Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

प्रेमिका सबा आजादसँगै ऋतिक

डेक्स

डेक्स

प्रेमिका सबा आजादसँगै ऋतिक
ADVERTISEMENT

काठमाडौं , २ मंसिर । बलिउड अभिनेता ऋतिक रोशन र प्रेमिका सबा आजादले रिलेसनसिपलाई एक कदम अघि बढाउने निर्णय गरेका छन् । प्रायः बाहिर र मुम्बईमा पनि सँगै भेटिने उनीहरु कार्यक्रममा पनि सँगै उपस्थित हुन्छन् । विवरणअनुसार उनीहरु मुम्बईस्थित मन्नत नामको एक अपार्टमेन्टमा सँगै बस्नेछन् ।

सबा र ऋतिक बस्ने योजनाअनुसार उक्त अपार्टमेन्टको माथिल्लो तला पुननिर्माण भइरहेको छ । तीन तलामा फैलिएको उक्त अपार्टमेन्ट बनाउन ऋतिकले सय करोड भारु खर्च गरेको जनाइएको छ ।

ऋतिकले जुहु–भर्सोवा रोड नजिक मन्नतमा ९७.५० करोडमा अपार्टमेन्ट खरिद गरेका थिए । साबा र ऋतिकको नयाँ घरले अरब सागरको अचम्मको दृश्य प्रस्तुत गर्छ र यो ३८ हजार वर्गफिटमा फैलिएको छ ।

१५ औं र १६ औं तलामा रहेको डुप्लेक्सका लागि ऋतिकले ६७.५० करोड भारु र अर्को अपार्टमेन्टका लागि उनले करिब ३० करोड भारु खर्च गरेको जनाइएको छ ।

रिपोर्टका लागि ऋतिक र सबा लामो समयदेखि सँगै बस्ने योजनामा थिए र छिट्टै सँगै बस्दैछन् । भवनको माथिल्लो तला मर्मत भइरहेको छ र चाँडै उनीहरु त्यहाँ बस्नेछन् । ऋतिक केही समयदेखि सबासँग डेट गरिरहेका छन् । ऋतिक परिवारसँग सँगै दिवाली मनाउने क्रममा पनि उनीहरु सँगै थिए । ऋतिकले यसअघि इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरेका थिए । सन् २०१४ मा ऋतिक र सुजैनबीच डिभोर्स भएको थियो ।

ऋतिक पछिल्लो समय फिल्म विक्रम वेधामा देखिएका थिए । उनी अहिले सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा दीपिका पादुकोण र अनिल कपुरसँग देखिंदैछन् । स्रोत : अनलाइनखबर  

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…