Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

रङहरुको पर्व होली

डेक्स

डेक्स

रङहरुको पर्व होली
ADVERTISEMENT

अल्का मिश्र
नेपालगन्ज २२ फागुन । सामाजिक सदभावको पर्वको रुपमा मनाइने होलीको रौनक शुरु भएको छ । पहाडी जिल्लाहरुमा आज र भोली तराईका जिल्लामा मनाईने होली पर्वको रौनकता शुरु भएको हो । 

पर्वलाई मध्यनजर गरि नेपालगन्जको त्रिभुवन चोक, सदरलाईन, बागेश्वरी मन्दिरलगायत बजारमा रङ, अविर, पिचकारी, बैलुन मिठाई जस्ता सामाग्रीको फुटपाथ पसल थापिएको छ । यसैगरि होली पर्व मनाउन विभिन्न संघसंस्था, कल्ब, युवा समुहहरुले सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान शुरु गरेका छन । तराई क्षेत्रमा होली पर्वले विशेष सदभावपुर्ण सन्देश प्रर्वाह गर्ने गर्दछ । 

मधेशी समुदायमा होली गाडेर गुईठा जम्मा गरि राती आगो लगाएर ताप्ने चलन रहेको छ । होलीका दिनमा प्रत्येक घर घरमा गाउँ टोलका सबै नागरिकको समुहमा होली गित, धमार गाउदै रङ अबिर लगाएर शुभकामना आदानप्रदान गर्ने अवधी अगुवा शिवप्रसाद पाठक बताउनुहुन्छ । 

होली पर्वमा घरका छोरी ज्वाईलाई निम्ता दिई बोलाएर मिठो मिठो खानेकुरा खुवाउने चलन रहेको छ । यो पर्वमा विशेष पकवानको रुपमा गुझिया पकाइने गरिछ ।

यसैविच जिल्ला प्रशासन कार्यालय बाँकेले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासनले होली पर्वमा कसैको इच्छा विपरीत लोला हान्ने, रङ र अबिर दल्ने, मादकपदार्थ सेवन गरेर अभद्र व्यवहार गर्ने जस्ता अवाञ्छित क्रियाकलाप गर्नु नहुने आग्रह गरेको हो । यदि कसैले उच्छृङ्खल गतिविधि गरेमा त्यस्ता व्यक्तिलाई पक्राउ गरी तत्काल कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वलाई मध्यनजर गर्दै बिशेष रणनितिक सुरक्षा योजना लागु गरेको । होली पर्वमा हुनसक्ने उछृङ्गखल क्रियाकलाप, आकस्मिक अप्रिय घटना रोक्न केहीदिन अघिदेखि चेकजाँच गस्ती टोली परिचालनलगायको रणनितिक कार्ययोजना तयार गरि कार्यान्वयनमा ल्याएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले बताउनुभयो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…