Pairabi logo

भदौ २४, २०८३, बुधबार                    

खेर गएको बिजुली बिक्री गर्ने बजार खोज्दै प्राधिकरण

सम्वाददाता

सम्वाददाता

खेर गएको बिजुली बिक्री गर्ने बजार खोज्दै प्राधिकरण
ADVERTISEMENT

२०७९ वैशाख २५

नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि यो साता नेपाल विद्युत् प्राधिकरणले टेण्डर आह्वान गरेको छ। प्राधिकरणले वर्षायाममा नेपालले खपत गरी बाँकी रहने विद्युत् मध्येबाट २०० मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न भारतीय कम्पनीहरूसँग टेण्डरमार्फत प्रस्ताव माग गरेको हो। प्राधिकरणले उल्लिखित परिमाणको बिजुली आगामी पाँच महिना अर्थात् असार १७ देखि कात्तिक २९ गते तदनुसार १ जुलाईदेखि २९ नोभेम्बर २०२२ सम्म बिक्री गर्ने जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनी, विद्युत् वितरण कम्पनीलगायतले विद्युत् खरिद गर्ने प्रतिस्पर्धामा भाग लिन पाउने जनाएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लाग अनुमति प्राप्त ट्रेडिङ कम्पनी, विद्युत् वितरण कम्पनीलगायतले विद्युत् खरिद गर्ने प्रतिस्पर्धामा भाग लिन पाउने जनाएका छन्।

प्राधिकरणका अनुसार नेपालबाट विद्युत् खरिद गर्न इच्छुक कम्पनीहरूले जेठ १३ गते मध्याह्न १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन्। प्रस्ताव पेश गर्ने कम्पनीहरूले कम्तिमा ५० र बढीमा २०० मेगावाटसम्म खरिद गर्ने प्रस्ताव प्रस्तुत गर्न सक्नेछन्। प्राधिकरणलाई प्राप्त प्रस्ताव सोही दिन अपराह्न १ बजे खोलिने छ। बोलपत्रको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईदेखि छनौट भएका योग्य कम्पनीलाई विद्युत् उपलब्ध गराइने भएको छ।

कम्पनीहरूले प्रस्ताव गरेको परिमाणको प्रतिमेगावाट ३० हजार भारतीय रुपैयाँ (नेरु ४८ हजार) प्रतिमहिना ‘अर्नेस्ट मनि डिपोजिट’ धरौटी राख्नुपर्छ।

भारतले नेपालका ६ वटा विद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानेर भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ। यो नेपालले बिक्री गर्न लागेको यो विद्युत् ढल्केबर–मुजफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यात हुनेछ। निर्यात गर्न लागिएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेका कालीगण्डकी– ए, देवीघाट, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, त्रिशुली र निजी क्षेत्रको ग्रिन भेञ्चर्स लिमिटेडको लिखु –४ बाट उत्पादन हुने ३६४ मेगवाट मध्येको हो। नेपालले ३६४ मेगावाट विद्युत् निर्यात गर्न पाउने स्वीकृति पाए पनि अहिले २०० मेगवाटका लागि मात्र टेण्डर आह्वान गरिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले केही समय अघि गर्नुभएको भारत भ्रमणका क्रममा ३६४ मेगावाट विद्युत् बिक्रीका लागि दुई देशका निकायबीच सहमति भएको थियो। वर्षामा नेपालले खपत गरेर बाँकी रहेको बिजुली के गर्ने भन्ने बारेमा अझै कुनै निर्णय भएको थिएन।

गतवर्षको मनसुनमा करिब ५०० मेगावाट अर्थात् करिब पाँच अर्ब बराबरको बिजुली खेर गयो। यसैगरी हरेक मनसुनमा नेपालमा उत्पादित केही बिजुली खेर जाने गरेको छ। मनसुन सुरु भएपछि नेपालमा नदी तथा खोलामा जलसतह बढ्न गई नेपालका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन्। नेपालको कुल जडित क्षमता २ हजार २ सय मेगावाट हाराहारी पुगेको छ। नेपाल भित्रको कुल खपत भने १ हजार ६ सय मेगावाट बराबर मात्रै छ।

पछिल्लो समय देशमा उत्पादित बिजुली खेर जानु र खपत गर्ने अवस्था पनि नहुनुले सरकारलाई विकल्प खोज्ने दबाब परेको थियो। हिउँदमा कम हुने र वर्षामा खेर जाने प्रवृत्ति अन्त्य गर्न पछिल्लो समयसरकार र निजी क्षेत्र दुवैले पहल गरिरहेका छन्। यही क्रममा सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले आफ्नै तवरबाट बिजुली बिक्रीको प्रक्रिया अगाडि बढाएको हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ताजा

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…

लोकप्रिय

सबै

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रध…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

यो पनि

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…