Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

प्रेमिका सबा आजादसँगै ऋतिक

डेक्स

डेक्स

प्रेमिका सबा आजादसँगै ऋतिक
ADVERTISEMENT

काठमाडौं , २ मंसिर । बलिउड अभिनेता ऋतिक रोशन र प्रेमिका सबा आजादले रिलेसनसिपलाई एक कदम अघि बढाउने निर्णय गरेका छन् । प्रायः बाहिर र मुम्बईमा पनि सँगै भेटिने उनीहरु कार्यक्रममा पनि सँगै उपस्थित हुन्छन् । विवरणअनुसार उनीहरु मुम्बईस्थित मन्नत नामको एक अपार्टमेन्टमा सँगै बस्नेछन् ।

सबा र ऋतिक बस्ने योजनाअनुसार उक्त अपार्टमेन्टको माथिल्लो तला पुननिर्माण भइरहेको छ । तीन तलामा फैलिएको उक्त अपार्टमेन्ट बनाउन ऋतिकले सय करोड भारु खर्च गरेको जनाइएको छ ।

ऋतिकले जुहु–भर्सोवा रोड नजिक मन्नतमा ९७.५० करोडमा अपार्टमेन्ट खरिद गरेका थिए । साबा र ऋतिकको नयाँ घरले अरब सागरको अचम्मको दृश्य प्रस्तुत गर्छ र यो ३८ हजार वर्गफिटमा फैलिएको छ ।

१५ औं र १६ औं तलामा रहेको डुप्लेक्सका लागि ऋतिकले ६७.५० करोड भारु र अर्को अपार्टमेन्टका लागि उनले करिब ३० करोड भारु खर्च गरेको जनाइएको छ ।

रिपोर्टका लागि ऋतिक र सबा लामो समयदेखि सँगै बस्ने योजनामा थिए र छिट्टै सँगै बस्दैछन् । भवनको माथिल्लो तला मर्मत भइरहेको छ र चाँडै उनीहरु त्यहाँ बस्नेछन् । ऋतिक केही समयदेखि सबासँग डेट गरिरहेका छन् । ऋतिक परिवारसँग सँगै दिवाली मनाउने क्रममा पनि उनीहरु सँगै थिए । ऋतिकले यसअघि इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरेका थिए । सन् २०१४ मा ऋतिक र सुजैनबीच डिभोर्स भएको थियो ।

ऋतिक पछिल्लो समय फिल्म विक्रम वेधामा देखिएका थिए । उनी अहिले सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा दीपिका पादुकोण र अनिल कपुरसँग देखिंदैछन् । स्रोत : अनलाइनखबर  

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…