Pairabi logo

माघ १३, २०८२, सोमबार                    

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु

डेक्स

डेक्स

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु भएको छ ।  भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई  प्राथमिकतामा  राखेर काम भइरहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।  
कोहलपुर नगरपालिकाको वडा नम्बर–१२, १० लगायत वडामा अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन समेत नापजाँच गरिने वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी बताउनुभयो ।  वडा नम्बर–१२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको १ हजार ६८० कित्ता जग्गा रहेको शाहले उल्लेख गर्नुभयो । 
यसअघि लुटबहादुर रावत नगरप्रमुख हुँदा वडा नम्बर–१ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो । वडा नम्बर–१ मा एक हजार ५६६ कित्ता नापजाँच भएको थियो । यस्तै वडा नम्बर–२ मा मुक्तिनगर, शक्तिनगर र बिकास नगरको १ हजार ७३० कित्ता नापजाँच भएको थियो । 
वडा नम्बर–२ मा मात्रै अहिले एक हजार ८४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । वडा नम्बर–२ मा ऐलानी जग्गा नापजाँचको काम आज पूरा भएको छ । ‘हामी निर्वाचित भएर आएपछि भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने गरि ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पार्ने योजनामा थियौं’ नगरप्रमुख पूर्ण प्रसाद आचार्यले भन्नुभयो । अबको केही  महिनामा नापजाँचको काम सक्ने गरि आफुहरु लागेको नगर प्रमुख आचार्यले बताउनुभयो । कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक वडा नम्बर–१२ का वडा अध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोलि खटिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोहलपुर नगरपालिकाबाट ९ जना, भूमि आयोगबाट ६ जना र जिल्ला नापी कार्यालयबाट टोलि प्रमुखसहित ६ जना गरी २१ जना अमिनको टोलि खटिएको छ । ‘जमिन भएका, तर वर्षौँदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ ।  उहाँले भन्नुभयो । कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार रहेका छन । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …