Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

'मिस ग्रान्ड नेपाल २०२२' आयोजना हुने

डेक्स

डेक्स

'मिस ग्रान्ड नेपाल २०२२' आयोजना हुने
ADVERTISEMENT

नेपालगन्ज १० भदाै ।   विगतमा जस्तै यसपटक पनि 'मिस ग्राण्ड नेपाल २०२२' आयोजना हुने भएको छ।

सन् २०१३ देखि हुँदै आएको मिस ग्राण्ड नेपालको यसपटक दशौँ संस्करण हुने आयोजकले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। यसपटक बोली क्लब ग्रुप र कस्मो इभेन्टको संयुक्त सहकार्यमा 'मिस ग्राण्ड नेपाल २०२२' आयोजना हुने आयोजकले जनाएको छ। पछिल्लो चार वर्षदेखि बोली क्लब ग्रुपले प्रतियोगिता आयोजना गर्दै आएको छ।

यसपटकको 'मिस ग्राण्ड नेपाल २०२२' हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित हुने मिस ग्राण्ड नेपालका नेशनल डाइरेक्टर सुरेश तामाङले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूको भदौ ११ गतेबाट अडिसन सुरु हुने र १३ गते छनौट गरिने छ।

भदौ १४ गते सहभागीहरूलाई ओरेन्टियसन गराइने उनले बताए। प्रतियोगितामा १८ देखि २८ वर्षसम्म उमेर समूहका देशभरका युवतीले भाग लिन पाउनेछन्। सहभागी युवतीको उचाइ ५:४ इन्च र +२ पास गरेको हुनुपर्नेछ। मिस ग्राण्डमा प्रथम हुने युवतीले इण्डोनेशियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी हुने पाउने उनको भनाइ छ।

त्यसैगरी पाँच लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाउने छन्। प्रतियोगितामा अभिनेता अनुपविक्रम शाही, र्‍यापर आशिष राणा (लाहुरे), नायिका आँचल शर्मा, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा (ब्युटी पेजेन्ट) निर्णायक रहने उनले बताए। केही निर्णायक थप हुन सक्ने उनको भनाइ छ। पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अनुपविक्रम शाहीले प्रतियोगिताको निष्पक्ष निर्णय गर्ने बताए।

 

बोली क्लब ग्रुप र कस्मो इभेन्ट्सले विभिन्न समयमा सांगीतिक कार्यक्रम गर्दै आएको छ। मिस ग्राण्ड नेपाल मिस ग्राण्ड इन्टरनेसनलको मान्ता प्राप्त इभेन्ट्स हो।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…