Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

डढेलो नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु

डेक्स

डेक्स

डढेलो नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेका विभिन्न बनमा हुने डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यकम सुरु भएको  छ । 
विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खडकाले जानकारी दिनुभयो । बन सप्ताह कार्यक्रमका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरीले बन जंगल डढेलोका कारण मासिदै जाने र निशुल्क रुपमा मानव तथा अन्य जिब जन्तुले फेर्ने अक्सिजनको लागि अस्पताल पुग्नुपर्ने दिन आउन नसक्ला भन्ने स्थिती नरहेको भन्दै एक झिल्को आगोले वन नै सखाप हुने मात्र नभई त्यससंग निर्भर तमाम जिवको जीवन नै समाप्त हुने बताउनुभयो । 

सरकारको सम्पत्तिको रुपमा रहेको वन क्षेत्रमा पुराना रुख र नया बिरुवाको संरक्षण गर्ने प्रमुख दायित्व स्थानिय वन उपभोक्ता तथा स्थानिय सरोकारवालाको भएको जिकिर गर्दै मन्त्री चौधरीले वाताबरण परिवर्तन हुनबाट जोगाउन शुन्य बन डढेलो अभियानलाई सप्ताह ब्यापि रुपमा मनाउन लागिएको जानकारी दिनुभयो । 

हरेक बर्ष चैत्र पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाउदै आएको परिप्रेक्षमा बन डढेलो नियन्त्रणमा बन उपभोक्ता समुहको नै अग्रणि भुमिका रहने भन्दै मन्त्रि चौधरीले आगो लाग्नबाट रोक्न छोडि आफै आगो लगाउने गरेको पाईए त्यस्ता बन उपभोक्ता समुहहरुको नबिकरण नै नहुने चेतावनी समेत दिनुभयो ।  सम्पत्ति जोगियो भने कसरी उपभोग गर्ने भन्ने कार्ययोजना बन्नेमा दुईमत नरहने भन्दै मन्त्रि चौधरीले वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता , बन समुह तथा सरोकारवाला सबै निकायहरुलाई आब्हान समेत गर्नुभयो । 
विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खडकाले जानकारी दिनुभयो । 

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा आयोजित सप्ताह ब्यापी वन डढेलो नियन्त्रण शुभ आरम्भ कार्यक्रममा बिभिन्न क्लव, बिद्यालय, स्थानिय सांस्कृतीक समुह र गैर सरकारी संस्थाहरुले ओभरी बजार भरी प्रभात फरीमा सहभागिता जनाउदै बिभिन्न जनचेतनामुलक नाटक, नृत्य समेत प्रस्तुत गरेका थिए ।

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव उद्धव बहादुर घिमिरेको सभापतित्वमा आयोजित सप्ताहब्यापि वन डढेलो नियन्त्रण कार्यक्रमको पहिलो दिन बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, राप्ति सोनारी गाउपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजित कुमार कर्ण लगायत अतिथीहरुले बन डढेलोबाट जोगाउने बारे आ आफनो धारणा राख्नुभएको थियो । 

ताजा

सबै

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

यो पनि

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …