Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

अवधी पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन

डेक्स

डेक्स

अवधी पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन
ADVERTISEMENT

नेपालगन्ज २७ फागुन । अवधी पत्रकार संघ नेपाल बाँकेको १४औं वार्षिक साधारणसभा तथा जिल्ला अधिबेशन आज सकिएको छ । 

पर्यटकिय क्षेत्र बाँके डुडुवा ५ स्थित पार्कमा आयोजित सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवध क्षेत्रको रुपमा रहेको लुम्विनी सरकारले अवधी भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा विशेष पहल गर्ने बताउनुभयो ।

उहाँले अवध क्षेत्रको विकास त्यसमा पनि अवधी भाषी पत्रकारहरुको विकास, क्षमता अभिबृद्धि, महिला पत्रकारको सहभागिता र संघको संस्थागत विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गर्दै स्थानीयस्तरमा रहेका पर्यटकिय स्थलहरुको पहिचान र संम्बद्र्धनमा प्रदेश सरकारले पहल गर्र्ने बताउनुभयो । 


प्रदेश सांसद आदेश अग्रवालले अवधी भाषासंग प्रेम राख्ने व्यक्तीबाट मात्र अवधी कला संस्कृतिको विकास हुने भन्दै अवधीको विकासका लागि हामी सबै आफैबाट जुटेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफुहरु अवधी भाषामा सांसद पदको सपथ लिएको स्मरण गर्दै अवध क्षेत्रको विकासका लागि सबैको सहयोग र सहकार्यसंगै सरकारीस्तरबाट पहल गर्ने बताउनुभयो । 


संघका सल्लाहकार वरिष्ठ पत्रकार विजय बर्माले अवध क्षेत्रको प्राचिनकालदेखिको सम्वन्ध रहेकोले यसको संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा सबै सरोकारवाला जुटनुपर्ने आग्रह गर्दै पछिल्लो समय अवधीलाई विभाजन गर्न खाजिएकाले अवधीको विकासका लागि सरकार गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो । 


अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले देशैभर अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको संघमा आबद्ध पत्रकारहरुका क्षमता विकाससंग महिलाहरु पत्रकारहरुको ठुलो चुनौती रहेकाले उनीहरुको विकासका लागि सरकार उदासिन भएको भन्दै अवधी पत्रकारहरुको सक्रियतासंगै एकजुट हुन आवश्यक रहेको बताउनुभया । उहाँले संघमार्फत अवधी भाषा, कला र संस्कृतिको विकासका लागि संचारक्षेत्रबाट उल्लेख्य भुमिका निर्वाह गरेकाले यो समुदायले पनि त्यत्तिकै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश सदस्य आरिफ अन्सारीले अवधी भाषी पत्रकारहरुको विकास तथा सहभागिताका लागि महासंघले विशेष आरक्षणलगायतको व्यवस्था गरेको भन्दै अवधी पत्रकारहरुको सक्रियता र सहभागिता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । 
अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादवले अवधी भाषाको विकास र संरक्षणका लागि दुईदशक अघिको सपना साकार बनाउन संस्था स्थापना गरिएको भन्दै पछिल्लो समय अवधीको विकासमा सरकारले खासै ध्यान नदिएकोप्रति दुख व्यक्त गर्नुभयो ।  


सभामा लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादव र सांसद आदेश अग्रवाललाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा अवधी पत्रकार संघ बाँकेका पुर्व जिल्ला अध्यक्षद्धय चन्दे्रश्वरराज त्रिपाठी र नन्दलाल साहुलाई सम्मान गरिएको थियो । सभामा संघका जग्गादाता माधवराम बर्मालाई पनि सम्मान गरिएको थियो । 

 

    प्रहलाद विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन

अवधी पत्रकार संघ बाँकेको आज शनिबार सम्पन्न जिल्ला अधिबेशनले पत्रकार प्रहलाद विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विश्वकर्मा नेपालगन्जस्थित जि नेपाल फोरके टेलिभिजन र रेडक्रस पत्रिकामा आबद्ध हुनुहुन्छ । 


संघको उपाध्यक्षमा सुनिता बर्मा, सचिवमा रमेशकुमार यादव, सहसचिवमा रुवी साई, कोषाध्यक्षमा असफाक संघर्ष चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा सलामत अली शेष, समिर सल्मानी, निलम शर्मा, प्रिति पटेल, सुजल त्रिपाठी, मो. सद्दाव राईनी चयन हुनुभएको निर्वाचन समितिका संयोजक अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…