Pairabi logo

कात्तिक ०९, २०८३, आइतबार                    

खेर गएको बिजुली बिक्री गर्ने बजार खोज्दै प्राधिकरण

सम्वाददाता

सम्वाददाता

खेर गएको बिजुली बिक्री गर्ने बजार खोज्दै प्राधिकरण
ADVERTISEMENT

२०७९ वैशाख २५

नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि यो साता नेपाल विद्युत् प्राधिकरणले टेण्डर आह्वान गरेको छ। प्राधिकरणले वर्षायाममा नेपालले खपत गरी बाँकी रहने विद्युत् मध्येबाट २०० मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न भारतीय कम्पनीहरूसँग टेण्डरमार्फत प्रस्ताव माग गरेको हो। प्राधिकरणले उल्लिखित परिमाणको बिजुली आगामी पाँच महिना अर्थात् असार १७ देखि कात्तिक २९ गते तदनुसार १ जुलाईदेखि २९ नोभेम्बर २०२२ सम्म बिक्री गर्ने जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनी, विद्युत् वितरण कम्पनीलगायतले विद्युत् खरिद गर्ने प्रतिस्पर्धामा भाग लिन पाउने जनाएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लाग अनुमति प्राप्त ट्रेडिङ कम्पनी, विद्युत् वितरण कम्पनीलगायतले विद्युत् खरिद गर्ने प्रतिस्पर्धामा भाग लिन पाउने जनाएका छन्।

प्राधिकरणका अनुसार नेपालबाट विद्युत् खरिद गर्न इच्छुक कम्पनीहरूले जेठ १३ गते मध्याह्न १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन्। प्रस्ताव पेश गर्ने कम्पनीहरूले कम्तिमा ५० र बढीमा २०० मेगावाटसम्म खरिद गर्ने प्रस्ताव प्रस्तुत गर्न सक्नेछन्। प्राधिकरणलाई प्राप्त प्रस्ताव सोही दिन अपराह्न १ बजे खोलिने छ। बोलपत्रको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईदेखि छनौट भएका योग्य कम्पनीलाई विद्युत् उपलब्ध गराइने भएको छ।

कम्पनीहरूले प्रस्ताव गरेको परिमाणको प्रतिमेगावाट ३० हजार भारतीय रुपैयाँ (नेरु ४८ हजार) प्रतिमहिना ‘अर्नेस्ट मनि डिपोजिट’ धरौटी राख्नुपर्छ।

भारतले नेपालका ६ वटा विद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानेर भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ। यो नेपालले बिक्री गर्न लागेको यो विद्युत् ढल्केबर–मुजफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यात हुनेछ। निर्यात गर्न लागिएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेका कालीगण्डकी– ए, देवीघाट, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, त्रिशुली र निजी क्षेत्रको ग्रिन भेञ्चर्स लिमिटेडको लिखु –४ बाट उत्पादन हुने ३६४ मेगवाट मध्येको हो। नेपालले ३६४ मेगावाट विद्युत् निर्यात गर्न पाउने स्वीकृति पाए पनि अहिले २०० मेगवाटका लागि मात्र टेण्डर आह्वान गरिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले केही समय अघि गर्नुभएको भारत भ्रमणका क्रममा ३६४ मेगावाट विद्युत् बिक्रीका लागि दुई देशका निकायबीच सहमति भएको थियो। वर्षामा नेपालले खपत गरेर बाँकी रहेको बिजुली के गर्ने भन्ने बारेमा अझै कुनै निर्णय भएको थिएन।

गतवर्षको मनसुनमा करिब ५०० मेगावाट अर्थात् करिब पाँच अर्ब बराबरको बिजुली खेर गयो। यसैगरी हरेक मनसुनमा नेपालमा उत्पादित केही बिजुली खेर जाने गरेको छ। मनसुन सुरु भएपछि नेपालमा नदी तथा खोलामा जलसतह बढ्न गई नेपालका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन्। नेपालको कुल जडित क्षमता २ हजार २ सय मेगावाट हाराहारी पुगेको छ। नेपाल भित्रको कुल खपत भने १ हजार ६ सय मेगावाट बराबर मात्रै छ।

पछिल्लो समय देशमा उत्पादित बिजुली खेर जानु र खपत गर्ने अवस्था पनि नहुनुले सरकारलाई विकल्प खोज्ने दबाब परेको थियो। हिउँदमा कम हुने र वर्षामा खेर जाने प्रवृत्ति अन्त्य गर्न पछिल्लो समयसरकार र निजी क्षेत्र दुवैले पहल गरिरहेका छन्। यही क्रममा सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले आफ्नै तवरबाट बिजुली बिक्रीको प्रक्रिया अगाडि बढाएको हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…