Pairabi logo

माघ १३, २०८२, सोमबार                    

उपमहानगरको व्यवसायिक निरन्तरता योजना बन्दै

डेक्स

डेक्स

उपमहानगरको व्यवसायिक निरन्तरता योजना बन्दै
ADVERTISEMENT

 

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना बनाइँदैछ । विपतको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि मुलुकमै पहिलोपल्ट नेपालगञ्ज उपमहानगरपालिको योजना बनाउन लागिएको हो । योजना बनाउन निरन्तर कार्यशाला हुँदै आएको छ । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर प्राजेक्ट० अन्तर्गत आज पनि कार्यशाला गरिएको हो । यो परियोजना वडा नम्बर ३ र ७ मा सञ्चालित छ । कार्यशालामा वातावरण इन्जिनियर प्रकाश डिसीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । 


विपतको समय र अन्य अवरोधहरुमा प्रशासनलाई उत्थानशील बनाई निरन्तरताका लागि रणनैतिक गतिविधि कार्यान्वयन सहितको योजना तयार गर्न कार्यशाला आयोजना गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका व्यवस्थापन सूचना अधिकृत रुपन ज्ञवालीले बताए । कार्यशालामा सुपर प्रोजेक्टका परामर्शदाता दिनेशचन्द्र जोशीले विपत व्यवस्थापनसम्बन्धि व्यवसायिक निरन्तरता योजनाका विषयमा प्रस्तुतिकरण गरेका थिए । त्यसक्रममा विपतका बेला आवश्यकीय सेवा निरन्तरताका लािग विभिन्न संयन्त्र बनाई कसरी काम गर्न सकिन्छ भन्ने विषयमा समूहगत छलफल पनि समेत गरिएको छ । 

यो योजना बनाउनुको उद्देश्य जोखिम न्यूनीकरणका क्रियाकलाप अबलम्बन गरी पालिकाका कर्मचारीहरुको सुरक्षा र विपतबाट हुने कार्यालय सञ्चालनका लागि आवश्यक स्रोत साधनको हानी नोक्सानी न्यूनीकरण गर्नु रहेको जोशीले बताए । यस्तै यसबाट सुव्यवस्थित ढंगले महत्पूर्ण प्रक्रियाहरु र सेवाहरुको निरन्तरता सुनिश्चित राख्नका लागि उपयुक्त कार्यहरु छनौट गरी मार्गदर्शन गर्नु, समयमै प्रतिकार्य, पुनर्लाभ तथा पुनर्निमाणका कार्यहरु गर्ने र सेवा प्रवाहलाई निरन्तरता दिने लगायतका कार्यमा सहजता पुग्ने बताइएको छ । 

कार्यशालामा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, नगर उपप्रमुख कमरुद्दिन राई, प्रबक्ता प्रमोद रिजाल, विपत समिति संयोजक समिरप्रताप सिंह, विभिन्न विषयगत समिति संयोजक, शाखाका प्रमुख र अन्य सरोकारवालाको उपस्थिति थियो । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …