Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

सैनामैना महोत्सवमा स्थानीय उत्पादन प्राथमिकतामा

डेक्स

डेक्स

सैनामैना महोत्सवमा स्थानीय उत्पादन प्राथमिकतामा
ADVERTISEMENT

सैनामैना । सैनामैनामा संचालित पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा स्थानीय उत्पादनलाई अवलोकनकर्ताले विशेष प्रथामिकता दिएका छन । 

मेलामा स्थानीय स्तरबाट उत्पादन भएको बाँसको फर्निचर, थाकलबाट बनेको टोपी झोला एवं ढाकाबाट निर्मित कपडाहरु प्राथमिकतामा परेको स्थानीयले बताएका छन ।  मेलामा स्थानिय स्तरबाट उत्पादन भएको बिभिन्न प्रकारको अचारहरु र स्थानिय दुग्धजन्य उत्पादनले उनीहरुको  ध्यानार्कषण गरेको छ ।  

बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गरेको आयोजक संस्थाले बताएको छ । 

सैनामैनाको भौगोलिक,सामाजिक, आर्थिक, तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै सन्तुलित र समन्यायीक विकासमा महत्वपूर्ण सफलता हासिल गरेसंगै सैनामैनाको मुहार विस्तारै फेरिदै गएको र त्यसलाई विस्तार गर्न महोत्सव एउटा माध्यम हुने सैनामैना व्यापार संघले जनाएको छ । 

सैनामैना नगरपालिकाले दिएको सिप मुलक तालिमको सदुपयोग गर्दै स्थानीय महिलाले हस्तकलाका बस्तुहरु उत्पादन गर्दै आएका छन् । स्थानीय महिलाहरुले आफै उत्पादन गरेका सामग्रीहरु सैनामैना व्यापार संघले आयोजना गरेको महोत्सवको स्टलमा राखेका छन् । 

स्थानिय उत्पादन र व्यवसायीलाई अगाडि बढाउने उद्देश्यले व्यापार मेलाको आयोजना गरिएको मेला आयोजक मुल समिति संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो । मेलाले स्थानीय उत्पादन र व्यसायीको प्रवद्र्धन र संरक्षण हुने बिश्वास समेत लिएको संयोजक पौडेलको बताउनुभयो । शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापारका क्षेत्रमा तयार पारिएका आधारशीलाको कार्यान्वयन गर्दै समृद्ध सैनामैना निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने उद्देश्यले सैनामैना ब्यापार संघ केन्द्रित रहेको कार्यवाहक पौडेलको भनाइ छ । 

सार्वजनिक निजी साझेदारीमा “समृद्ध सैनामैना, खुसी र सुखी सैनामैना बासी”को लक्ष्य साकार पार्न सकिने सोंचका साथ सोही अनुरुपका कार्यक्रम तयार पारिएको उहाँले बताउनुभयो । 

बाँसबाट निर्मित बिभिन्न सामाग्रीहरु 

मेलामा बाँसबाट बनेको टेवल, कुर्र्र्र्र्ची, मुढा, कोठा सजावटका सामाग्री पाउन सकिन्छ । स्थानिय महिलाहरुले नगरपालिकाले बिगतमा दिएको सीप मुलक तालिमको सदुपयोग गर्दै बाँसका सामग्री निर्माण गरी मेलामा बिक्री वितरणका लागि राखिएको छ । मेला स्टलमा बाँसबाट बनेको घरायसी तथा सजावटका समान पाउन सकिने स्थानिय महिला व्यवसायी जौमाया श्रेष्ठ बताउनुहुन्छ । सामाग्री अनुसार रु। १ सय देखी रु २ हजार ५ सय सम्म ति सामग्री पाउने सकिने वास व्यवसायी पुजा थापा बताउनुहुन्छ ।  

 
ढाकाबाट निर्मित बिभिन्न पोशाक तथा जुत्ता चप्पल 

स्थानीय महिलाहरुले निर्माण गरिएको झोला, जुत्ता, चप्पल, गून्यु चोली एवं ढाका र तानबाट उत्पादन गरिएको नेपाली पहिरनहरु पाउन सकिन्छ । बालबालिका, महिला तथा बिभिन्न जातजातिका पहिरनहरु समेत मेला स्टलमा पाउन सकिन्छ ।

थाकलबाट निर्मित सामाग्री  

स्थानीय महिलाहरुले उत्पादन गरेका थाकलका बिभिन्न सामाग्रीहरु मेला स्थलमा पाउन सकिन्छ । थाकलबाट बनेको टोपी, झोला एवं घरायसी प्रयोगका बिभिन्न सामाग्रीहरु पाउन सकिने स्थानिय थाकल ब्यवसायी प्रिया थापा बताउनुहुन्छ । स्थानीय जंगलबाट थाकल संकलन गरी महिलाहरुले उत्पादन गरेका थाकलबाट निर्मित विभिन्न सामग्रीहरु मेला स्टलमा बिक्री गर्दै आएको समेत थापाले बताउनु भयो । 

 

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…