Pairabi logo

चैत २९, २०८२, आइतबार                    

अभियन्ता लक्ष्मीको परिवर्तित यात्रा

डेक्स

डेक्स

अभियन्ता लक्ष्मीको परिवर्तित यात्रा
ADVERTISEMENT

नेपालगन्ज । नेपालमा स्थापना भएका राजनितिक दलका जिल्ला सभापति तथा संयोजकमा अधिकास पुरुषहरुकै सहभागिता हुने गर्दछ । हाम्रो समाजमा पितृ सोचका कारण अझै पनि महिलाहरुलाई नेतृत्व तहमा बस्न दिएको पाइन्दैन । समाबेशी कोटाका कारण मात्रै केही महिलाहरु अवसरका रुपमा सहभागी हुने अवसर पाउने गर्दछन । समाबेशी अवधारणाले अहिले पछिल्लो समय महिलालगायतका वर्गहरुको सहभागिता बढन थालेको छ । 
बाँके जिल्लामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बाँके जिल्ला सभापतिमा नेपालगन्जका सामाजिक अभियन्ता नेतृ लक्ष्मी तिवारीले लिनुभयो । उहाँले नेतृत्व लिइरहदा सो पदलाई छोड्नका लागि विभिन्न जाल झेल, अप्ठ्याराको सामाना गर्नुपरेको पिडा उहाँले सुनाउनुभयो । एउटा पार्टीको जिल्ला नेतृत्व गर्दा बखत महिलाले नसक्ने, समय दिन नसक्ने, बाहिर जान समस्या हुने जस्ता विभिन्न समस्या देखाएर सो जिम्मेवारीबाट पन्छयाउन निकै प्रयास गरियो तर एउटा महिलाले के गर्न सक्दैन अवसरको खाँचो रहेको उहाँ बताउनुहुन्छ । 
अहिले उहाँ बाँके जिल्लामा रहेका राजनितिक दलहरुमध्ये प्रमुखको जिम्मेवारीमा रहेको एक्लो महिला हुनुहुन्छ । त्यसमा पनि पछिल्लो समय जनताहरुको उत्साह बटुलेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको । सो पार्टीको उहाँ जिल्ला सभापति महिला हुन् ।

उहाँ अहिले प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिक उम्मेदवार हुनुहुन्थ्यो । अहिले समानुपातिकतर्फ उहाँको नाम समेत सिफारिस भैसकेको छ । राजनीतिमा आउनुअघि लक्ष्मीको परिचय सूचना अभियन्ताको रुपमा सामाजिक सेवासंगै अधिकारकर्मी नेतृको रुपमा काम गर्दै आउनुभएको थियो । 
उहाँले आफ्ना अभियान तथा कार्यहरु नेपालगन्जमा सूचनाको हकको क्षेत्रमा सक्रिय संस्थाको रुपमा रहेको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रमार्फत अघि बढाउदै आउनुभएको थियो । संस्थामार्फत उहाँले पिडितका अवाजलाई उठाउने र वकालत गर्नुका साथै सुशासन र भ्रष्टाचारविरुद्ध खरो अभियानमा लागेको महिला हुनुहुन्छ । 


संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले अभियानमुलक संस्थामा आबद्ध लक्ष्मीले सार्वजनिक सरोकारको सवाल उठाउनुहुन्थ्यो अनि हामीले पनि साथ दिन्थ्यो । उहाँले भन्नुभयो –“हाम्रो संस्था अभियानमुलक संस्था हो, यो संस्थालाई पत्रकार, वकिल र अभियानकर्ताले जन्माएको हो, त्यसैले सार्वजनिक सरोकारका सवालमा वकालत गर्ने एउटा प्लेटफर्मको रुपमा लिएका छौ ।” लक्ष्मी जीको सफलता भनेको एउटा उदाहरण हो, अहिलेको परिवर्तन युगमा भारत दिल्लीका पुर्व मुख्यमन्त्री अरविन्द केजरीवालको एउटा सूचना अभियन्ताको एक उदाहरण लिन सकिन्छ । 
तिवारीले कानुनअनुसार नागरिकता नपाएर समस्यामा परेकाहरुलाई साथ दिएर उनीहरुलाई नागरिकता दिलाउने, विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता गराउन, लैगिंक हिंसा तथा बलात्कार, दुव्र्यहारमा परेका महिला तथा किशोरीहरुलाई न्याय दिलाउन भूमिका खेल्दै आउनुभएको छ । 
यसका साथै राजनीति र राज्यको वेवास्ता एवं अकर्मण्यताका कारण नागरिकले भोग्नुपरेका समस्यालाई उहाँले नजिकबाट नियाल्दै आएनुभएको थियो । अन्ततः उहाँ राजनीतिमा सक्रिया हुने निधोमा पुग्नुभयो । ‘हामीले गर्दै आएको काम गर्ने र भोग्दै आएका समस्याहरु समाधान गर्ने गरी मैले राजनीतिमा औपचारिक रुपमा सक्रिय भएको उहाँ बताउनुहुन्छ । 
२०३१ साल भदौ २४ गते बाँके जिल्ला नरैनापर क्षेत्रको भगवानपुरमा जन्मिनभएकी लक्ष्मी तिवारीका पिता वरिष्ठ अधिबक्ता इन्द्रजित तिवारी नेपालगन्जका प्रतिष्ठित वकिल हुनुहुन्छ भने उहाँ दाई अधिबक्ता विश्वजित तिवारी पनि कानून र अधिकारका क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गर्दै आउनुभएको छ । 


इन्द्रजित र तारा तिवारीका पाँच छोरी र एक छोरा मध्येकी दोस्रो सन्तानको रुपमा हुनुहुन्छ लक्ष्मी तिवारी । उहाँको समयमा मधेसी समाजमा छोरीलाई पढाउने चलन बिरलै थियो । पढाउने अभिभावक र पढ्ने छोरीहरूले समाजको टोकेसो र रुढ धारणा सृजित कुराहरू सहनु पर्थ्यो । त्यस्तो अवस्थामा पनि लक्ष्मी तिवरीले पढ्न पाउनुभयो । उहाँले पढ्न पाउनुमा आमाको ठुलो हात रहेको उहाँ सम्झिनुहुन्छ । 

समाजले के भन्ला ? कसो होला भन्ने अन्यौल रहेको बेला उहाँकी आमाले छोरीलाई पनि बढाउनुपर्छ भन्ने अडान लिनुभयो । श्रीमानलाई छोरीलाई नेपालगन्जमा राखेर पढाउन दवाब दिनुभयो । फलस्वरुप लक्ष्मीसहित उहाँका सबै बहिनी र दाजुले पढ्न पाए । महेन्द्र माविबाट एसएसली पास गर्नुभएकी लक्ष्मीले भारतबाट समाजशास्त्रमा स्नातकोत्तर शिक्षा हासिल गर्नुभएको छ ।

उहाँका श्रीमान् रविन्द्र कुमार ज्ञवाली पनि सूचना अभियन्ताकै रुपमा कार्य गर्दै आउनुभएका छ । श्रीमतीलाई अगाडी बढाउनमा उहाँको विशेष भुमिका रहेको छ । परासी घर भएका ज्ञवाली उहाँका लागि आफ्नो घरबार समेत छाडेर नेपालगन्जमै बसेर साथ र सहयोग गर्दै आउनुभएको छ । सामाजिक सेवाको अभियानमा रहनुभएका ज्ञवाली र तिवारीको जोडा समेत खुबै जमेको छ । 

जीविकोपार्जनका लागि शुरुमा लक्ष्मीले स्टेशनरी व्यवसाय सन्चालन लगायतका विभिन्न व्यवसायहरु गर्नुभयो । फेसन डिजाइनरको तालिम लिएर अरुलाई तालिम दिनुभयो । उहाँ महिला उद्यमी संघमा ९ वर्षसम्म महासचिव पदमा रहेर महिला उद्यमीहरुका समस्या र उनीहरुका आकांक्षाहरु बुझ्ने अवसर पाउनुभयो । उहाँ एमनेष्टी इन्टरनेश्नलको ग्रुप ६२ को सभापति हुँदै केन्द्रिय सदस्य समेत रहेर काम गर्नुभयो । फातिमा फाउण्डेसन र बाँके युनेस्कोको संस्थापक सदस्यसमेत रहनुभएकी उहाँ आफूलाई बाँकेको समाजलाई राम्ररी बुझेको व्यक्तिका रुपमा अथ्र्याउँनुभएको छ । 

दुई सन्तानकी आमा रहनुभएका उहाँ सानैदेखि नै गरिब तथा दुःखीहरुप्रति सेवाभाव रहेको बताउँनुहुन्छ । त्यही सेवाभावबाट पे्ररित भएर उहाँले सरकारी प्रक्रियाका कारण समस्यामा परेका र विदेशमा अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्ने गर्नुका साथै आफूमा चुनौती स्वीकार गर्ने बानी रहेको बताउनुहुन्छ । 

रवि लामिछानेसँग उहाँको सम्बन्ध एक दर्शकका रुपमा सुरु भएको हो । आफूहरुले गर्दै आएको काम र भोग्दै आएका समस्यालाई टेलिभिजनमार्फत उठाउन थालेपछि लामिछानेबाट आफू प्रभावित भएको उहाँले बताउनुभयो । जब रवीले पार्टीको घोषणा गर्नुभयो त्यसको भोलीपल्टै उहाँले फोन सम्पर्क गर्नुभयो र आफू साथमा रहेको बताउनुभयो । साउनमा नेपालगन्जमा पार्टीको आमभेला आयोजना गरियो । उक्त भेलामा हजारौँ मानिसहरु सहभागी भए । पार्टीको नेतृत्वका लागि आकांक्षीहरु पनि थुप्रै देखिए । त्यसमध्येकी एक हुन लक्ष्मी ।

पार्टीको नेतृत्व छान्ने क्रममा एकजनाले महिला भएर तपाईंलाई बाहिर हिडडुलन गर्न गाह्रो हुन्छ भनेर पन्छाउन खोजे । त्यसपछि लक्ष्मीले भन्नुभयो, ‘मलाई त्यति कमजोर महिला नठान्नुस् । म उहिल्यै एक्लै नेपालगन्जबाट बुटवल पुगेर सामाजिक काम र व्यक्तिगत काम गरेकी मान्छे हुँ । म तपाईंहरुभन्दा कुनै हालतमा पनि कमजोर छैन ।’ करिब पाँच छ घण्टाको रस्साकस्सीपछि लक्ष्मी सर्वसम्मतरुपमा पार्टीको बाँके जिल्ला सभापति चुनिनुभयो । 

सभापति चुनिएपछि उहाँले जिल्लामा पार्टीको संगठन बिस्तारलाई तीव्रता दिनुभयो । अहिले जिल्लाका सबै स्थानीय तहमा पार्टीको संगठन बिस्तार भइसकेको छ । लक्ष्मीले राष्ट्रिय स्वतन्त्र पार्टीमा जनताको आकर्षण हुनुका पछाडि पार्टीले अंगालेको जनजीविकाका सवाल, भष्टाचारविरुद्ध शून्य सहनशिलता, सुशासन, नीतीमा स्पष्टता, इमान्दारिता र जवाफदेहिताका मुद्धाहरु कारण रहेको उहाँको बुझाई छ । 
यसपटक बाँकेमा घण्टी चुनाव चिन्हले अत्याधिक मायाको उहाँको बुझाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई जिताउन उहाँ दिनरात खटिनुभयो । बाँकेका ३ क्षेत्रमा कुनैपनि उम्मेदवारले विजयी हासिल नगरेपनि जनताको मत जितेको उहाँ बताउनुहुन्छ । समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य भैसकेपछि अब उहाँको काम गराई पछि केही परिवर्तन अवश्य देख्न सकिने विश्वास लिइएको छ । 
 

ताजा

सबै

कानूनी सहायता समितिमार्फत दुई सय तीन मुद्धामा निःशुल्क सेवा

बाँके, २८ चैत : बाँकेमा कानूनी सहायता समितिले निशुल्क कानूनी सेवा उपलब्ध गराएकोछ …

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…

वेष्ट जोन इङ्लिस मिडीयम हाईस्कुलको २६ औं वार्षिकोत्सव

नेपालगन्ज २८ चैतः नेपालगन्ज उपमहानगरपालिका वडा नं १३ स्थित वेष्ट जोन इङ्लिस मिडीयम ह…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…

लोकप्रिय

सबै

डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

डुडुवा (बाँके), २५ चैत । डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालन…

डुडुवामा कृषि विद्यालय भवन निमार्ण हुदै

डुडुवा (बाँके) २४ चैत । डुडुवा गाउँपालिकाले वार्ड नं. १ र २ अन्र्तगत रामनगर पाझा क्…

वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्नेमा युवाको जोड

बर्दिया २५ चैत । सपना सजाइली, योजना बनाइली, पैसा कमाइली भन्ने उद्यमशीलताको एक शक्ति…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…

यो पनि

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्…

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण …

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

काठमाडौँ, २ वैशाख: बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा…

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

नेपालगन्ज, ५ माघः नेपालगञ्ज१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । …