Pairabi logo

जेठ २६, २०८२, आइतबार                    

अवधी पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन

डेक्स

डेक्स

अवधी पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन
ADVERTISEMENT

नेपालगन्ज २७ फागुन । अवधी पत्रकार संघ नेपाल बाँकेको १४औं वार्षिक साधारणसभा तथा जिल्ला अधिबेशन आज सकिएको छ । 

पर्यटकिय क्षेत्र बाँके डुडुवा ५ स्थित पार्कमा आयोजित सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवध क्षेत्रको रुपमा रहेको लुम्विनी सरकारले अवधी भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा विशेष पहल गर्ने बताउनुभयो ।

उहाँले अवध क्षेत्रको विकास त्यसमा पनि अवधी भाषी पत्रकारहरुको विकास, क्षमता अभिबृद्धि, महिला पत्रकारको सहभागिता र संघको संस्थागत विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गर्दै स्थानीयस्तरमा रहेका पर्यटकिय स्थलहरुको पहिचान र संम्बद्र्धनमा प्रदेश सरकारले पहल गर्र्ने बताउनुभयो । 


प्रदेश सांसद आदेश अग्रवालले अवधी भाषासंग प्रेम राख्ने व्यक्तीबाट मात्र अवधी कला संस्कृतिको विकास हुने भन्दै अवधीको विकासका लागि हामी सबै आफैबाट जुटेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफुहरु अवधी भाषामा सांसद पदको सपथ लिएको स्मरण गर्दै अवध क्षेत्रको विकासका लागि सबैको सहयोग र सहकार्यसंगै सरकारीस्तरबाट पहल गर्ने बताउनुभयो । 


संघका सल्लाहकार वरिष्ठ पत्रकार विजय बर्माले अवध क्षेत्रको प्राचिनकालदेखिको सम्वन्ध रहेकोले यसको संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा सबै सरोकारवाला जुटनुपर्ने आग्रह गर्दै पछिल्लो समय अवधीलाई विभाजन गर्न खाजिएकाले अवधीको विकासका लागि सरकार गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो । 


अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले देशैभर अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको संघमा आबद्ध पत्रकारहरुका क्षमता विकाससंग महिलाहरु पत्रकारहरुको ठुलो चुनौती रहेकाले उनीहरुको विकासका लागि सरकार उदासिन भएको भन्दै अवधी पत्रकारहरुको सक्रियतासंगै एकजुट हुन आवश्यक रहेको बताउनुभया । उहाँले संघमार्फत अवधी भाषा, कला र संस्कृतिको विकासका लागि संचारक्षेत्रबाट उल्लेख्य भुमिका निर्वाह गरेकाले यो समुदायले पनि त्यत्तिकै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश सदस्य आरिफ अन्सारीले अवधी भाषी पत्रकारहरुको विकास तथा सहभागिताका लागि महासंघले विशेष आरक्षणलगायतको व्यवस्था गरेको भन्दै अवधी पत्रकारहरुको सक्रियता र सहभागिता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । 
अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादवले अवधी भाषाको विकास र संरक्षणका लागि दुईदशक अघिको सपना साकार बनाउन संस्था स्थापना गरिएको भन्दै पछिल्लो समय अवधीको विकासमा सरकारले खासै ध्यान नदिएकोप्रति दुख व्यक्त गर्नुभयो ।  


सभामा लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादव र सांसद आदेश अग्रवाललाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा अवधी पत्रकार संघ बाँकेका पुर्व जिल्ला अध्यक्षद्धय चन्दे्रश्वरराज त्रिपाठी र नन्दलाल साहुलाई सम्मान गरिएको थियो । सभामा संघका जग्गादाता माधवराम बर्मालाई पनि सम्मान गरिएको थियो । 

 

    प्रहलाद विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन

अवधी पत्रकार संघ बाँकेको आज शनिबार सम्पन्न जिल्ला अधिबेशनले पत्रकार प्रहलाद विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विश्वकर्मा नेपालगन्जस्थित जि नेपाल फोरके टेलिभिजन र रेडक्रस पत्रिकामा आबद्ध हुनुहुन्छ । 


संघको उपाध्यक्षमा सुनिता बर्मा, सचिवमा रमेशकुमार यादव, सहसचिवमा रुवी साई, कोषाध्यक्षमा असफाक संघर्ष चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा सलामत अली शेष, समिर सल्मानी, निलम शर्मा, प्रिति पटेल, सुजल त्रिपाठी, मो. सद्दाव राईनी चयन हुनुभएको निर्वाचन समितिका संयोजक अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । 


 

ताजा

सबै

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…

लोकप्रिय

सबै

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…

यो पनि

डुडुवाद्धारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

डुडुवाद्धारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

डुडुवा (बाँके) १७ जेठ । मानविय सेवा अन्र्तगत डुडुवा गाउँपालिकाले नेपालगन्जका दुई व…

बाँकेका स्थानीय तहले विपद् व्यवस्थापनका लागि सहकार्य गर्ने

बाँकेका स्थानीय तहले विपद् व्यवस्थापनका लागि सहकार्य गर्ने

कोहलपुर, । बाँकेका स्थानीय तहहरुले विपद् व्यवस्थापनका सहकार्य गर्ने भएका छन्।सवै स्थानी…

मंगलबार प्रसाद वितरण

मंगलबार प्रसाद वितरण

नेपालगन्ज ६ जेठ । जेष्ठ महिनाको मंगलवार गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनले दोस्…

एचआइभी/एड्सबारे समुदायस्तरिय चेतनामुलक कार्यक्रम

एचआइभी/एड्सबारे समुदायस्तरिय चेतनामुलक कार्यक्रम

बैजनाथ (बाँके) २ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा एचआइभी/एड्स संक्रमित विरामीहरु…