Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सैनामैना महोत्सवमा स्थानीय उत्पादन प्राथमिकतामा

डेक्स

डेक्स

सैनामैना महोत्सवमा स्थानीय उत्पादन प्राथमिकतामा
ADVERTISEMENT

सैनामैना । सैनामैनामा संचालित पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा स्थानीय उत्पादनलाई अवलोकनकर्ताले विशेष प्रथामिकता दिएका छन । 

मेलामा स्थानीय स्तरबाट उत्पादन भएको बाँसको फर्निचर, थाकलबाट बनेको टोपी झोला एवं ढाकाबाट निर्मित कपडाहरु प्राथमिकतामा परेको स्थानीयले बताएका छन ।  मेलामा स्थानिय स्तरबाट उत्पादन भएको बिभिन्न प्रकारको अचारहरु र स्थानिय दुग्धजन्य उत्पादनले उनीहरुको  ध्यानार्कषण गरेको छ ।  

बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गरेको आयोजक संस्थाले बताएको छ । 

सैनामैनाको भौगोलिक,सामाजिक, आर्थिक, तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै सन्तुलित र समन्यायीक विकासमा महत्वपूर्ण सफलता हासिल गरेसंगै सैनामैनाको मुहार विस्तारै फेरिदै गएको र त्यसलाई विस्तार गर्न महोत्सव एउटा माध्यम हुने सैनामैना व्यापार संघले जनाएको छ । 

सैनामैना नगरपालिकाले दिएको सिप मुलक तालिमको सदुपयोग गर्दै स्थानीय महिलाले हस्तकलाका बस्तुहरु उत्पादन गर्दै आएका छन् । स्थानीय महिलाहरुले आफै उत्पादन गरेका सामग्रीहरु सैनामैना व्यापार संघले आयोजना गरेको महोत्सवको स्टलमा राखेका छन् । 

स्थानिय उत्पादन र व्यवसायीलाई अगाडि बढाउने उद्देश्यले व्यापार मेलाको आयोजना गरिएको मेला आयोजक मुल समिति संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो । मेलाले स्थानीय उत्पादन र व्यसायीको प्रवद्र्धन र संरक्षण हुने बिश्वास समेत लिएको संयोजक पौडेलको बताउनुभयो । शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापारका क्षेत्रमा तयार पारिएका आधारशीलाको कार्यान्वयन गर्दै समृद्ध सैनामैना निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने उद्देश्यले सैनामैना ब्यापार संघ केन्द्रित रहेको कार्यवाहक पौडेलको भनाइ छ । 

सार्वजनिक निजी साझेदारीमा “समृद्ध सैनामैना, खुसी र सुखी सैनामैना बासी”को लक्ष्य साकार पार्न सकिने सोंचका साथ सोही अनुरुपका कार्यक्रम तयार पारिएको उहाँले बताउनुभयो । 

बाँसबाट निर्मित बिभिन्न सामाग्रीहरु 

मेलामा बाँसबाट बनेको टेवल, कुर्र्र्र्र्ची, मुढा, कोठा सजावटका सामाग्री पाउन सकिन्छ । स्थानिय महिलाहरुले नगरपालिकाले बिगतमा दिएको सीप मुलक तालिमको सदुपयोग गर्दै बाँसका सामग्री निर्माण गरी मेलामा बिक्री वितरणका लागि राखिएको छ । मेला स्टलमा बाँसबाट बनेको घरायसी तथा सजावटका समान पाउन सकिने स्थानिय महिला व्यवसायी जौमाया श्रेष्ठ बताउनुहुन्छ । सामाग्री अनुसार रु। १ सय देखी रु २ हजार ५ सय सम्म ति सामग्री पाउने सकिने वास व्यवसायी पुजा थापा बताउनुहुन्छ ।  

 
ढाकाबाट निर्मित बिभिन्न पोशाक तथा जुत्ता चप्पल 

स्थानीय महिलाहरुले निर्माण गरिएको झोला, जुत्ता, चप्पल, गून्यु चोली एवं ढाका र तानबाट उत्पादन गरिएको नेपाली पहिरनहरु पाउन सकिन्छ । बालबालिका, महिला तथा बिभिन्न जातजातिका पहिरनहरु समेत मेला स्टलमा पाउन सकिन्छ ।

थाकलबाट निर्मित सामाग्री  

स्थानीय महिलाहरुले उत्पादन गरेका थाकलका बिभिन्न सामाग्रीहरु मेला स्थलमा पाउन सकिन्छ । थाकलबाट बनेको टोपी, झोला एवं घरायसी प्रयोगका बिभिन्न सामाग्रीहरु पाउन सकिने स्थानिय थाकल ब्यवसायी प्रिया थापा बताउनुहुन्छ । स्थानीय जंगलबाट थाकल संकलन गरी महिलाहरुले उत्पादन गरेका थाकलबाट निर्मित विभिन्न सामग्रीहरु मेला स्टलमा बिक्री गर्दै आएको समेत थापाले बताउनु भयो । 

 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…