Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

डेक्स

डेक्स

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
ADVERTISEMENT

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ । भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा उत्पादन भएको तरकारीले बजार पाएको नेपालगन्जस्थित रानी तलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार, जेठदेखि मङ्सिरसम्मको अवधिमा स्थानीय बजारमा खपत हुने कुल तरकारीमध्ये करिब ८० प्रतिशत तरकारी सल्यान, रुकुम, रोल्पा र दाङलगायतका छिमेकी पहाडी तथा भित्री मधेसका जिल्लामा उत्पादन भएको हुन्छ । बाँकी २० प्रतिशत मात्र भारतीय तथा अन्य क्षेत्रबाट आउने तरकारीले बजारको माग धान्ने गर्छ ।

हरेक बिहान सबेरै सल्यान, रुकुम, रोल्पा र दाङबाट दर्जनभन्दा बढी मालवाहक गाडी ताजा तरकारी बोकेर रानी तलाउ आइपुग्ने अध्यक्ष मोतिसराले बताउनुभयो । पहाडी जिल्लाबाट दैनिकजसो गोलभेडा, बन्दा, काउली, भान्टा, सिमी, खुर्सानी, लौका, करेला, बोडी र काँक्रो आउने गरको उहाँले जानकारी दिनुभयो ।

सीमा नाकामा अवैध रूपमा भित्रिने तरकारीमा कडाइ गरिएपछि स्वदेशी उत्पादनको माग र खपत ह्वात्तै बढेको छ । गत वर्षको तुलनामा यस वर्ष पहाडी जिल्लाबाट आउने तरकारीको परिमाणमा उल्लेख्य वृद्धि भएको अध्यक्ष मोतिसराको भनाइ छ । “सीमामा निगरानी कडा हुँदा अवैध आयात नियन्त्रणमा आएको र त्यसको प्रत्यक्ष लाभ नेपाली किसानले पाएका छन्”, उहाँले भन्नुभयो, “स्वदेशमै उत्पादन भएको ताजा तरकारीले सहजै बजार पाउन थालेपछि किसानले आफ्नो पसिना र उत्पादनको उचित मूल्य पाउन थालेका छन् ।”

रानी तलाउ बजार नेपालगन्जका लागि मात्र नभई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उपभोक्ताका लागि प्रमुख तरकारी थोकबजारका रूपमा परिचित छ । यहाँ दैनिक ठूलो परिमाणमा तरकारीको कारोबार हुने गर्दछ ।

यहाँ सङ्कलन भएको तरकारी विभिन्न खुद्रा बजारका साथै आसपासका अन्य जिल्लामा आपूर्ति हुने भएकाले यो बजार सिङ्गो क्षेत्रीय कृषि अर्थतन्त्रको महत्वपूर्ण केन्द्र बन्दै गएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बताउनुभयो । 

स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणलाई निरन्तर प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । अवैध आयात रोकिँदा एकातिर नेपाली किसानलाई उत्पादन बढाउन थप हौसला मिलेको छ भने अर्कोतिर देशको समग्र कृषि अर्थतन्त्रलाई मजबुत र आत्मनिर्भर बनाउन ठूलो सहयोग पुगेको छ । 

ताजा

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…