाई सुधार गर्ने प्रतिबद्धता गर्नुभयो । 


कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, विभिन्न शाखा प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यशालामा संस्थाका राकेशकुमार मिश्र, रविन्द्रकुमार ज्ञवाली र ध्रुबराज शर्माले सहजीकरण गर्नुभएको थियो । संस्थाले बाँके जिल्लाको जानकी, खजुरा र कोहलपुर नगरपालिकाको जेसी परिक्षण गरिरहेको छ । 
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…