Pairabi logo

भदौ २३, २०८३, मंगलबार                    

डुडुवाको गाउँसभा नबस्दा कर्मचारीले तलब र जनताले सेवा पाएनन्

डेक्स

डेक्स

डुडुवाको गाउँसभा नबस्दा कर्मचारीले तलब र जनताले सेवा पाएनन्
ADVERTISEMENT

नेपालगन्ज २१ मङ्सिर । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सेवा ठप्प भएको छ भने कर्मचारीहरूले तलब भत्तासमेत पाउन सकेका छैनन् । 

चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कर्मचारीले खान पाएका छैनन् भने अन्य सबै विषयगत सेवाहरूसमेत प्रभावित भएको छ । अहिले स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन भने प्रयोगशाला, स्वास्थ्य सेवा, पशु, कृषि लगायतका सेवा प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । 

कर्मचारीले तलब नपाउँदा उनीहरूको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन नसक्दा समस्या भएको बेतहनी स्वास्थ्य चौकीका प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक विवादको मारमा हामी परेका छौँ, हाम्रो काम भनेको सेवा दिने हो, अहिले घरखर्च धान्न समस्या छ, तर जनप्रतिनिधीहरूले यो समस्या बुझ्नु भएको छैन ।” 
    
समयमा गाउँसभा नहुँदा सङ्घीय र प्रदेशसरकारबाट प्राप्त ससर्त, विशेष अनुदान र समपूरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि ‘फ्रिज’ हुने सम्भावनासमेत बढेको छ । विकास निमार्णसँगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको बोलपत्र प्रक्रिया अवरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ ।

पालिकाले सञ्चालन गरेको राष्ट्रियस्तरको कार्यक्रमअन्तर्गत घरघरमा पशु सेवा बन्द भएपछि निःशुल्क उपचार सेवा नपाएर चालु आर्थिक वर्षको हालसम्म करिब पाँचसय बढी चौपाया मरेको गाउँपालिका पशु शाखाका कर्मचारी रक्षाराम यादवले बताउनुभयो । उहाँका अनुसार पशु सेवाअन्तर्गत घरघरमा प्रदान गरिने सेवाका लागि औषधि, ल्याब केमिकल नभएपछि सेवा दिन सकिएको छैन । 

यसैगरी कर्मचारीहरूले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका छन् । स्थानीय तहको निर्वाचनपछि नयाँ आव २०७९/८० को गाउँसभा नबस्दा बजेट पारित नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरू आक्रोशित बनेका छन् । गाउँपालिका स्वास्थ्य शाखाअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीले तत्काल तलब भत्ताको माग गर्दै गत आइतबार गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् ।

स्वास्थ्य कर्मचारीका तर्फबाट स्वास्थ्य शाखाप्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभा सदस्य–सचिव कृष्णप्रसाद पौडेललाई यही मङ्सिर २२ गतेदेखि चरणबद्ध दबाबका कार्यक्रमसँगै ज्ञापनपत्र बुझाउनुभयो । केही दिनअघि शिक्षकहरूले पनि ध्यानाकर्षण गराएको थियो । नेपाल शिक्षक महासङ्घ बाँकेले शिक्षक तथा विद्यालय कर्मचारीहरूको तलब भत्ता तथा छात्रवृत्ति, दिवा खाजाजस्ता नियमित बजेट विद्यालयमा  श्रावणदेखि नै निकासा नहुँदा शिक्षक तथा विद्यालय कर्मचारीले तलब नपाएको र विद्यालयका दैनिक कामकाजहरूमा कठिनाइ भएकाले सोको पहलका लागि आग्रह गरेको छ । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरूले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “विपक्षीहरूले गाउँपालिकालाई बन्धक बनाएका छन्, निकास नदिँदा अहिले उपचार नपाएर पशुपन्छी मरिरहेका छन्, स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन, कर्मचारीले तलब भत्ता पाएका छैनन्, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन् ।” अध्यक्ष चौधरीले जनताबाट निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको समग्र हित र विकासका लागि मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा व्यक्तिगत र दलीय स्वार्थबाट प्रेरित भएको आरोप लगाउनुभयो ।

विपक्षी दलका नेकपा एमालेका डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले गाउँपालिकामा आफूहरूको बहुमत भएकाले हाम्रा एजेन्डालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गर्नुभयो । उहाँले पालिकामा कार्यरत करार सेवाका कर्मचारीको व्यवस्थापन, केही ऐन र कानुन संशोधनको प्रक्रिया गरेमा मात्र सहमति गर्ने बताउनुभयो । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसका रहेको र कूल छवटा वडामा एक वडामा नेपाली कांग्रेस, तीन वडामा जनता समाजवादी पार्टी (जसपा) र दुई वडामा नेकपा (एमाले) विजयी भएको थियो । जसपा र एमालेको बहुमतमा कार्यपालिका गठन गरिएको थियो । 
 

ताजा

सबै

भोटेकोशी बाढीः एक हजार ३५६ शव फेला

काठमाडौँ, २२ भदौः रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फ…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …

लोकप्रिय

सबै

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रध…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…