Pairabi logo

माघ १३, २०८२, सोमबार                    

लुम्विनीमा माओवादी मन्त्रीको राजीनामा

डेक्स

डेक्स

लुम्विनीमा माओवादी मन्त्रीको राजीनामा
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । माओवादीका सबै मन्त्रीहरुले आज मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएका छन् । राष्ट्रपति निर्वाचनबाट संघमा नयाँ गठबन्धन बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो ।

लुम्बिनीमा एमाले नेतृत्वको सरकार छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री ईन्द्रजीत थारु र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । 

संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री जोखबहादुर महराले केन्द्रको निर्णयअनुसार सरकारबाट बाहिरिएको बताउनुभयो । 

राजीनामा बुझाएर समर्थन फिर्ताको जानकारी दिन प्रदेश प्रमुख अमिक शेरचनको कार्यकक्षमा जाने तयारी भैरहेको माओवादी लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले बताए ।

माओवादीको राजीनामासँगै एमालेबाट निर्वाचित मुख्यमन्त्री गिरीले राजीनामा दिने कि विश्वासको मत लिने दुई विकल्प रहनेछन् । गिरी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ गरि प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । भने कांग्रेसका २७ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ संसदले भने समर्थ गरेका थिएनन् ।

लुम्बिनीमा ८७ सदस्यीय प्रदेश संसद रहेका छन् । सरकार गठनका लागि भने ४४ सांसदको मत आवश्यक हुन्छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …