Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

विपदको जोखिम हटाउन प्रतिकार्य योजना निर्माण

डेक्स

डेक्स

विपदको जोखिम हटाउन प्रतिकार्य योजना निर्माण
ADVERTISEMENT

नेपालगञ्ज, ८ पुस ।  नेपालगञ्ज उपमहानगरपालिका र आसपासका शहरी क्षेत्रमा भूकम्पीय विपदको पूर्व तयारी तथा प्रतिकार्यको लागि स्थानीत तह लगायतका सरोकार भएका संस्थाले योजना निर्माणमा जोड दिएका छन । उनीहरुले प्रतिकार्य योजना निर्माण गर्दै विपदका सबै समस्यलाई सम्वोधन हुने गरी योजना आवश्यक भएको बताए । 
बाँके जिल्ला भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययन अुनसार नेपालमा विगतमा ४८५ बर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकोले त्यसको जोखिममा पश्चिम क्षेत्र रहेको भूकम्पीय विपद तथा पूर्व तयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बमले जानकारी दिनुभयो । 
उक्त अध्ययन अनुसार रुकुम क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका २१८ घर पूर्ण रुपमा क्षति हुने आंकलन गरिएको छ । पश्चिमको कुनै पनि क्षेत्रमा ८.६ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका तीन हजार घरमा क्षति पुग्न सक्ने प्रक्षेपण गरिएको नेपाल रेडक्रसद्धारा सञ्चालनमा रहेको शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) का परामर्शदाता बमले बाउनुभयो । उमपहानगरपालिकामा मात्रै ११ हजार ८०० बढी मानिस विपदको जोखिममा रहेको  बताइएको छ । यसबाट सबैभन्दा वढी जेष्ठ नागरिक, बालवालिका, अशक्त प्रभावित हुने छन ।  
जेखिम हटाउन उपमहानगरपालिकामा पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण अन्तिम चरणमा रहेको छ । यस अघि विभिन्न आठ कलष्टर बनाएर छलफल गरिएको र मस्यौदालाई टुंगोमा पु¥याउने प्रयास भएको परियोजनाका अधिकृत शिव सुुुुुुुुुुुुुुुुुुुुुुुवेदीले जानकारी दिनुभयो । 
नेपाल रेडकस सोसाइटी, नेपालगञ्जका सभापति गोर्बद्धनसिंह सम्झनाले भूम्पीय जोखिम लगायतका विपदको सामाना गर्न स्थानीय सरकारको छुट्टै योजना हुनुपर्नेमा जोड दिनुभयो । 
भूकम्पको जोखिम भएकाले त्यसको प्रतिकार्य योजना बनाउन  सबै क्षेत्रबाट सुझाव लिइएको परियोजनाका व्यवस्थापन तथा सूचना अधिकृत रुपण ज्ञवालीले जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले विपद जोखिम व्यवस्थापन र न्युनिकरणको विषय स्थानीय सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्नुभयो । 
यस अघि शहरी विपद तथा भुकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले परियोजना अन्र्तगत नेपालगञ्जका संकाटासन्न क्षेत्रहरुको जिआइएस म्यापिङ गरेको छ । परियोजना उमपहानगरपाकिाको वडा नं ३ र ७ मा रहेको छ । 
सुझाव संकलनका लागि केही महिनायादेखि विभिन्न कलष्टरमा छलफल भइरहेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाको कार्यशाला दुई दिनसम्म चलेको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…