Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नमुना आमा सिता

डेक्स

डेक्स

नमुना आमा सिता
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया १३ चैत÷ अहिले सिता कुमारी थारुको दिनचर्या परिवर्तन भएको छ । उहाँको दिनचर्या परिवर्तन हुनुमा बालबालिकाको सपना परियोजनाको ठुलो भुमिका रहेको कुरा उहाँले सबैलाई बताउने गर्नुहुन्छ । सिता भन्नु हुन्छ म २२ वर्षको भए १९ वर्षमा मेरो विवाह भएको थियो  ।

म गर्भ अवस्थामा हुदाँ प्लान नेपाल ईन्टरनेशनलको सहयोगमा थारु महिला उत्थान केन्द्रले बालबालिकाको सपना परियोजना कार्यक्रम हाम्रो गाँउमा ल्यायो । म त्यो कार्यक्रममा सहभागी भए मैले त्यही कार्यक्रमबाट गर्भ अवस्थादेखि नै बच्चाको स्याहार सुसार कसरी गर्ने भन्ने कुराको जानकारी पाउनुभयो । मेरो सुरक्षित तरीकाले बच्चाको जन्मभयो र मेरो बच्चाको उमेर अहिले ३ वर्ष पुगेको छ ।


बच्चा ३ वर्ष कसरी पुग्यो भन्ने थाहै भएन भन्दै उहाँ मुसुक्क हास्नु भयो उहाँ हास्नुको कारण थियो बच्चा हुर्काउनका लागि घरका पुरुष अविभावकहरुले राम्रो भुमिका खेलेर बच्चाको स्यहार सुसारमा अभिभावकको जिम्मेवारी निर्वाह गरेको हुनाले । उहाँभन्नु हुन्छ– यो सपना परियोजनाले मेरो घरको पुरुष अभिभावकका साथ साथै गाँउका धेरै पुरुष अभिभावकहरुलाई बालबालिकाको स्यहार सुसार कसरी गर्ने बच्चालाई अभिभावकले कस्तो ब्यवहार गर्दा भविष्यमा बच्चाको सवाङ्गिण विकास हुन सक्छ भन्ने कुराको सम्पूर्ण जानकारी परियोजनाले गराएको छ ।


बालबालिकालाई पोषण युक्त खाना खुवाउने, समय समयमा थप खानाको पनि व्यवस्था गर्ने, सरसफाईमा ध्यान दिने, उनीहरु संग सगै बस्ने, उनीहरुसंग बस्दा मोबाईल नचलाउने, बच्चासंग धेरैे कुरा गर्ने, हजुरबुवा हजुर आमालगायत घरका अभिभावकहरुसंग बच्चालाई खेल्न दिने, बच्चाले लगाउने खोपहरु समयमा लगाउने, सुत्केरी आमाले आफनो स्वास्थ्यको ध्यान राख्ने लगायतका कुराहरु आफना गाँउका महिला दिदीबदिनी र पुरुष अभिभावकहरुलाई पनि आफुले सम्झाउने हुदाँ अहिले मलाई गाँउमा नमुना आमा भनेर चिन्ने गरेका छन । 


परियोजनाले उक्त क्षेत्रमा विगत ३ वर्ष देखि कार्य गदै आईरहेको बालबालिकाको सपना परियोजनाका सामाजिक परिचालिका रिता चौधरीले बताउनु भयो । परियोजनाले बालबालिकाको सर्वाङ्गिण विकासका लागि आमाका साथै बुवा, हजुर बुवालगायत घरका अभिभावकहरुले के कस्तो कुरामा ध्यान दिन आवश्यक छ भन्ने विषयमा गाँउ गाँउमा यो कार्यक्रमले सहजिकरण गदै आईरहेको चौधरीले बताउनु भयो । उक्त परियोजना बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकामा कार्य गदै आईरहेको उहाँले जानकारी दिनु भयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…