Pairabi logo

चैत ०८, २०८२, आइतबार                    

डुडुवाबासीलाई सधैं डुवानको चिन्ता

सम्वाददाता

सम्वाददाता

डुडुवाबासीलाई सधैं डुवानको चिन्ता
ADVERTISEMENT

राकेश कुमार मिश्र
बाँके डुडुवा गाउँपालिकाको होलिया टेपरीका तेजाराम यादव कृषिमा निर्भर हुनुहुन्छ । पानी परेपछि नै उहाँको खेतमा अनाज उत्पादन हुन्छ । किसान भएर पनि यादव आकाशमा कालो र निलो भएर बादल मडारिदा खुशी हुनुपर्नेमा दुःखी देखिनु हुन्छ । ठूलो पानी पर्ने संकेत देखिंदा यादवलाई ज्यान बचाउने चिन्ता हुन्छ । जहान परिवार र वर्षभरी खाना राखेको अनाज संरक्षण गर्ने तनाव हुने गर्छ ।  
    यादवको यो चिन्ता र तनाव अहिले आइलागेको समस्या भने होइन । यो वर्षौदेखि भोग्दै आएको समस्या हो । भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र दशगजामा अग्लो सडकजस्तो बाँध बनाइदिएपछि बर्षातको समयमा यादवको जीवन जोखिममा पर्ने गरेको हो । 
    २०७१ सालमा आएको ठूलो बाढीमा यादवको परिवार डुंगामा बसेर नजिकै रहेको दशगजाको बाँधमा पुग्नुभयो । यादवले खाद्यान्नको संरक्षण गर्न सक्नु भएन । यादव भन्नुहुन्छ, ‘भारतमा विहे भएको छोरीले उतैबाट खाना ल्याएर सेवा गरिन् । दुई महिनासम्म उनैले पालिन् ।’ 
    रातीमा पानी पर्दा यादव परिवारलाई अझ बढी तनाव हुन्छ । रातीमा बाढी आइहालेमा कता भाग्ने समस्या हुन्छ । पटक–पटक डुवानमा पर्नु भएका यादवलाई कहिले काही त लाग्छ, ‘भाग्यमा जे लेखेको छ । त्यही हुन्छ । बाढीबाट मर्न लेखेको छ भनेर जति भागे पनि बचिदैन ।’ ‘सास हुनेजेल आश’ भने झै रातीमा ठूलो पानी पर्दा यादव परिवार जाग्राम नै बस्ने गरेको छ । उनको परिवार नजिकको उच्च ठाउँ या पक्की घरको छत खोज्न पुग्छ । 


