Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

बाँकेमा लक्ष्य अनुसारको धान खरिद भएन

डेक्स

डेक्स

बाँकेमा लक्ष्य अनुसारको धान खरिद भएन
ADVERTISEMENT

नेपालगञ्ज। बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यभएपनि  नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ ।

धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुनको पहिलो साताबाट धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो । 

उहाँले यस वर्ष जिल्लाका ८४० जना किसानबाट मध्यम धान २० हजार क्विन्टल र मोटो धान पाँच हजार क्विन्टल गरेर २५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा धेरै कम नौ हजार क्विन्टल मात्र धान खरिद भएको बताउनुभयो । 

३४० जना किसानबाट मध्यम धान सात हजार क्विन्टल र मोटो धान दुई हजार क्विन्टल गरेर नौ हजार क्विन्टल धान खरिद गरिएको छ । जिल्लामा रहेका आठ पालिकालाई कोटा निर्धारण गरेर गत पुस ५ गतेबाट २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरिएको थियो ।

तर निर्धारित समयभन्दा निकै ढिला गरी धान खरिद सुरु गरेकाले अधिकांश किसानले बाध्य भएर पहिले नै व्यापारीलाई बिक्री गरिसकेकाले नै कम्पनीमा नगएको बाँके खजुरा–४ का किसान जयन्त थापाले बताउनुभयो । 

कार्यालयले ढिला गरी खरिद सुरु गरेको र पछिल्लो समय व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न थालेकाले किसानले कम्पनीलाई धान बिक्री नगरेको बताए । सरकारले यस वर्ष मोटा धानको प्रतिक्विन्टल समर्थन मूल्य रु.दुई हजार ९६७ र मध्यम धानको मूल्य रु.तीन हजार १२८ तोकेको थियो ।

बाँकेका आठ पालिकामध्ये जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटा अनुसार धान बिक्री गरेको र अन्य छ पालिकाबाट निकै कम सङ्ख्यामा किसान धान बिक्री गर्न आएको बताइएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…