Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नाकामा अवैध कुखुरा रोक्न कडाई

डेक्स

डेक्स

नाकामा अवैध कुखुरा रोक्न कडाई
ADVERTISEMENT

नेपालगञ्ज । भारतबाट कुखुराको अवैध आयात नरोकिएपछि  कुखुरा व्यवसायी र किसानले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ  गरेको छ ।

कुखुराको अवैध आयातमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लागेपछि प्रहरीले विभिन्न नाकामा कडाइ गर्दा ठूलो परिमाणमा अवैध कुखुरा बरामद हुन थालेका छन् ।

सो क्रममा भारतबाट अवैध तरिकाले भित्र्याएर नेपालगञ्ज १० शीतल नगरमा लुकाई राखेको एक लाख ५० हजार भन्दा बढी मूल्यको २१९ ओटा कुखुरालाई बाँके प्रहरीले बरामद गर्न सफल भएको छ । सोही प्रकारले अन्य स्थानबाट पनि कुखुरा नियन्त्रणमा लिने कार्य भइरहेको छ ।

बाँकेका कुखुरापालक किसान र व्यवसायीको चर्को विरोध लगत्तै प्रहरीले सुरु गरेको सर्च अप्रेसनको क्रममा ती कुखुरा बरामद गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताउनुभयो । 

उहाँले सर्च अप्रेसन निरन्तर जारी रहेकाले अझै धेरै परिमाणमा त्यस्ता कुखुरा नियन्त्रणमा लिइने दाबी गर्नुभयो । बरामद गरिएका कुखुरालाई पशु क्वारेनटाइनको जिम्मामा लगाइएको र सो कार्यालयले ती सबै कुखुरा नष्ट गरेको जानकारी आएको बताउनुभयो । 

कुखुरा तस्करी हुने विभिन्न नाकाको बारेमा स्थानीय व्यवसायी र किसानले जानकारी गराएको हुँदा ती सबै नाकामा प्रहरीलाई विशेष रूपमा खटाइएको पनि एसपी राठौरले बताउनुभयो । 

नेपालगञ्जमा प्रतिबन्धित कुखुरा विक्री गर्ने पसललाई पनि कारबाही गर्न थालिएको जनाउँदै सो क्रममा गणेशमान चोकस्थित नेपाल फ्रेस हाउसलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

हरेक मासु व्यवसायीको पसलबाट बिल मागिने जनाउँदै बिल दिन नसक्नेलाई कारबाही गरिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले बताउनुभयो ।

भारतबाट अवैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा करोडौँ लगानी जोखिममा पर्नुका साथै व्यवसाय पनि धराशायी भएको स्थानीय व्यवसायी र किसानको गुनासो छ ।

सो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको कुखुरा व्यवसायी सङ्घ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले उल्लेख गर्नुभयो । 

जमुनाहा, साईगाउँ र नरैनापुर क्षेत्रबाट दैनिक ठूलो मात्रामा भारतबाट अवैध कुखुरा नेपालमा आउने गरेको किसानको गुनासो छ । पटक पटक व्यवसायीले अवैध कुखुरा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउँदा पनि कारबाही नभएको अधिकांश व्यवसायी र किसानले बताएका छन् ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…