    होलिया कृषि चौफेरीका सेवकराम यादवले खाद्यान्न जति अटिया बनाएर राख्नु भएको छ । बाढी आइहालेमा खाद्यान्न बचाउने यादवको उपाय हो, यो । कृषि चौफेरी राप्ती नदी बढ्ने बित्तिकै डुवानमा पर्ने ठाउँ मानिन्छ । २०७१ सालमा ठूलो बाढी आउदा सेवकरामको परिवार नजिकको स्कूलमा गएर बसेको थियो । नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो । यसपाली गाउँपालिकाले नजिकै आश्रय स्थल बनाइदिएकाले कृषि चौफेरीका मानिसलाई बाँचिने आशा पलाएको छ । 
    बेतहनी बाबागाउँका लायकराम यादवका परिवार ठूलो पानी पर्न थालेपछि घरको छतमा गएर बस्छ । गाउँमा सबैभन्दा पहिला पक्की घर बनाएका यादवले २०७१ र ०७४ मा ठूलो दुःख पाएको बताउनुभयो । २०७१ र २०७४ सालमा ठूलो बाढी आएको थियो । २०७४ सालको बाढीले आफ्नो धेरै अन्न नोक्सान गरेको यादवले बताउनुभयो । घरभित्र नै छाती छाती पानी पसेको यादवको स्मरण गर्नुभयो । यादवको गाउँमा मिल रहेको छ । गल्ला खरिद गर्नुहुन्छ । 
डुडुवा गाउँपालिकामा ४५ हजार जनसंख्या रहेको छ । वर्षेनीजसो आउने बाढीले २५ हजार मानिसलाई दुःख दिने गर्दछ । ६ वटा वडामध्ये चार वटा वडा डुवानको जोखिममा पर्छन् । साविकको होलिया र बेतहनी गाविस धेरै जोखिममा रहेको छ । 
    जनता बाचे भने मात्र बाटो–घाटो अनि विकासको अर्थ हुन्छ । डुडुवामा बाढीले जनतालाई दुःख दिने, कटान र पटानले खेतीयोग्य जमिन मरुभूमि बनाउने क्रम चलिरहेको छ । यसलाई रोक्न गाउँपालिकाले विभिन्न उपायहरु अपनाउन थालेको छ । जनता बचाउन पालिकाले ठाउँ–ठाउँमा आश्रयस्थल बनाएको छ । गाउँपालिका अध्यक्ष चौधरीका अनुसार, रु ५२ लाख बढी खर्च गरेर ५ वटा आश्रयस्थल निमार्ण गरिएको छ । केही ठाउँमा अझै बनाउने योजना गाउँपालिकाको छ ।
    वडा नं. १ होलियाको छिटईपुरुवामा दुई वटा, कृषि चौफेरी र बोर्डर चौफेरीमा एक÷एक वटा र बेतहनीको रामनगर पाजामा एउटा आश्रयस्थल बनाइएको छ । एउटा आश्रयस्थलमा सय बढी मानिस अट्न सक्छन् । बाढी आउदा स्थानीय बासिन्दा त्यहाँ गएर बस्न सक्छन् । बाढी आएपछि स्थानीय बासिन्दा उच्च स्थानमा पुग्ने गर्दछन् । कसैको पक्की घर, स्कूल वा अरु कुनै उच्च ठाउँमा पुगेर ज्यान बचाउने होलिया र बेतहनीका बासिन्दालाई आश्रयस्थलले ठूलो सहयोग पु¥याउने पालिकाको विश्वास रहेको छ ।
    २०७१ सालमा ठूलो बाढी आउदा सेनाको हेलिकोप्टर धेरैको उद्धार गरेको थियो । त्यसअघि डुंगाबाट मानिस अन्यत्र सारिएको थियो । पालिकाले बनाएको आश्रयस्थललाई प्राथमिक उपचारको रुपमा लिइएको छ । हेलिकोप्टरले उद्धार गर्नुअघि स्थानीय त्यहाँ बस्न सक्छन् ।    राप्ती नदीमा बाढी आउदा होलिया, बेतहनीका गाउँहरुमा सिधा ठोकिन्छ । कृषि चौफेरी, छिटैपुरुवा, बोर्डर चौफेरी, गजराज पाजा, टेपरी, सिम्रहना, पिप्रहवा जोखिममा पर्छन् । केही वर्षयता राप्तीले धार परिवर्तन गर्दा सानो बाढीले पिप्रहवातिर असर नपार्ने भएको छ ।
    हरेक वर्ष जस्तै यो वर्ष पनि गाउँपालिकाले बर्षात लक्षित केही रणनीतिहरु बनाएको छ । अस्थायी तटबन्धको तयारी गरेको छ । कन्टेनर र डुंगाहरु तयारी अवस्थामा राखेको छ । ‘बाढी आइहालेमा उद्धार र राहतको तयारीमा छौं, पालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भन्नुभयो, पालिकाका सबै वडाहरुलाई तयारी अवस्थामा राखेका छौं ।’
    बाढी तथा डुबानले डुडुवा पालिकाको धेरै खेतीयोग्य जमिन मरुभूमि भएको छ । उब्जाउ भूमिमा अहिले बालुवा थुप्रिएको छ । राप्ती नदीले धार परिवर्तन गरिरहने गर्दछ । पालिकाले अब मरुभूमि बनेका जमिनलाई पुनः उब्जाउ गराउने रणनीतिहरु बनाउनु पर्ने देखिन्छ ।
भारतले एकतर्फी रुपमा सन् १९८५ देखि ९० सम्ममा राप्ती नदीमा लक्ष्मणपुर बाँध निर्माण ग¥यो । सन् २००० मा कलकलवा तटबन्ध बनायो । यी दुई संरचना बनेपछि बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दाको ‘दशा’ शुरु भएको हो । यी संरचनापछिको डुवानले तटीय क्षेत्रका दुई दर्जन बासिन्दाको ज्यान लिइसकेको छ । ६ हजार बढी मानिस विस्थापित भइसकेका छन् । ५ हजार ४ सय हेक्टर जमिन डुवान, कटान र पटान भएको छ । 
    लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले नै ठूलो क्षति पु¥याइरहेको बेलामा भारतले फेरि दशगजासँग सटाएर सडकजस्तो बाँध बनाएको छ । यसले अझ ठूलो समस्या सिर्जना गरेको छ । यो सडकले तटीय क्षेत्रमात्रै नभएर बाँकेको दक्षिणी पुरै बस्ती डुवानको जोखिममा परेको छ । नेपालबाट बग्ने नदी, नालाको प्राकृतिक बहावलाई भारतले बनाएका यी संरचनाले रोक्ने गरेको छ । जसको असर नेपालका दक्षिणी भेगमा पर्ने गरेको छ । 


    दुई देश भएर बस्ने नदीमा संरचना बनाउदा दुवैको सहमति हुनुपर्छ । हेलसिंगी नियम १९६६ को नियम २९ (२) मा दुई देशमा बग्ने नदीलाई अर्को देशलाई असर पर्ने गरी संरचना निर्माण गर्न नपाइने उल्लेख छ । भारतले यो नियमलाई पालना गरेको छैन । नेपालबाट यसका बारेमा असन्तुष्टि जनाइएपछि भारतले सन् २००३ मा राप्ती नदीको दुवै किनारमा २८ किलोमिटर पक्की तटबन्ध बनाइदिने आश्वासन दिएको थियो । अहिलेसम्म यो आश्वासन पूरा हुन सकेको छैन । फेरि अहिले आएर ४५ किलोमिटर तटबन्ध बनाइदिने आश्वासन दिएको छ । त्यसका लागि नौ अर्व छुट्याएको बताइएको छ । राप्ती नदीको बाया २२ दशमलव १५ र दाया २३ दशमलव २५ किलोमिटर पक्की तटबन्ध बनाइदिने सहमति भएको जनता तटबन्ध कार्यालयका इन्जिनियर महेशराज श्रेष्ठले जानकारी दिनुभयो । 
    नदीको दुवै किनारमा पक्की तटबन्ध बनेमा तटीय क्षेत्रको गाउँ सुरक्षित हुनेछन् । भारतको भर पर्न नहुने स्थानीय बासिन्दाको जोड रहेको छ । लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका सचिव राजकुमार शुक्लाले भारतले नदीका दुवै किनारमा पक्की तटबन्ध बनाइदिने आश्वासन दिएर झुलाउने काम गरिरहेको बताउनुभयो । राप्ती नदीले गर्दा कतिपय गाउँ विस्थापित भएका छन् । होलियाका टेपरीलगायत ठाउँका १ सय ४४ घरपरिवारलाई हजरत र झोरा सामुदायिक वनमा सारिएको छ । धेरै घरपरिवार अहिले पनि जंगल छेउछाउमा बसेका छन् । 
 

ताजा

सबै

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज, ७ चैतः मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुम…

डोल्पामा नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५औं जिल्ला शाखा गठन

पवन जायसवाल डोल्पा, ७ चैत । डोल्पाको दुनैमा नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं ज…

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

नेपालगन्ज, ६ चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १…

मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गरिने

नेपालगन्ज, ४ चैत । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्…

लोकप्रिय

सबै

कर्जा वापतको विमा राहत हस्तान्तरण

नेपालगन्ज ३ चैत । निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड उदयपुर बाँकेले विमा राहत वित…

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज, ४ चैतः बाँकेमा डढेलो नियन्त्रणका लागि आगो नियन्त्रण दस्ता निर्माण गरिएको छ …

मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गरिने

नेपालगन्ज, ४ चैत । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्…

न्यायप्रणाली लयमा फर्किएको छः प्रधानन्यायाधीश राउत

नेपालगञ्ज ४ चैतः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भए…

यो पनि

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्…

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण …

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

काठमाडौँ, २ वैशाख: बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा…

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

नेपालगन्ज, ५ माघः नेपालगञ्ज१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । …