Pairabi logo

माघ १३, २०८२, सोमबार                    

झारफुक भन्दै कुटपिट गर्दा वालिकाको मृत्यु

डेक्स

डेक्स

झारफुक भन्दै कुटपिट गर्दा वालिकाको मृत्यु
ADVERTISEMENT

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने सैनामैना(१० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ ।  कुटपिटबाट सोही ठाउकी १४ वर्षीया सिता ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसरी खुल्यो घटनाको रहश्य स्
सामाजिक सञ्जाल फेसबुकमा मा फागुनको २१ गते एक महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउछु भन्दै एक बालिकालाई भुईमा लडाई घोप्टो पारी बालिकाको शरिर माथि चढी ९बसी० हातमा घण्टी बजाउदै गालामा थप्पड हान्दै गरेको भिडियो प्रहरीले देख्यो । उक्त भिडियोमा ‘आईज, आ देखिस, कति खान्छस, मेरो पावर देखिस’ भन्दै हातमा रुद्राक्षको मालाले शरिरको बिभिन्न भागमा हान्ने, भुईमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाक मुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने, कपालमा समाई अनुहारको भागमा थुक्ने, खरानी खुवाईदिने र लछारपछार पारी कुटपिट समेत गरेको देखिन्थ्यो ।

उक्त भिडियो देखेलगत्तै ईकाल प्रहरी कार्यालय सालझण्डीले उक्त झारफुक गरी सन्चो गराउछु भन्ने महिला र पीडित बालिकाको सम्बन्धमा अनुसन्धान सुरु गर्यो । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको टोलीले भिडियोको आधारमा अनुसन्धान गर्दा झारफुक गर्ने युवतीलाई पक्राउ गर्न पुग्यो । उनीसँगै बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका बिभिन्न सामग्रीहरु त्रिशुल, जग, रुद्राक्षको माला लगायत प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यसपछि प्रहरीले मृतक सिता ज्ञवालीको घर परिवारसँग सोधपुछका लागि पुग्यो । परिवारसँग बुझ्दा बिगत ४र५ दिनदेखि सिता कान सम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधी सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन भन्ने थाहा पाई उनको घरमा लगेको कुरा अनुसन्धानबाट खुलेको छ।

कुटपिटका कारण झारफुक गरेको ठाउँमा नै सिताको मृत्यु भएकोमा परिवारले सोही दिनको रातीनै दाहसस्कारको लागि घरपरिवाले कपिलबस्तु जिल्लाको लक्ष्मणघाट पुर्याएर दाहसस्कार गरेका मृतकको घरपरिवारबाट खुल्न आएको प्रहरीले जनाएको छ । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …