Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

रङहरुको पर्व होली

डेक्स

डेक्स

रङहरुको पर्व होली
ADVERTISEMENT

अल्का मिश्र
नेपालगन्ज २२ फागुन । सामाजिक सदभावको पर्वको रुपमा मनाइने होलीको रौनक शुरु भएको छ । पहाडी जिल्लाहरुमा आज र भोली तराईका जिल्लामा मनाईने होली पर्वको रौनकता शुरु भएको हो । 

पर्वलाई मध्यनजर गरि नेपालगन्जको त्रिभुवन चोक, सदरलाईन, बागेश्वरी मन्दिरलगायत बजारमा रङ, अविर, पिचकारी, बैलुन मिठाई जस्ता सामाग्रीको फुटपाथ पसल थापिएको छ । यसैगरि होली पर्व मनाउन विभिन्न संघसंस्था, कल्ब, युवा समुहहरुले सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान शुरु गरेका छन । तराई क्षेत्रमा होली पर्वले विशेष सदभावपुर्ण सन्देश प्रर्वाह गर्ने गर्दछ । 

मधेशी समुदायमा होली गाडेर गुईठा जम्मा गरि राती आगो लगाएर ताप्ने चलन रहेको छ । होलीका दिनमा प्रत्येक घर घरमा गाउँ टोलका सबै नागरिकको समुहमा होली गित, धमार गाउदै रङ अबिर लगाएर शुभकामना आदानप्रदान गर्ने अवधी अगुवा शिवप्रसाद पाठक बताउनुहुन्छ । 

होली पर्वमा घरका छोरी ज्वाईलाई निम्ता दिई बोलाएर मिठो मिठो खानेकुरा खुवाउने चलन रहेको छ । यो पर्वमा विशेष पकवानको रुपमा गुझिया पकाइने गरिछ ।

यसैविच जिल्ला प्रशासन कार्यालय बाँकेले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासनले होली पर्वमा कसैको इच्छा विपरीत लोला हान्ने, रङ र अबिर दल्ने, मादकपदार्थ सेवन गरेर अभद्र व्यवहार गर्ने जस्ता अवाञ्छित क्रियाकलाप गर्नु नहुने आग्रह गरेको हो । यदि कसैले उच्छृङ्खल गतिविधि गरेमा त्यस्ता व्यक्तिलाई पक्राउ गरी तत्काल कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वलाई मध्यनजर गर्दै बिशेष रणनितिक सुरक्षा योजना लागु गरेको । होली पर्वमा हुनसक्ने उछृङ्गखल क्रियाकलाप, आकस्मिक अप्रिय घटना रोक्न केहीदिन अघिदेखि चेकजाँच गस्ती टोली परिचालनलगायको रणनितिक कार्ययोजना तयार गरि कार्यान्वयनमा ल्याएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले बताउनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…