Pairabi logo

माघ १३, २०८२, सोमबार                    

डढेलो नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु

डेक्स

डेक्स

डढेलो नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेका विभिन्न बनमा हुने डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यकम सुरु भएको  छ । 
विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खडकाले जानकारी दिनुभयो । बन सप्ताह कार्यक्रमका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरीले बन जंगल डढेलोका कारण मासिदै जाने र निशुल्क रुपमा मानव तथा अन्य जिब जन्तुले फेर्ने अक्सिजनको लागि अस्पताल पुग्नुपर्ने दिन आउन नसक्ला भन्ने स्थिती नरहेको भन्दै एक झिल्को आगोले वन नै सखाप हुने मात्र नभई त्यससंग निर्भर तमाम जिवको जीवन नै समाप्त हुने बताउनुभयो । 

सरकारको सम्पत्तिको रुपमा रहेको वन क्षेत्रमा पुराना रुख र नया बिरुवाको संरक्षण गर्ने प्रमुख दायित्व स्थानिय वन उपभोक्ता तथा स्थानिय सरोकारवालाको भएको जिकिर गर्दै मन्त्री चौधरीले वाताबरण परिवर्तन हुनबाट जोगाउन शुन्य बन डढेलो अभियानलाई सप्ताह ब्यापि रुपमा मनाउन लागिएको जानकारी दिनुभयो । 

हरेक बर्ष चैत्र पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाउदै आएको परिप्रेक्षमा बन डढेलो नियन्त्रणमा बन उपभोक्ता समुहको नै अग्रणि भुमिका रहने भन्दै मन्त्रि चौधरीले आगो लाग्नबाट रोक्न छोडि आफै आगो लगाउने गरेको पाईए त्यस्ता बन उपभोक्ता समुहहरुको नबिकरण नै नहुने चेतावनी समेत दिनुभयो ।  सम्पत्ति जोगियो भने कसरी उपभोग गर्ने भन्ने कार्ययोजना बन्नेमा दुईमत नरहने भन्दै मन्त्रि चौधरीले वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता , बन समुह तथा सरोकारवाला सबै निकायहरुलाई आब्हान समेत गर्नुभयो । 
विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खडकाले जानकारी दिनुभयो । 

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा आयोजित सप्ताह ब्यापी वन डढेलो नियन्त्रण शुभ आरम्भ कार्यक्रममा बिभिन्न क्लव, बिद्यालय, स्थानिय सांस्कृतीक समुह र गैर सरकारी संस्थाहरुले ओभरी बजार भरी प्रभात फरीमा सहभागिता जनाउदै बिभिन्न जनचेतनामुलक नाटक, नृत्य समेत प्रस्तुत गरेका थिए ।

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव उद्धव बहादुर घिमिरेको सभापतित्वमा आयोजित सप्ताहब्यापि वन डढेलो नियन्त्रण कार्यक्रमको पहिलो दिन बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, राप्ति सोनारी गाउपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजित कुमार कर्ण लगायत अतिथीहरुले बन डढेलोबाट जोगाउने बारे आ आफनो धारणा राख्नुभएको थियो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …