Pairabi logo

असोज २४, २०८३, शनिबार                    

महाकवि मोतीराम भट्टको जीवनी

डेक्स

डेक्स

महाकवि मोतीराम भट्टको जीवनी
ADVERTISEMENT

कुशे औंसीका दिन जन्मेका कवि मोतीराम भट्टकाे जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यसै सन्दर्भमा उनकाे जीवनबारे संक्षिप्तमा चर्चा

कवि मोतीराम भट्ट आज हामीमाझ छैनन् । उनले धेरै आयु बाँच्न पाएनन् पनि । छाेटाे समयमै नेपाली साहित्यमा ठूलाे योगदान दिएका माेतीराम ३० वर्षकै उमेरमा बितेका थिए । त्यसैले पनि उनलाई हामी युवा कविको रूपमा सम्झन्छाैँ । तर उनकाे याेगदान, प्रतिभा र क्षमताका लागि याे उपमा मात्र पर्याप्त छैन । 

उनकाे जन्म मितिलाई लिएर सायदै कसैमा दुईमत छ । तर उनकाे निधन मितिमा भने फरकफरक मत रहेकाे पाइन्छ । आफ्नो जीवनकालमा निकै उतारचढाव खेपेका भट्ट बितेपछि समेत कतिपय सवालमा विवादरहित रहन सकेनन् । मोतीराम भट्ट २५ भदाै १९२३ मा काठमाडौंको ‘भाेंसीको टोल’मा जन्मेका थिए । 

उनकाे वंशचाहिँ कुमाउगढबाट आएको पाइन्छ । मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेका थिए । नरेन्द्रराज प्रसाईंको जीवनी-लेखअनुसार मोतीराम भट्टलाई दीर्घवीजी राख्न उनका मातापिताले यिनका नाकको. दाहिने पोरा छेडिदिएका थिए । नाक छेडेपछि यिनलाई उनका साथीहरूले केटी भनेर गिज्याउँथे ।

मोतीराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरे । ६ वर्ष भएपछि उनी काशी पुगे । किनभने त्यसबेला यिनका पिता पं. दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी विशेष कामले काशी बसेका थिए । त्यसैले मोतीराम भट्टको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्यो । त्यहाँ यी फारसी स्कूलमा भर्ना भए र त्यहीँ यिनले फारसी र उर्दू सिके । काशीमा यिनले भारतेन्दु हरिश्चन्द्रको सामीप्य पाएका थिए ।

भारतेन्दु सिर्जनामा पोख्त, होनहार र परिश्रमी थिए । यिनै हिन्दी साहित्यका साधक भारतेन्दुसँग संगत गरेर साहित्यका नयाँ-नयाँ कुरा सिक्दै गए । मोतीराम पछि फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अंग्रेजी भाषामा पनि दक्ष हुन थाले । बनारसमा यिनले अंग्रेजी भाषासाहित्यको अध्ययन गरेका थिए । पढ्दापढ्दै आठ वर्षका उमेरमा बनारसमा नै यिनको व्रतबन्ध गरियो ।

बनारस पढेको र त्यहाँको परिवेशसँग प्रत्यक्ष साक्षात्कार गरेको हुनाले उनले अंग्रेज उपनिवेशलाई राम्ररी बुझेका थिए । उनले नेपाली स्वाधीनताबारे यसरी कविता लेखेका छन् :

अचल् झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा
यवन्ले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपालको मुलुक बचि कंचन् रहिगयो ।

हस्तलेखनका धनी 

मोतिराम भट्टले नेपालीसहित फारसी, उर्दू, संस्कृत, हिन्दी तथा अंग्रेजी भाषा बोल्न र लेख्न जान्दथे । सन् १९४५ ताका उनले लेखेको एक अटोग्राफबाट पनि उनको सुन्दर हस्तलेखन हामी थाहा पाउन सक्छौं । यो अंग्रेजी भाषाको पुस्तक उनले बनारस बस्दा नै खरिद गरेका हुन् ।

पाण्डुलिपि साहित्यिक मासिकको अंक ४ मा भट्टको अटोग्राफ प्रकाशित गरिएको छ । उनले किताब बनारसमा नै खरिद गरी त्यहीँको रामघाट भन्ने ठाउँमा अटोग्राफ लेखिएको देखिन्छ । यससँगै शारदा मासिकले प्रकाशित गरेको भट्टको नेपाली अक्षरको पाण्डुलिपिमा पनिउनले उतिकै सुन्दर हस्तलेखन गरेका छन् । अहिले चलेको ‘क्यालिग्राफी’ (अक्षर लेख्ने कला) मा उनी निकै पोख्त देखिन्छन् । उनले My Boy Jack, A Ray Of Sunlight जस्ता अंग्रेजी पुस्तकको अध्ययन गरेको इतिहास छ ।

सक्रियताका पर्याय

मोतिराम भट्ट आफ्ना समयका सबैभन्दा सक्रिय युवा थिए । साहित्य सृजनाका दृष्टिले मात्र नभई सामाजिक कार्यमा पनि उनको सक्रियता उस्तै बाक्लो देखिन्छ । उनले पढ्दै, पुस्तक लेख्दै, सम्पादन गर्दै, पत्रिका चलाउँदै, पुस्तकालय खोल्दै, छापाखानाको स्थापना गर्दै युवाकाल बिताएको पाइन्छ ।

१९४५ ताका नै उनले काठमाडौंको ठहिटीमा मोतिकृष्ण कम्पनी नामको पुस्तकालय खोले । आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर उनले यो पुस्तकालय खोलेका थिए ।

मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपिको खोजी गरी भट्टले नै वि.सं. १९४१ मा प्रकाशन गरेका थिए ।

केही साहित्यकार नेपाली साहित्यजगतमा पहिलो जीवनी लेखक मोतीरामलाई नै मान्छन् । १९४८ सालमा भट्टले भानुभक्त आचार्यको जीवनीको पुस्तक लेखेका थिए । यस्तै नेपाली साहित्यका प्रथम समालोचकको पगरी पनि मोतीराम भट्टलाई नै जान्छ । उनले सर्वप्रथम भानुभक्तका रचनाको समालोचना गरी नेपाली साहित्यमा समालोचना विधाको आरम्भ गरेका थिए । ‘भानुभक्तको जीवनचरित्र’मा उनले भानुभक्त आचार्यको जीवनीसहित आचार्यको कवित्वशक्तिको समालोचना पनि गरेको भेटिन्छ ।

भट्टका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’लगायत कृति प्रकाशित छन् । नेपाली साहित्याकाशमा उनी १५ वर्षजति सक्रिय थिए ।

श्रोत शिलापत्र डटकम

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…