Pairabi logo

असोज १६, २०८३, शुक्रबार                    

सिंहदरबार भागबन्डा हुने तर पीडितले न्याय नपाउने भयो : सुवाल

डेक्स

डेक्स

सिंहदरबार भागबन्डा हुने तर पीडितले न्याय नपाउने भयो : सुवाल
ADVERTISEMENT

काठमाडौँ — सशस्त्रद्वन्द्वमा भएका मानवअधिकार उल्लंघनका घटना, सत्यनिरुपण तथा बेपत्ता छानबिन वर्षौंसम्म पनि नभएकोप्रति नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्ने प्रस्तावमाथि विरोधको सूचना राख्दै सुवालले राजनीतिक दलहरू संक्रमणकालीन न्याय निरुपण गर्न पछि परेको बताएका हुन् ।

सशस्त्रद्वन्द्वका क्रममा भएका घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन भन्दा पनि आयोगहरूको म्याद थप्न मात्रै विधेयक आउने गरेकाले अहिलेको विधेयक अगाडि बढाउन आवश्यक नभएको सुवालको भनाइ थियो । 'सिंहदरबार भागबन्डा हुने तर पीडितले न्याय नपाउने भयो । सरकारी कोषबाट क्षतिपूर्ति र राहतको कुरा छ । राहत र क्षतिपूर्ति कति गयो कस-कसले बुझिलिए ? व्यक्तिले पाएका हुन् कि सामूहिक रूपमा व्यक्तिले ?' उनले भने, 'महान्यायाधीवक्तालाई मुद्दा चलाउने कि नचलाउने कुरा ललितानिवासले देखाइहाल्यो । अब त्यो अधिकार यहाँ दिनुहुन्न । आयोगको म्याद थप्नका लागि विधेयक ल्याउने तर काम नगर्ने भएकाले यो विधेयक अगाडि बढाउन मिल्दैन । यतातिर पनि ध्यान जानुपर्छ ।'

विधेयक पीडितको माग र सर्वोच्च अदालतको फैसलाअनुसार आएको भनिएपनि न्याय दिने ढंगले आएन भन्ने पीडितको गुनासो रहेको सुवालको भनाइ थियो । 'पीडितलाई न्याय दिनेगरी ल्याउँछु भनेर कानुनमन्त्रीले भन्नुभएको सुनिएको छ । विधेयक ल्याउनुभन्दा पहिला परामर्श लिएको तर प्रतिवेदन सार्वजनिक नगरिएको भन्ने आएको छ । विधेयक ल्याउँदा यस्तो प्रावधान राख्दैछौं भनेर सूचना नभएको भन्ने पीडितको गुनासो छ,' उनले भने ।

विधेयक सबै पीडकलाई उन्मुक्ति दिने तर पीडितलाई न्याय नमिल्ने भन्दै अगाडि बढाउन नहुने सुवालको भनाइ छ ।

सुवालले माओवादीले १० वर्ष चलाएको सशस्त्र द्वन्द्व के का लागि गरेको थियो र त्यसमा राज्य र माओवादी पक्षबाट को को व्यक्ति प्रमुख थिए भन्ने विधेयकमा लेख्नुपर्ने माग गरेका छन् । चुनावको मुखमा विधेयक ल्याएर मतदातालाई प्रभावित पार्न खोजिएको हो कि भन्ने उनको आशंका थियो । साभार ः कान्तिपुर अनलाइन 

ताजा

सबै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

यो पनि

कृषि यन्त्रको उपयोगिता बारे अनुगमन

कृषि यन्त्रको उपयोगिता बारे अनुगमन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

किसानका लागि  ‘कष्टम हायरिङ सेन्टर

किसानका लागि ‘कष्टम हायरिङ सेन्टर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

कष्टम हायरिङ सेन्टर’ स्थापना

कष्टम हायरिङ सेन्टर’ स्थापना

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

काठमाडौं :इन्डियन आइडल१२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत तिम्रो हाम्…