Pairabi logo

कात्तिक २३, २०८३, आइतबार                    

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

डेक्स

डेक्स

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा
ADVERTISEMENT

शम्भुप्रसाद थारु 
बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ । तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन । परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ ।

बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सिर्जना थारुलाई यस वर्षको दसैँले झन् पीडा थपेको छ । घरमा जमरा राखिए पनि श्रीमान् बेपत्ता भएको पीडाले उहाँलाई पर्व मनाउने जाँगर छैन । आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयो, “दसैँ आएको छ, तर परिवारमा कुनै खुसी छैन ।” परम्पराअनुसार कुलदेवताको पूजा गरे पनि श्रीमान् बेपत्ता हुँदाको पीडाले दसैँ मनाउन नसकेको उहाँले बताउनुभयो । विगतमा परिवारसँगै बसेर खुसी साटासाट गरेको दसैँ सम्झँदा अहिले मन झन् भारी हुने उहाँको भनाइ छ ।

सोही गाउँका सुरेश थारु पनि भोटेकोशी बाढीमा बेपत्ता हुनुभएको छ । उहाँकी श्रीमती रमिता थारु श्रीमान् फर्किने आशामा दिनरात बिताइरहनुभएको छ । “रातदिन श्रीमान्कै प्रतीक्षामा छु । उहाँलाई सम्झेर दसैँ कसरी मनाउने रु” उहाँले भन्नुभयो । घरमा जमरा राखेर कुलदेवताको पूजा गरे पनि दुःखका कारण टीका नलगाई दसैँ बिताउने उहाँले बताउनुभयो ।

सिर्जना र रमिताजस्तै तिनघरवाका पाँच परिवार अहिले शोक र प्रतीक्षामा छन् । एउटै टोलका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गत भदौ १० गते भोटेकोशी बाढीमा परेर बेपत्ता भएका थिए । पाँच जना बेपत्ता भएपछि पीडा परिवारमा मात्र सीमित छैन, सिङ्गो गाउँ नै शोकमा डुबेको छ । बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पाँच परिवारमा परेको विपत्तिले गाउँका सबैलाई दुःखी बनाएको बताउनुभयो । आफन्त, गरगोतियार र छरछिमेकमा पनि यस वर्ष दसैँको रौनक नरहेको उहाँले बताउनुभयो ।

राजापुर नगरपालिका–९ तिनघरवा गाउँमा ७५ परिवार बसोबास गर्छन् । विगतमा रोजगारी, व्यवसाय र अध्ययनका लागि सहरबजार तथा जिल्लाबाहिर गएकाहरू दसैँ मनाउन गाउँ फर्किन्थे । गाउँमा चहलपहल हुन्थ्यो र सबैले मिलेर पर्व मनाउँथे । तर यस वर्ष बाढीको पीडाले गाउँको माहोल बदलिएको छ ।

गाउँका बरघर बरुण थारुले यस वर्ष गाउँमा दसैँको रौनक नरहेको बताउनुभयो । “दसैँ आएको छ, तर गाउँमा मादल बज्दैन । कसैको मनमा पनि खुसी छैन,” उहाँले भन्नुभयो । बाढीको पीडाका कारण तिनघरवासीले यसअघि अटवारी र तीज पनि उल्लासपूर्वक मनाउन नसकेको स्थानीयले बताएका छन् ।

भोटेकोशी बाढीमा बेपत्ता भएका मजदुरका परिवारले अहिलेसम्म सरकारी राहत नपाएको गुनासो गरेका छन् । आफन्तको काजकिरिया गर्न खर्च अभाव भएको उनीहरूको भनाइ छ । बेपत्ता सुरेश थारुकी श्रीमती रमिताले काजकिरियाका लागि आर्थिक समस्या भएको बताउनुभयो । स्थानीय सरकारले किरियाखर्च उपलब्ध गराउने आश्वासन दिए पनि अहिलेसम्म नपाएको उहाँको गुनासो छ ।

राजापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति खुसीराम थारुका अनुसार सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूलाई मृत घोषणा नगरेकाले काजकिरियाका लागि राहत उपलब्ध गराउन समस्या भएको हो । बेपत्ता व्यक्तिलाई मृत घोषणा गरिएमा स्थानीय सरकारले काजकिरियाका लागि रु ५० हजारसम्म सहयोग गर्न सक्ने उहाँले बताउनुभयो ।

बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पनि सरकारले कुनै किसिमको राहत वा सहयोग उपलब्ध नगराएको गुनासो गर्नुभयो । उहाँका अनुसार राजु काममा गएको ज्यालासमेत पाउनुभएको छैन । “यहाँबाट कामदार लगेको ठेकेदारसँग फोनमा सम्पर्क भए पनि प्रत्यक्ष भेटघाट भएको छैन,” उहाँले भन्नुभयो । बेपत्ता परिवारलाई राहत उपलब्ध गराउन र बाँकी ज्याला दिलाउन सरकारले प्रभावकारी पहल नगरेको उहाँको गुनासो छ ।

 भोटेकोशी बाढीमा राजापुर नगरपालिका–९ तिनघरवाका पाँच जनासहित राजापुर नगरपालिकाका ११ जना बेपत्ता छन्। बर्दियाबाट ७६ जना बेपत्ता छन् । 
 

ताजा

सबै

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

लोकप्रिय

सबै

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

यो पनि

फूल बेचेरै तिहार खर्चको जोहो

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम म…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…