Pairabi logo

चैत २६, २०८१, मंगलबार                    

ढुक्कका साथ मतदान गर्ने बाताबरण तयार छ

डेक्स

डेक्स

ढुक्कका साथ मतदान गर्ने बाताबरण तयार छ
ADVERTISEMENT

नेपालगन्ज १ मङ्सिर । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वचनलाई स्वच्छ, निश्पक्ष तथा भयरहित बाताबरणका लागि सबैको भुमिका महत्वपुर्ण हुने गर्दछ । 

निर्वाचन सम्पन्न गर्नमा मतदाता, नागरिक समाज, पर्यवेक्षक, प्रहरी, प्रशासन, शिक्षक, अधिकारकर्मी, कानूनव्यवसायी, उद्योगी व्यापारी, पत्रकार, अभियन्तालगायत सबैको मुख्य भुमिका रहने गर्दछ । निर्वाचनलाई व्यवस्थितरुपमा सम्पन्न गर्नका लागि सबै क्षेत्रमा निर्वाचन आचारसंहिता लागु गरिएको छ । उक्त आचारसंहिताको उल्लंघन कोही कसैले पनि गर्नुहुन्दैन । त्यसैले सबैले आ आफनोस्तरबाट त्यसको पालना गरेमा आफै कार्यान्वयन भएको मानिन्छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले मतदातासमक्ष विभिन्न किसिमको डरत्रासपुर्ण बाताबरणमा कसैले पनि कुनै किसिमको सामाजिक सञ्जाललगायत माध्यमबाट प्रचार नगर्न अनुरोध गर्दै भन्नुभयो, “जातिय तथा धार्मिकको विषयलाई जोडेर भ्रमित कुरा गर्न पाइन्दैन, यदि त्यसो गरिएमा कानून बमोजिम कारवाही हुन्छ, ।” 

उहाँले प्राय मतदान केन्द्रहरु साँघुरो भएकाले मतदातहरुलाई मतदानका बेला व्यवस्थित गर्न कठिनाई भएको भन्दै अपांगताभएका, ज्येष्ठनागरिक, बृद्ध असहाय लगायतहरुलाई सुरक्षाकर्मीको सहयोगमा पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । प्रहरी प्रशासनले निर्वाचनमा शान्ति सुरक्षाको बाताबरण मिलाउने भएकाले मतदाताहरु आफै आफनो कर्तव्य र अधिकार बुझेर सही तरिकाले मतदान गर्नुपर्नेमा जोड दिदै प्रजिअ खत्रीले भन्नुभयो, –“निर्वाचनमा मतदातालाई लोभलालच तथा विभिन्न प्रलोभनमा पार्नुहुन्दैन, त्यसो भएमा प्रशासनले तत्काल कारवाही गर्नेछ, निर्वाचनका बेला भारतीय सवारीसाधनको प्रयोग गर्न नपाइने उहाँको भनाई छ । 

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले सिमावर्ती बाँके जिल्लाको शान्ति सुरक्षाको दृष्टिकोणले निकै चुनौतीपुर्ण रुपमा रहेकाले अहिलेसम्म निर्वाचनका बेला शान्ति सुरक्षाको अवस्थामा अलर्ट रहेको भन्दै निर्वाचनका बेला विशेष कार्ययोजना बनाएर लागेको बताउनुभयो । उहाँले जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था मजबुत बनाएको भन्दै कही कतै अपराधिक क्रियाकलाप अबैध कार्य भएको थाहा पाउनेवित्तिकै प्रहरीसमक्ष जानकारी गराउन सबैमा आग्रह गर्नुभयो । 

उहाँले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमहरुबाट गलत सूचना प्रवाहले प्रहरीलाई दुःख भएको भन्दै गलत तथा भ्रममा पार्ने किसिमका सूचनाहरु प्रवाह गर्न नहुने उहाँको जोड थियो । उहाँले भन्नुभयो, “निर्वाचन आफैमा एउटा क्रान्ति हो । हरेक राजनीतिक व्यवस्था परिवर्तन गर्छन् र निर्वाचनले पात्र परिवर्तन गर्छ वा पात्र नविकरण गर्छ । निर्वाचन पात्र नविकरण हुने वा परिवर्तन हुने अवसर हो ।” मतदातालाई मतदान स्थलसम्म पुर्याउन सक्नका लागि निष्पक्ष, भयरहित बनाउन हामी प्रयत्नरत छौं ।”

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालयका प्रमुख द्धवारिका अधिकारीले सबै मतदाताहरुले आफ्नो कर्तव्य र अधिकारको प्रयोग गरि निर्वाचन पर्वमा सहभागि बन्नपर्ने भन्दै विद्यमान कानूनको पालना जो कोहीलाई लागु हुने बताउनुभयो । चुनावका बेला मानवअधिकारकर्मीहरुको भुमिका निकै महत्वपुर्ण रहेकाले निश्पक्ष र तटस्थरुपमा निर्वाचन अनुगमन गर्नुपर्ने उहाँको भनाई थियो । 

ताजा

सबै

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–शर्ट सार्वजनिक

नेपालगञ्ज, २३ चैत । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको आधिकारिक टिशर्ट आ…

बालविवाह न्युनिकरणका लागि थारु आयोगद्धारा ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

बर्दिया २३ चैत । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न थारु आयोगले ६ बुँदे बर्दिया प्रतिब…

गोली हानेर हैन् सरकारले जनताको असन्तुष्टी पत्ता लगाउनु पर्छ : सांसद गौतम

कमल राज पौडेल (देवकमल) बर्दिया, २३ चैत । संघीय सांसद संजय कुमार गौतमले गोली हाने…

बाँकेमा स्ट्रबेरी खेती

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षि…

लोकप्रिय

सबै

गोली हानेर हैन् सरकारले जनताको असन्तुष्टी पत्ता लगाउनु पर्छ : सांसद गौतम

कमल राज पौडेल (देवकमल) बर्दिया, २३ चैत । संघीय सांसद संजय कुमार गौतमले गोली हाने…

बालविवाह न्युनिकरणका लागि थारु आयोगद्धारा ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

बर्दिया २३ चैत । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न थारु आयोगले ६ बुँदे बर्दिया प्रतिब…

मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा पारिवारिक स्वास्थ्य विवरण तयार गर्न सुरु

नेपालगन्ज २१ चैत ः लुम्विनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा मोबाइल…

कृष्णसार एफएमद्वारा रक्तदान

नेपालगन्ज । कृष्णसार एफएम ९४ मेगाहर्जले १६औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर…

यो पनि

गोली हानेर हैन् सरकारले जनताको असन्तुष्टी पत्ता लगाउनु पर्छ : सांसद गौतम

गोली हानेर हैन् सरकारले जनताको असन्तुष्टी पत्ता लगाउनु पर्छ : सांसद गौतम

कमल राज पौडेल (देवकमल) बर्दिया, २३ चैत । संघीय सांसद संजय कुमार गौतमले गोली हाने…

सामाजिक सञ्जालबाट धम्की दिँदै करौडौ रकम माग्ने पक्राउ

सामाजिक सञ्जालबाट धम्की दिँदै करौडौ रकम माग्ने पक्राउ

नेपालगन्ज । आफूलाई भारतीय गुण्डा नाइके लोरेन्स बिस्नोई र अनमोल बिस्नोई भएको भन्दै विभ…

भंघोटनामा सिलाई प्रशिक्षण

भंघोटनामा सिलाई प्रशिक्षण

नेपालगन्ज, १३ चैत । बाँकेको डुडुवा६ भंघोटना गाउँमा ६ महिनाको लागि सिलाई प्रशिक्षण …

नेपालगञ्ज– १८ मा कांग्रेसको वडाको भवन निर्माणको शिलान्यास

नेपालगञ्ज– १८ मा कांग्रेसको वडाको भवन निर्माणको शिलान्यास

नेपालगञ्ज । नेपाली कांग्रेस, बाँके अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा प…