Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

“किशोर”को संघर्षपुर्ण विद्यार्थीदेखिको राजनितिक यात्रा

डेक्स

डेक्स

“किशोर”को संघर्षपुर्ण विद्यार्थीदेखिको राजनितिक यात्रा
ADVERTISEMENT

नेपालगन्ज ८ मङ्सिर । कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिनुभएका किशोरसिंह राठौरको शिक्षा र पालनपोषण बाल्यकालदेखि नै काठमाडौंमा भयो । काठमाडौंमा पढ्न जानु नै उहाँका लागि विद्यार्थी राजनीतिको खुड्किला चढ्ने आधार बन्यो । उहाँ नेपाली काँग्रेसको सह–महामन्त्रीको पदमापुग्न सफल हुनुभयो । 

अहिले उहाँ बाँके निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । वाम गठबन्धका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताउनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा (एमाले)का उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार दुई सय ४७ मत प्राप्त गर्नुभएको छ । 

यसअघि उहाँ समानुपातिकतर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिसक्नुभएको छ । उहाँ यो ठाउँसम्म सजिलै पुग्नुभएको होइन । ‘अनेक थरी उतार चढाव भोग्नु पर्यो । सोचेजस्तो सधैं कहाँ हुन्छ र ?, आफ्ना बारे किशोर भन्नुहुन्छ, ‘साढे तीन दशक निरन्तर लागेर बल्ल अहिलेको ठाउँ बनाउन सकेको छु ।’
   
वि.सं. २०२६ बैशाख १५ गते सल्यान, बडागाउँमा जमिनुभएका किशोरले गाउँमा प्रारम्भिक शिक्षालिएर माध्यमिक तहसम्मको शिक्षा भने काठमाडौंस्थित सिद्धार्थ वनस्थलीमा पुरा गर्नुभएको थियो । सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएका उहाँलाई उच्च शिक्षा अध्ययनका लागि काठमाडौंस्थित त्रिचन्द्र कलेजमा भर्ना भएपछि विद्यार्थी राजनीतिको नसाले छोयो । 
     
वि.सं. ‘२०४१ साल तिर क्याम्पसमा पढ्दा पढ्दै म नेविसंघको राजनीतिमा लागेको हुँ,’ उहाँले भन्नुभयो । त्रिचन्द्रबाट स्नातक तह उत्तीर्ण गर्नुभएका किशोर २०४९ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिवमा निर्वाचित हुनुभयो । २०५१ सालमा सोही कलेजको स्ववियु सभापतिको जिम्मेवारीमा पुग्नुभएका उहाँ २०५२ सालमा स्वतन्त्र विद्यार्थी युनियनहरुको छाता संगठन स्ववियु फोरमको संस्थापक सभापति समेत हुनुभयो । त्यसलगतै २०५३ सालमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सह–महामन्त्री र २०५८ सालमा नेविसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएर उहाँले संगठनको नेतृत्व सम्हाल्नुभयो । त्यतिबेला नेपाली काँग्रेसका नेता सुशील कोइराला बाँके क्षेत्र नं. २ लाई केन्द्र विन्दुमा राखी राजनीति गरिरहनुभएको थियो । 
    
आफ्नो घर नेपालगञ्ज ६ फुल्टेक्रामा भएपनि बर्दियाको राजापुर क्षेत्रलाई राजनीति गर्ने केन्द्र बनाउने मन्सुबा राख्दै राठौरले २०५८ तिर त्यता सक्रिय हुनुभयो । ‘नेविसंघमा रहँदासम्म पार्टीको राजनीति गर्नु मैले उपयुक्त ठानिनँ,’ उहाँले भन्नुभयो ‘एक जनाले एउटामात्र पद लिनुपर्छ भन्ने मान्यता राख्ने नेता हुँ म । तर, बर्दियामा कांग्रेस सुदृढ गर्न भने लागि नै रहेँ ।’ 

नेविसंघको नेतृत्व हस्तान्तरण गरिसकेपछि काँग्रेस पार्टीको राजनीतिमा पूरै होमिनुभएका राठौरका निम्ति बर्दियामा संगठन निर्माण गर्नु निकै चुनौतिपूर्ण थियो । सरकार–माओवादी द्वन्द्वकालको त्यस बेला ‘मिनी रोल्पा’ भनेर चिनिने राजापुरमा कांग्रेसले सांगठनिक काम गर्न सक्ने अवस्था सहज थिएन । त्यसबेला राजापुर क्षेत्रमै बसेर पार्टीको संगठनलाई चलायमान बनाउन उहाँको प्रयत्नशील रहयो । 

जुझारु र कुशल संगठनकर्ताको रुपमा आफुलाई चिनाउन सफल हुनुभएका उहाँ नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । द्वन्द्वरत माओवादी शान्ति प्रक्रियामा आईसकेपछि २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन भयो । काँग्रेसले उहाँलाई समानुपातिक उम्मेदवार बनायो । 

पहिलो संविधानसभाबाट संविधान जारी हुन नसकेपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ नै उम्मेदवार बनाउँदा राठौरका निम्ति परिणाम प्रतिकूल रह्यो । २०७४ सालको निर्वाचनमा काँग्रेसको समानुपातिक सांसदमा चयन हुनुभएका राठौरले बर्दियासँगै बाँकेको विकास–निर्माण गतिविधि र पार्टी संगठनका विषयमा चासो लिंदै आवश्यक भूमिका गरिरहनुभयो । 

गतवर्ष सम्पन्न पार्टीको १४औं महाधिवेशनबाट सह–महामन्त्री पदमा निर्वाचित राठौरलाई अहिलेको आमनिर्वाचनमा नेपाली काँग्रेसले बाँके क्षेत्र नं. ३ बाट अवसर प्रदान गरेको हो । राठौरको विजयीबाट बाँकेलाई अभिभावक मिलेको महसुस गरिरहेका स्थानीय अझ बढी उत्साहित देखिएका छन् ।  

उहाँले भन्नुभयो, ‘पुख्र्यौली घर सल्यान भएपनि बुवाले ६० वर्ष अगाडी नेपालगन्जको फुलटेक्रामा र ४० वर्षअघि काठमाडौंमा घर बनाउनु भएको थियो, ‘म बाँकेबासी भएपनि बर्दियामा राजनीति गर्न जानु बाध्यात्मक अवस्था थियो, पैसा कमाउन खोजेको भए पुख्र्यौली सम्पत्तिले ब्यापार व्यवसाय गर्थें होला । तर, सेवा गर्ने भावनाले उत्प्रेरित भएर स्वेच्छाले राजनीति तर्फ डोरिएँ ।’

व्यक्तिगत केही स्वार्थ भन्दापनि मुलुक र जनताका लागि आफुले राजनीति गरेको खरो विचारधाराका उहाँ अहिले सोचेजस्तो राजनीति नभइरहेको सुनाउनुहुन्छ । ‘राजनीति भनेको प्राप्त गर्ने कुरा जस्तोमात्र भएको देखिएको छ, ‘उहाँ भन्नुहुन्छ, राजनीति त एक किसिमको सामाजिक सेवा हो भन्ने मान्यता स्थापित हुनुपर्ने थियो ।’

बाँकेबासीले आफुबाट ठुलो अपेक्षा गरेको उहाँको बुझाइ छ । ‘म बाँकेबासी भएपनि सुशील दाई र मेरो एउटै क्षेत्र पर्ने भएपछि त्यतिबेला राजनीति गर्न बर्दियाको राजापुर क्षेत्रतर्फ गएको हुँ, अहिले गठबन्धन गर्ने क्रममा माओवादीलाई त्यो क्षेत्र छाड्नुपर्ने भएपछि बाँकेको क्षेत्र नं. ३ बाट पार्टीले अवसर दिएकोले एक संयोग नै भन्छु कि म आफ्नै जिल्लामा आएको छु,’ र अहिले निर्वाचित हुदा खुशी लागेको छ, उहाँको भनाई छ । 

उहाँल भन्नुभयो ‘अब यही जिल्लाबाट निर्माण विकासका काम गर्ने सोच बनाएको छु, सुशील दाईको अभाव साथीहरुलाई महसुस नहुने गरि अब बाँके जिल्लाको लागि अभिभावकीय भूमिका निभाउँछु, सुशील दाईको सपना सिक्टा सिँचाइ आयोजना, भेरी बबई डाईभर्सन जस्ता ठुला योजनालाई अगाडी बढाउने र परम्परागत भन्दा निर्माण–विकासतर्फ केही नयाँ गरि देखाउने अठोट लिएको छु ।’
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

रुपनी जिएम नेपालगञ्ज १५ भदौ :छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा …

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्…

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण …

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

काठमाडौँ, २ वैशाख: बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा…