Pairabi logo

बैशाख १३, २०८१, बिहीबार                    

डुडुवाबासीलाई सधैं डुवानको चिन्ता

सम्वाददाता

सम्वाददाता

डुडुवाबासीलाई सधैं डुवानको चिन्ता
ADVERTISEMENT

राकेश कुमार मिश्र
बाँके डुडुवा गाउँपालिकाको होलिया टेपरीका तेजाराम यादव कृषिमा निर्भर हुनुहुन्छ । पानी परेपछि नै उहाँको खेतमा अनाज उत्पादन हुन्छ । किसान भएर पनि यादव आकाशमा कालो र निलो भएर बादल मडारिदा खुशी हुनुपर्नेमा दुःखी देखिनु हुन्छ । ठूलो पानी पर्ने संकेत देखिंदा यादवलाई ज्यान बचाउने चिन्ता हुन्छ । जहान परिवार र वर्षभरी खाना राखेको अनाज संरक्षण गर्ने तनाव हुने गर्छ ।  
    यादवको यो चिन्ता र तनाव अहिले आइलागेको समस्या भने होइन । यो वर्षौदेखि भोग्दै आएको समस्या हो । भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र दशगजामा अग्लो सडकजस्तो बाँध बनाइदिएपछि बर्षातको समयमा यादवको जीवन जोखिममा पर्ने गरेको हो । 
    २०७१ सालमा आएको ठूलो बाढीमा यादवको परिवार डुंगामा बसेर नजिकै रहेको दशगजाको बाँधमा पुग्नुभयो । यादवले खाद्यान्नको संरक्षण गर्न सक्नु भएन । यादव भन्नुहुन्छ, ‘भारतमा विहे भएको छोरीले उतैबाट खाना ल्याएर सेवा गरिन् । दुई महिनासम्म उनैले पालिन् ।’ 
    रातीमा पानी पर्दा यादव परिवारलाई अझ बढी तनाव हुन्छ । रातीमा बाढी आइहालेमा कता भाग्ने समस्या हुन्छ । पटक–पटक डुवानमा पर्नु भएका यादवलाई कहिले काही त लाग्छ, ‘भाग्यमा जे लेखेको छ । त्यही हुन्छ । बाढीबाट मर्न लेखेको छ भनेर जति भागे पनि बचिदैन ।’ ‘सास हुनेजेल आश’ भने झै रातीमा ठूलो पानी पर्दा यादव परिवार जाग्राम नै बस्ने गरेको छ । उनको परिवार नजिकको उच्च ठाउँ या पक्की घरको छत खोज्न पुग्छ । 


    होलिया कृषि चौफेरीका सेवकराम यादवले खाद्यान्न जति अटिया बनाएर राख्नु भएको छ । बाढी आइहालेमा खाद्यान्न बचाउने यादवको उपाय हो, यो । कृषि चौफेरी राप्ती नदी बढ्ने बित्तिकै डुवानमा पर्ने ठाउँ मानिन्छ । २०७१ सालमा ठूलो बाढी आउदा सेवकरामको परिवार नजिकको स्कूलमा गएर बसेको थियो । नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो । यसपाली गाउँपालिकाले नजिकै आश्रय स्थल बनाइदिएकाले कृषि चौफेरीका मानिसलाई बाँचिने आशा पलाएको छ । 
    बेतहनी बाबागाउँका लायकराम यादवका परिवार ठूलो पानी पर्न थालेपछि घरको छतमा गएर बस्छ । गाउँमा सबैभन्दा पहिला पक्की घर बनाएका यादवले २०७१ र ०७४ मा ठूलो दुःख पाएको बताउनुभयो । २०७१ र २०७४ सालमा ठूलो बाढी आएको थियो । २०७४ सालको बाढीले आफ्नो धेरै अन्न नोक्सान गरेको यादवले बताउनुभयो । घरभित्र नै छाती छाती पानी पसेको यादवको स्मरण गर्नुभयो । यादवको गाउँमा मिल रहेको छ । गल्ला खरिद गर्नुहुन्छ । 
डुडुवा गाउँपालिकामा ४५ हजार जनसंख्या रहेको छ । वर्षेनीजसो आउने बाढीले २५ हजार मानिसलाई दुःख दिने गर्दछ । ६ वटा वडामध्ये चार वटा वडा डुवानको जोखिममा पर्छन् । साविकको होलिया र बेतहनी गाविस धेरै जोखिममा रहेको छ । 
    जनता बाचे भने मात्र बाटो–घाटो अनि विकासको अर्थ हुन्छ । डुडुवामा बाढीले जनतालाई दुःख दिने, कटान र पटानले खेतीयोग्य जमिन मरुभूमि बनाउने क्रम चलिरहेको छ । यसलाई रोक्न गाउँपालिकाले विभिन्न उपायहरु अपनाउन थालेको छ । जनता बचाउन पालिकाले ठाउँ–ठाउँमा आश्रयस्थल बनाएको छ । गाउँपालिका अध्यक्ष चौधरीका अनुसार, रु ५२ लाख बढी खर्च गरेर ५ वटा आश्रयस्थल निमार्ण गरिएको छ । केही ठाउँमा अझै बनाउने योजना गाउँपालिकाको छ ।
    वडा नं. १ होलियाको छिटईपुरुवामा दुई वटा, कृषि चौफेरी र बोर्डर चौफेरीमा एक÷एक वटा र बेतहनीको रामनगर पाजामा एउटा आश्रयस्थल बनाइएको छ । एउटा आश्रयस्थलमा सय बढी मानिस अट्न सक्छन् । बाढी आउदा स्थानीय बासिन्दा त्यहाँ गएर बस्न सक्छन् । बाढी आएपछि स्थानीय बासिन्दा उच्च स्थानमा पुग्ने गर्दछन् । कसैको पक्की घर, स्कूल वा अरु कुनै उच्च ठाउँमा पुगेर ज्यान बचाउने होलिया र बेतहनीका बासिन्दालाई आश्रयस्थलले ठूलो सहयोग पु¥याउने पालिकाको विश्वास रहेको छ ।
    २०७१ सालमा ठूलो बाढी आउदा सेनाको हेलिकोप्टर धेरैको उद्धार गरेको थियो । त्यसअघि डुंगाबाट मानिस अन्यत्र सारिएको थियो । पालिकाले बनाएको आश्रयस्थललाई प्राथमिक उपचारको रुपमा लिइएको छ । हेलिकोप्टरले उद्धार गर्नुअघि स्थानीय त्यहाँ बस्न सक्छन् ।    राप्ती नदीमा बाढी आउदा होलिया, बेतहनीका गाउँहरुमा सिधा ठोकिन्छ । कृषि चौफेरी, छिटैपुरुवा, बोर्डर चौफेरी, गजराज पाजा, टेपरी, सिम्रहना, पिप्रहवा जोखिममा पर्छन् । केही वर्षयता राप्तीले धार परिवर्तन गर्दा सानो बाढीले पिप्रहवातिर असर नपार्ने भएको छ ।
    हरेक वर्ष जस्तै यो वर्ष पनि गाउँपालिकाले बर्षात लक्षित केही रणनीतिहरु बनाएको छ । अस्थायी तटबन्धको तयारी गरेको छ । कन्टेनर र डुंगाहरु तयारी अवस्थामा राखेको छ । ‘बाढी आइहालेमा उद्धार र राहतको तयारीमा छौं, पालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भन्नुभयो, पालिकाका सबै वडाहरुलाई तयारी अवस्थामा राखेका छौं ।’
    बाढी तथा डुबानले डुडुवा पालिकाको धेरै खेतीयोग्य जमिन मरुभूमि भएको छ । उब्जाउ भूमिमा अहिले बालुवा थुप्रिएको छ । राप्ती नदीले धार परिवर्तन गरिरहने गर्दछ । पालिकाले अब मरुभूमि बनेका जमिनलाई पुनः उब्जाउ गराउने रणनीतिहरु बनाउनु पर्ने देखिन्छ ।
भारतले एकतर्फी रुपमा सन् १९८५ देखि ९० सम्ममा राप्ती नदीमा लक्ष्मणपुर बाँध निर्माण ग¥यो । सन् २००० मा कलकलवा तटबन्ध बनायो । यी दुई संरचना बनेपछि बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दाको ‘दशा’ शुरु भएको हो । यी संरचनापछिको डुवानले तटीय क्षेत्रका दुई दर्जन बासिन्दाको ज्यान लिइसकेको छ । ६ हजार बढी मानिस विस्थापित भइसकेका छन् । ५ हजार ४ सय हेक्टर जमिन डुवान, कटान र पटान भएको छ । 
    लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले नै ठूलो क्षति पु¥याइरहेको बेलामा भारतले फेरि दशगजासँग सटाएर सडकजस्तो बाँध बनाएको छ । यसले अझ ठूलो समस्या सिर्जना गरेको छ । यो सडकले तटीय क्षेत्रमात्रै नभएर बाँकेको दक्षिणी पुरै बस्ती डुवानको जोखिममा परेको छ । नेपालबाट बग्ने नदी, नालाको प्राकृतिक बहावलाई भारतले बनाएका यी संरचनाले रोक्ने गरेको छ । जसको असर नेपालका दक्षिणी भेगमा पर्ने गरेको छ । 


    दुई देश भएर बस्ने नदीमा संरचना बनाउदा दुवैको सहमति हुनुपर्छ । हेलसिंगी नियम १९६६ को नियम २९ (२) मा दुई देशमा बग्ने नदीलाई अर्को देशलाई असर पर्ने गरी संरचना निर्माण गर्न नपाइने उल्लेख छ । भारतले यो नियमलाई पालना गरेको छैन । नेपालबाट यसका बारेमा असन्तुष्टि जनाइएपछि भारतले सन् २००३ मा राप्ती नदीको दुवै किनारमा २८ किलोमिटर पक्की तटबन्ध बनाइदिने आश्वासन दिएको थियो । अहिलेसम्म यो आश्वासन पूरा हुन सकेको छैन । फेरि अहिले आएर ४५ किलोमिटर तटबन्ध बनाइदिने आश्वासन दिएको छ । त्यसका लागि नौ अर्व छुट्याएको बताइएको छ । राप्ती नदीको बाया २२ दशमलव १५ र दाया २३ दशमलव २५ किलोमिटर पक्की तटबन्ध बनाइदिने सहमति भएको जनता तटबन्ध कार्यालयका इन्जिनियर महेशराज श्रेष्ठले जानकारी दिनुभयो । 
    नदीको दुवै किनारमा पक्की तटबन्ध बनेमा तटीय क्षेत्रको गाउँ सुरक्षित हुनेछन् । भारतको भर पर्न नहुने स्थानीय बासिन्दाको जोड रहेको छ । लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका सचिव राजकुमार शुक्लाले भारतले नदीका दुवै किनारमा पक्की तटबन्ध बनाइदिने आश्वासन दिएर झुलाउने काम गरिरहेको बताउनुभयो । राप्ती नदीले गर्दा कतिपय गाउँ विस्थापित भएका छन् । होलियाका टेपरीलगायत ठाउँका १ सय ४४ घरपरिवारलाई हजरत र झोरा सामुदायिक वनमा सारिएको छ । धेरै घरपरिवार अहिले पनि जंगल छेउछाउमा बसेका छन् । 
 

ताजा

सबै

नेपालगन्जबाट नौ महिनामा नौ हजार बढी उडान

नेपालगन्ज विमानस्थलबाट चालु आर्थिक वर्षको नौ महिनामा नौ हजार बढी उडान भएका छन्।नागरि…

बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे

नेपालगञ्ज, १३ वैशाख : बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहे…

तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित

बाँके, १३ वैशाख :चर्को गर्मी र तातो हावा लु का कारण बाँके जिल्लाको जनजीवन प्रभावित …

बालबालिका सम्वन्धी ऐनलाई कार्यान्वय गर्न अदालतद्धारा स्थानीय सरकारको नाममा परमादेश

नेपालगन्ज १२ बैशाख । बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिका सम्वन्धी ऐनलाई प…

लोकप्रिय

सबै

मंगलबार सार्वजनिक बिदा

काठमाडौँ, १० वैशाखः सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राज…

बालबालिका सम्वन्धी ऐनलाई कार्यान्वय गर्न अदालतद्धारा स्थानीय सरकारको नाममा परमादेश

नेपालगन्ज १२ बैशाख । बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिका सम्वन्धी ऐनलाई प…

लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि व्यवस्थापन तालिम

नेपालगन्ज, १२ बैशाख । बर्दियाका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि लैङ्गिक रूपान्त…

नेपालगञ्जका संस्थागत विद्यालयमा शुल्कु अनुगमन

नेपालगन्ज १० बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले शुल्क कार्यान्वयनको अवस्थाबारे संस्थाग…

यो पनि

गर्मीमा आगलागी र सावधानी

गर्मीमा आगलागी र सावधानी

शुक्रऋषि चौलागाई । एक महिनाअघि बाँकेको नरैनापुर गाउँपालिकामा एकैदिन आगलागीका दुई…

अभियन्ता लक्ष्मीको परिवर्तित यात्रा

अभियन्ता लक्ष्मीको परिवर्तित यात्रा

नेपालगन्ज । नेपालमा स्थापना भएका राजनितिक दलका जिल्ला सभापति तथा संयोजकमा अधिकास प…

बर्दियाका अब्दुल खानं को हुन ?

बर्दियाका अब्दुल खानं को हुन ?

देव कमल पौडेल बर्दिया २६ मसिंर । बर्दियाको गुलरिया नगरपालिका वार्ड नं११ मा जन्मिनूभ…

“किशोर”को संघर्षपुर्ण विद्यार्थीदेखिको राजनितिक यात्रा

“किशोर”को संघर्षपुर्ण विद्यार्थीदेखिको राजनितिक यात्रा

नेपालगन्ज ८ मङ्सिर । कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिनुभएका किशोरसिंह राठौरको शि…