Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

‘इ लाइब्रेरी’ हुँदै महेन्द्र पुस्तकालय

डेक्स

डेक्स

‘इ लाइब्रेरी’ हुँदै महेन्द्र पुस्तकालय
ADVERTISEMENT


नेपालगञ्ज, ।  पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रूपमा रूपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पु¥याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी देखिएको स्रष्टाहरुले जनाएका छन । उहाँहरू भन्नुहुन्छ, “केही समय नेतृत्वविहीन हुँदा बन्द भएको पुस्तकालयले अहिले नयाँ जीवन पाएको छ ।” पुस्तकालयलाई व्यवस्थित गर्दै लैजाने क्रममा ‘इ लाइब्रेरी’को रुपमासमेत विकास गर्न लागिएको बाँकेका साहित्यकार तथा पुस्तकालयका सल्लाहकार नरेन्द्रजङ्ग पिटरले जानकारी दिनुभयो ।

उहाँले साहित्यप्रति युवापुस्ताको आकर्षण बढाउन र विश्व साहित्यको अनुशरण गर्न ‘इ लाइब्रेरी’ फलदायी हुने विश्वास व्यक्त गर्दै गजल साहित्यमा युवाको आकर्षण बढेको छ भन्नुभयो । बाँकेमा खास गरी शनिबारका दिन नेपालगञ्ज र आसपासका विभिन्न स्थानमा साहित्यिक कार्यक्रम हुँदै आएका छन । जिल्लाको खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकामा त्यस्ता साहित्य सिर्जनाका कार्यक्रम हुँदै आएको बताइएको छ । नेपालगञ्जमा रहेको भेरी साहित्य समाज, मध्यपश्चिम साहित्य स्रष्टालगायतका साहित्यिक संस्थाले साहित्य सिर्जनामा ठुलो योगदान गरेका छन ।


“पुस्तकालयका लागि जेनेरेटर, माइक किन्ने र नयाँ पुस्तक समेत किनेर वाचनालयलाई समेत व्यवस्थित बनाउने प्रयास भइरहेको छ”, साहित्यकार पिटरले भन्नुभयो । कोहलपुरमा ज्ञानोदय पुस्तकालय र पूर्णिमा साहित्य संस्थाले साहित्य र सिर्जनाको जर्गेना गरेका छन् ।

“बाँकेमा साहित्यको अवस्थाप्रति हामी निरास हुनुपर्ने अवस्था छैन, बरु यसलाई अझ बढी परिणाममुखी र कामकाजी बनाउन युवाको आकर्षण बढाउन आवश्यक छ”, उहाँको सुझाव छ । पुस्तकालयमा समस्या भएपछि पाठकको सङ्ख्या घटेको, पठन संस्कृति कम भएको र  भएका पुस्तक गोदाममा थन्किएका थिए । अब पुस्तकालयलाई जीवन्त बनाउन नयाँ किताब भित्र्याउने र नयाँ ‘क्याटलग’ बनाउने काम भइरहेको पिटरले बताउनुभयो ।

विसं २००३ मा स्थापना भएको सो पुस्तकालयको पुरानो नाम प्रेम पुस्तकालय हो । शिक्षा तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले स्थापित पुस्तकालयले चेतनाको एउटा लहर निर्माण ग¥यो तर पुस्तकालय स्थापनामा अहम् भूमिका खेलेका योगेश्वर मिश्रलाई तत्कालीन राणा सरकारले एउटा जिम्मेवारी दिएर उदयपुर चिसापानी पठाएको थियो ।

पुस्तकालय निर्माणमा योगेश्वर मिश्र, वामदेव शर्मा, श्रीधर शर्मालगायतका व्यक्तिको भूमिका रहेको छ । प्रेम पुस्तकालयको रूपमा स्थापित सो पुस्तकालयको नामबारे विस्तृत भन्न सक्ने अहिले त्यो पुस्ता नरहेको विश्लेषकसमेत रहनुभएका साहित्यकार पिटर बताउनुहुन्छ ।

शिक्षा र चेतनाप्रति उत्सुक समाजमा सो पुस्तकालयको तत्कालीन अवस्थामा वाचनालय मात्र बनेन, नेपालगञ्ज सहरका बुद्धिजीवी, पत्रकार, राजनीतिक नेता तथा सामाजिक अगुवाको जमघट हुने, छलफल, बहस गर्ने थलोसमेत बनेको थियो । जहाँ देशको तत्कालीन राजनीतिक तथा सामाजिक विषयबारे चर्चा हुने गर्थ्यो । उक्त पुस्तकालयको आँगनमा नेपालगञ्ज सहरको विकास र आकार निर्माण मात्र भएनन् यो सहरको सामाजिक सहअस्तित्व निर्माण र सहिष्णुताको संरक्षणका लागि विभिन्न धार्मिक गुरुहरू पुस्तकालयमा बसेर घन्टौँ बहससमेत गरेका छन र हात मिलाएर शान्तिको सन्देश बाँडेका छन् ।

महेन्द्र पुस्तकालयका सल्लाहकार तथा भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिनाले बाँकेको साहित्य उब्र भएको उल्लेख गर्दै बाँकेको वाङ्मयको विकासमा पनि आफूहरूले काम गरिरहेको बताउनुभयो । “कविता, समालोचना, खण्डकाव्यको विधामा पनि हामीले काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो । साहित्यमा लाग्नेसँग अध्ययन, अनुसन्धान र अनुशिलन आवश्यक हुनेमा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले ‘शताब्दि साहित्यको इतिहास’ नामक कृतिसमेत अन्तिम चरणमा पुगेको बताउनुभयो ।

“पुस्तकालयको नेतृत्व एउटै हुँदा समस्या आएकाले नयाँ निर्वाचित नेतृत्व आएपछि पुस्तकालयलाई परिष्कृत बनाउन थालिएको छ”, उहाँले भन्नुभयो । तिमिल्सिनाले पुस्तकालयमा पढ्ने वातावरण नै नभएको उल्लेख गर्दै बिचबिचमा बन्दसमेत भएको बताउनुभयो । बाँकेमा उर्दु भाषा साहित्यमा अब्दुल लतिफ सौक, अवधि भाषा साहित्यमा सचिनान्द चौबे, नेपाली साहित्यमा इन्द्रमणि मानव, डि विकास, तीर्थराम श्रेष्ठ, ‘अटबारी’, सनत रेग्मी, नन्दराम लम्साल, स्व प्रेमप्रकाश मल्लको नाम साहित्यकारका रूपमा अग्रणी स्थानमा रहेको छ ।

साहित्यकार तथा पत्रकार पूर्णलाल चुकेले प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचन भएपछि पुस्तकालयलाई गति दिन थालिएको उल्लेख गर्दै वाचनालय सञ्चालनको तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय दूतावासको सहयोगमा पुस्तकालयको भौतिक संरचना पनि निर्माण भएको छ र भारतका साहित्यकार र नेपाली साहित्यकारबिच पनि साहित्य सम्मेलन हुने गरेको छ ।”

साहित्यकार सचिनानन्द चौबेले अवधि र उर्दु साहित्य अहिले बाँकेमा कमजोर अवस्थामा रहेको जानकारी दिँदै साहित्यमा राजनीति हाबी भएको आरोप लगाउनुभयो । “कहिलेकाहीँ महिनामा एक पटक गजल भइरहेको हुन्छ”, उहाँले भन्नुभयो । महेन्द्र पुस्तकालय,  नेपालगञ्जका सदस्य सनत रेग्मीले झन्डै रु २७ लाखको बजेट बनाइएको उल्लेख गर्दै सो बजेटका आधारमा फागुनबाट वाचनालय सञ्चालन हुने जानकारी दिँदै ‘कथा सुनौँ र सुनाउ’कार्यक्रम एक वर्ष सञ्चालन भएको बताउनुभयो ।

उहाँले बहुभाषिक कविता वाचन जिल्लाको विशेषता भएको र पछिल्लो समय युवा साहित्यकारको सङ्ख्या बढेर ७० पुगेको बताउनुभयो । सो पुस्तकालयमा पाँच सय बढी पुस्तक रहेको बताइएको छ । बाँकेमा पुस्तकालय संरक्षण र आवश्यक समन्वय गर्न जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको संयोजकत्वमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला शिक्षा तथा समन्वय एकाइसमेत सो समितिमा रहेको छ ।

समितिले जिल्लाका पुस्तकालयको अवस्था अध्ययन गर्ने, उत्पन्न विवादको अन्त्य गर्ने तथा पुस्तकालयको सर्वाङ्गीण विकासका लागि बजेट तथा कार्यक्रमसमेत बनाउन सक्ने व्यवस्था पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका, २०६९ मा उल्लेख छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …