Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

ढुक्कका साथ मतदान गर्ने बाताबरण तयार छ

डेक्स

डेक्स

ढुक्कका साथ मतदान गर्ने बाताबरण तयार छ
ADVERTISEMENT

नेपालगन्ज १ मङ्सिर । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वचनलाई स्वच्छ, निश्पक्ष तथा भयरहित बाताबरणका लागि सबैको भुमिका महत्वपुर्ण हुने गर्दछ । 

निर्वाचन सम्पन्न गर्नमा मतदाता, नागरिक समाज, पर्यवेक्षक, प्रहरी, प्रशासन, शिक्षक, अधिकारकर्मी, कानूनव्यवसायी, उद्योगी व्यापारी, पत्रकार, अभियन्तालगायत सबैको मुख्य भुमिका रहने गर्दछ । निर्वाचनलाई व्यवस्थितरुपमा सम्पन्न गर्नका लागि सबै क्षेत्रमा निर्वाचन आचारसंहिता लागु गरिएको छ । उक्त आचारसंहिताको उल्लंघन कोही कसैले पनि गर्नुहुन्दैन । त्यसैले सबैले आ आफनोस्तरबाट त्यसको पालना गरेमा आफै कार्यान्वयन भएको मानिन्छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले मतदातासमक्ष विभिन्न किसिमको डरत्रासपुर्ण बाताबरणमा कसैले पनि कुनै किसिमको सामाजिक सञ्जाललगायत माध्यमबाट प्रचार नगर्न अनुरोध गर्दै भन्नुभयो, “जातिय तथा धार्मिकको विषयलाई जोडेर भ्रमित कुरा गर्न पाइन्दैन, यदि त्यसो गरिएमा कानून बमोजिम कारवाही हुन्छ, ।” 

उहाँले प्राय मतदान केन्द्रहरु साँघुरो भएकाले मतदातहरुलाई मतदानका बेला व्यवस्थित गर्न कठिनाई भएको भन्दै अपांगताभएका, ज्येष्ठनागरिक, बृद्ध असहाय लगायतहरुलाई सुरक्षाकर्मीको सहयोगमा पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । प्रहरी प्रशासनले निर्वाचनमा शान्ति सुरक्षाको बाताबरण मिलाउने भएकाले मतदाताहरु आफै आफनो कर्तव्य र अधिकार बुझेर सही तरिकाले मतदान गर्नुपर्नेमा जोड दिदै प्रजिअ खत्रीले भन्नुभयो, –“निर्वाचनमा मतदातालाई लोभलालच तथा विभिन्न प्रलोभनमा पार्नुहुन्दैन, त्यसो भएमा प्रशासनले तत्काल कारवाही गर्नेछ, निर्वाचनका बेला भारतीय सवारीसाधनको प्रयोग गर्न नपाइने उहाँको भनाई छ । 

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले सिमावर्ती बाँके जिल्लाको शान्ति सुरक्षाको दृष्टिकोणले निकै चुनौतीपुर्ण रुपमा रहेकाले अहिलेसम्म निर्वाचनका बेला शान्ति सुरक्षाको अवस्थामा अलर्ट रहेको भन्दै निर्वाचनका बेला विशेष कार्ययोजना बनाएर लागेको बताउनुभयो । उहाँले जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था मजबुत बनाएको भन्दै कही कतै अपराधिक क्रियाकलाप अबैध कार्य भएको थाहा पाउनेवित्तिकै प्रहरीसमक्ष जानकारी गराउन सबैमा आग्रह गर्नुभयो । 

उहाँले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमहरुबाट गलत सूचना प्रवाहले प्रहरीलाई दुःख भएको भन्दै गलत तथा भ्रममा पार्ने किसिमका सूचनाहरु प्रवाह गर्न नहुने उहाँको जोड थियो । उहाँले भन्नुभयो, “निर्वाचन आफैमा एउटा क्रान्ति हो । हरेक राजनीतिक व्यवस्था परिवर्तन गर्छन् र निर्वाचनले पात्र परिवर्तन गर्छ वा पात्र नविकरण गर्छ । निर्वाचन पात्र नविकरण हुने वा परिवर्तन हुने अवसर हो ।” मतदातालाई मतदान स्थलसम्म पुर्याउन सक्नका लागि निष्पक्ष, भयरहित बनाउन हामी प्रयत्नरत छौं ।”

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालयका प्रमुख द्धवारिका अधिकारीले सबै मतदाताहरुले आफ्नो कर्तव्य र अधिकारको प्रयोग गरि निर्वाचन पर्वमा सहभागि बन्नपर्ने भन्दै विद्यमान कानूनको पालना जो कोहीलाई लागु हुने बताउनुभयो । चुनावका बेला मानवअधिकारकर्मीहरुको भुमिका निकै महत्वपुर्ण रहेकाले निश्पक्ष र तटस्थरुपमा निर्वाचन अनुगमन गर्नुपर्ने उहाँको भनाई थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…