Pairabi logo

असोज १७, २०८३, शनिबार                    

डुडुवामा हात्तीपाइले आमऔषधी सेवन अभियान शुरु

डेक्स

डेक्स

डुडुवामा हात्तीपाइले आमऔषधी सेवन अभियान शुरु
ADVERTISEMENT

डुडुवा (बाँके), १ फागुन । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम १३औं आम औषधी सेवन अभियान यस वर्ष शुरु भएको छ । अभियान सफल बनाउनका लागि बाँके डुडुवा गाउँपालिकाले आज सोमबार पालिकास्तरिय योजना तर्जुमा गोष्ठी गरेको छ ।
कार्यक्रममा यस वर्ष डुडुवामा शतप्रतिशत मानिसलाई औषधी सेवन गराउन समुदायमा सचेतना, गाउँका अगुवाहरुको उपस्थित, जनशक्ति परिचालन, औषधी खुवाउने समयको निधारर्ण, अनुगमनको कार्यलाई प्रभावकारी बनाउने विशेष रणनिति निमार्ण गरिएको हो । औषधी सेवन कार्यक्रमलाई सफल बनाउन निमार्ण गरिएको रणनिति अनुसार कार्ययोजनालाई कार्यन्वयन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डुडुवामा यही फागुन ११ गतेदेखि अभियान संचालन गर्न लागिएको हो । 

करिब एक हप्तासम्म संचालन गरिने उक्त अभियानमा ६५ जना स्वास्थ्यकर्मी, ५९ जनामहिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरिने छ । उचाईका आधारमा आइभर मेट्रिन, डिसी र अल्वेन्डाजोल नामक औषधी खुवाउने शाखा प्रमुख बुढाले बताउनुभयो । 
ग्रामिण क्षेत्रमा अशिक्षाका कारण अधिकांस नागरिकले औषधी सेवन नगरेका कारण लक्ष्य हासिल गर्न नसकिएको हो । गतवर्ष डुडुवामा ७८ प्रतिशत नागरिकले मात्र औषधी सेवन गरेका थिए । यस वर्ष औषधी सेवनका लागि जनप्रतिनिधी, दलका प्रतिनिधी, समुदायका अगुवा, लगायतले विशेष भुमिका खेल्ने जोड दिइएको छ । 

डुडुवामा गर्भवती र सुत्करीबाहेक ४१ हजार जनसंख्यालाई औषधी खुवाउने लक्ष्य लिएको स्वास्थ्य शाखा सहसंयोजक बीरेन्द्र घलेले बताउनुभयो । उहाँका अनुसार दुई वर्षभन्दा माथीमा मानिसलाई यो औषधी खुवाइनेछ । 

कार्यक्रममा वडाध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य शिवकुमार जायसवाल स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन दुर्गा गौतम, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेल, विभिन्न शाखाका प्रमुख, शिक्षक, स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो । 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…