Pairabi logo

असोज १७, २०८३, शनिबार                    

हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु हुँदै

डेक्स

डेक्स

हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु हुँदै
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान यही फागुन ११ गतेदेखि सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले आज यहाँ आयोजना गरेको  पत्रकार अन्तरिक्रयामा अभियानको तयारीबारे जानकारी गराइएको हो ।

यस पटक जिल्लामा ६ लाख १६ हजार ६९५ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।  बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले लक्षित समूहका सबै व्यक्तिहरुलाई औषधि सेवन गर्न उहाँको आग्रह छ ।

नेपालगन्ज उपमहानगरपालिकामा एक लाख ७० हजार ५९८ जना, कोहलपुर नगरपालिकामा एक लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधि खुवाउने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको फोकलपर्सन गौतमले जानकारी दिइन् ।

नेपालगन्ज उपमहानगरपालिकामा ५० प्रतिशत मानिसले मात्रै औषधि खाएको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ । त्यसैगरी कोहलपुर र डुडुवामा ७८(७८, खजुरामा ७६, राप्तीसोनारी र बैजनाथमा ७३(७३, नरैनापुरमा ७४ प्रतिशतले औषधि सेवन गर्दा जानकी गाउँपालिकामा भने सबैभन्दा धेरै ८० प्रतिशतले औषधि सेवन गरेका थिए ।

खानेले औषधि खाइरहने र नखानेले औषधि नखाइदिने गरेका कारण बाँकेमा हात्तीपाइले रोग विरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन । जसले औषधि सेवन गर्दैन त्यसकै कारण औषधि खाने मानिसहरु पनि हात्तीपाइलेको जोखिममा पर्ने गरेका छन् । बाँकेमा आर्थिक वर्ष २०६७(०६८ बाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको हो ।

उक्त वर्ष जिल्लाको कभरेज ९१ प्रतिशत थियो । पहिलो वर्ष भएको केही असावधानी र वास्तविकता बुझाउन नसक्दा भएको दुर्घटनाले त्यसपछि औषधि सेवनको कभरेज घट्दै गएको हो । गत वर्ष बाँकेमा ६८ प्रतिशतले मात्रै औषधि सेवन गरेका थिए । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले हात्तीपाइले रोग विरुद्धको अभियानलाई प्रभावकारी गराउन  सबै वर्गको साझा भूमिका आवश्यक रहेको भन्दै अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।

बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले औषधि सेवन नै यसको न्यूनीकरण भएको उहाँको भनाई छ । उहाँले पाँच वर्ष लगातार औषधि खुवाएपछि प्रि टाक्स सर्भे गरेर अर्को वर्ष औषधि खुवाएर निवारण गर्ने रणनीति असफल भएपछि १३ औं पटक औषधि खुवाउन लागिएको बताउनुभयो । 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…