Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

अवैध कुखुरा बरामद

डेक्स

डेक्स

अवैध कुखुरा बरामद
ADVERTISEMENT

नेपालगञ्ज । प्रहरीले  बाँकेमा भारतबाट अवैध रुपमा ल्याएको ठूलो परिमाणमा कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको करिव रु. १ लाख ५० हजार बराबरका कुखुरालाई नेपालगञ्ज १० शितलनगरबाट बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २१९ थान कुखुरा बरामद गरिएको हो । जिल्ला प्रहरी बाँकेले बिहीवार बरामद गरिएका अवैध कुखुरालाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज पठाईएको जानकारी दिएको छ ।

यसैबीच जिल्ला प्रहरी बाँकेले लागूऔषध मुद्दामा दोषी ठहर भएर लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेबाट मिति २०७७ भदौ ९ गतेको फैसलाबाट लागूऔषध मुद्दामा दोषी ठहर भएर हालसम्म फरार रहेका कोहलपुर–२ का २६ बर्षीय महादेव घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घिमिरेलाई जिल्ला अदालत बाँकेले १ बर्ष जेल सजायको फैसला सुनाएयता फरार रहँदै आएका उनलाई जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो । घिमिरेलाई आबश्यक कारबाहीका लागि आज जिल्ला अदालत बाँके बुझाईएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।फरार रहेका घिमिरेलाई कहाँबाट पक्राउ गरिएको बारे भने जिल्ला प्रहरी कार्यालय खुलाएको छैन ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…