Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु हुँदै

डेक्स

डेक्स

हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु हुँदै
ADVERTISEMENT


नेपालगञ्ज । बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान यही फागुन ११ गतेदेखि सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले आज यहाँ आयोजना गरेको  पत्रकार अन्तरिक्रयामा अभियानको तयारीबारे जानकारी गराइएको हो ।

यस पटक जिल्लामा ६ लाख १६ हजार ६९५ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।  बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले लक्षित समूहका सबै व्यक्तिहरुलाई औषधि सेवन गर्न उहाँको आग्रह छ ।

नेपालगन्ज उपमहानगरपालिकामा एक लाख ७० हजार ५९८ जना, कोहलपुर नगरपालिकामा एक लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधि खुवाउने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको फोकलपर्सन गौतमले जानकारी दिइन् ।

नेपालगन्ज उपमहानगरपालिकामा ५० प्रतिशत मानिसले मात्रै औषधि खाएको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ । त्यसैगरी कोहलपुर र डुडुवामा ७८(७८, खजुरामा ७६, राप्तीसोनारी र बैजनाथमा ७३(७३, नरैनापुरमा ७४ प्रतिशतले औषधि सेवन गर्दा जानकी गाउँपालिकामा भने सबैभन्दा धेरै ८० प्रतिशतले औषधि सेवन गरेका थिए ।

खानेले औषधि खाइरहने र नखानेले औषधि नखाइदिने गरेका कारण बाँकेमा हात्तीपाइले रोग विरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन । जसले औषधि सेवन गर्दैन त्यसकै कारण औषधि खाने मानिसहरु पनि हात्तीपाइलेको जोखिममा पर्ने गरेका छन् । बाँकेमा आर्थिक वर्ष २०६७(०६८ बाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको हो ।

उक्त वर्ष जिल्लाको कभरेज ९१ प्रतिशत थियो । पहिलो वर्ष भएको केही असावधानी र वास्तविकता बुझाउन नसक्दा भएको दुर्घटनाले त्यसपछि औषधि सेवनको कभरेज घट्दै गएको हो । गत वर्ष बाँकेमा ६८ प्रतिशतले मात्रै औषधि सेवन गरेका थिए । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले हात्तीपाइले रोग विरुद्धको अभियानलाई प्रभावकारी गराउन  सबै वर्गको साझा भूमिका आवश्यक रहेको भन्दै अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।

बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले औषधि सेवन नै यसको न्यूनीकरण भएको उहाँको भनाई छ । उहाँले पाँच वर्ष लगातार औषधि खुवाएपछि प्रि टाक्स सर्भे गरेर अर्को वर्ष औषधि खुवाएर निवारण गर्ने रणनीति असफल भएपछि १३ औं पटक औषधि खुवाउन लागिएको बताउनुभयो । 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…