Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

नमुना आमा सिता

डेक्स

डेक्स

नमुना आमा सिता
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया १३ चैत÷ अहिले सिता कुमारी थारुको दिनचर्या परिवर्तन भएको छ । उहाँको दिनचर्या परिवर्तन हुनुमा बालबालिकाको सपना परियोजनाको ठुलो भुमिका रहेको कुरा उहाँले सबैलाई बताउने गर्नुहुन्छ । सिता भन्नु हुन्छ म २२ वर्षको भए १९ वर्षमा मेरो विवाह भएको थियो  ।

म गर्भ अवस्थामा हुदाँ प्लान नेपाल ईन्टरनेशनलको सहयोगमा थारु महिला उत्थान केन्द्रले बालबालिकाको सपना परियोजना कार्यक्रम हाम्रो गाँउमा ल्यायो । म त्यो कार्यक्रममा सहभागी भए मैले त्यही कार्यक्रमबाट गर्भ अवस्थादेखि नै बच्चाको स्याहार सुसार कसरी गर्ने भन्ने कुराको जानकारी पाउनुभयो । मेरो सुरक्षित तरीकाले बच्चाको जन्मभयो र मेरो बच्चाको उमेर अहिले ३ वर्ष पुगेको छ ।


बच्चा ३ वर्ष कसरी पुग्यो भन्ने थाहै भएन भन्दै उहाँ मुसुक्क हास्नु भयो उहाँ हास्नुको कारण थियो बच्चा हुर्काउनका लागि घरका पुरुष अविभावकहरुले राम्रो भुमिका खेलेर बच्चाको स्यहार सुसारमा अभिभावकको जिम्मेवारी निर्वाह गरेको हुनाले । उहाँभन्नु हुन्छ– यो सपना परियोजनाले मेरो घरको पुरुष अभिभावकका साथ साथै गाँउका धेरै पुरुष अभिभावकहरुलाई बालबालिकाको स्यहार सुसार कसरी गर्ने बच्चालाई अभिभावकले कस्तो ब्यवहार गर्दा भविष्यमा बच्चाको सवाङ्गिण विकास हुन सक्छ भन्ने कुराको सम्पूर्ण जानकारी परियोजनाले गराएको छ ।


बालबालिकालाई पोषण युक्त खाना खुवाउने, समय समयमा थप खानाको पनि व्यवस्था गर्ने, सरसफाईमा ध्यान दिने, उनीहरु संग सगै बस्ने, उनीहरुसंग बस्दा मोबाईल नचलाउने, बच्चासंग धेरैे कुरा गर्ने, हजुरबुवा हजुर आमालगायत घरका अभिभावकहरुसंग बच्चालाई खेल्न दिने, बच्चाले लगाउने खोपहरु समयमा लगाउने, सुत्केरी आमाले आफनो स्वास्थ्यको ध्यान राख्ने लगायतका कुराहरु आफना गाँउका महिला दिदीबदिनी र पुरुष अभिभावकहरुलाई पनि आफुले सम्झाउने हुदाँ अहिले मलाई गाँउमा नमुना आमा भनेर चिन्ने गरेका छन । 


परियोजनाले उक्त क्षेत्रमा विगत ३ वर्ष देखि कार्य गदै आईरहेको बालबालिकाको सपना परियोजनाका सामाजिक परिचालिका रिता चौधरीले बताउनु भयो । परियोजनाले बालबालिकाको सर्वाङ्गिण विकासका लागि आमाका साथै बुवा, हजुर बुवालगायत घरका अभिभावकहरुले के कस्तो कुरामा ध्यान दिन आवश्यक छ भन्ने विषयमा गाँउ गाँउमा यो कार्यक्रमले सहजिकरण गदै आईरहेको चौधरीले बताउनु भयो । उक्त परियोजना बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकामा कार्य गदै आईरहेको उहाँले जानकारी दिनु भयो ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…