Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

‘ह्यारीकी प्यारी’को रिलिज मिति घोषणा

डेक्स

डेक्स

‘ह्यारीकी प्यारी’को रिलिज मिति घोषणा
ADVERTISEMENT

 काठमाडौं  मसिंर २ । साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी की प्यारी’ यही मंसिर २० गते रिलिज हुने भएको छ । निर्माताले शुक्रबार फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।

यसअघि ‘ह्यारीकी प्यारी’ कात्तिकमा रिलिज हुने भनिएको थियो तर प्राविधिक कार्य नसकिएको भन्दै निर्माताले नयाँ मिति तय गरेका हुन् । शुक्रबार साम्राज्ञीको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको हो । शुक्रबार साम्राज्ञी आफ्नो २७ औं जन्मदिन मनाउँदैछिन् ।

सार्वजनिक पोस्टरमा बाकसमाथि उभिएका जितु र साम्राज्ञीलाई रिवनले बाँधिएको छ । साम्राज्ञीको अगाडि लेडिज ब्याग र बुके राखिएको छ । हास्य कथावस्तुमा निर्माण भएको अर्को पोस्टरमा जितुले साइकल चलाएका छन् भने साम्राज्ञीले माइकिङ गरिरहेकी छन् । तेस्रो पोस्टरमा उनीहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

बीआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौड्याल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी र डिल्लीराम खनालको पनि अभिनय छ । अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।

फिल्ममा कथा र निर्देशन कपिल रिजालको छ । पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । दन्त चिकित्सक रिजालको यो डेब्यु निर्देशन हो ।स्रोत ः अनलाइनखबर

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…