Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

डेक्स

डेक्स

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक
ADVERTISEMENT

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित दोस्रो चरणको यति परियोजनाअन्तर्गत बर्दियाका मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा परियोजना प्रारम्भ बैठक सम्पन्न भएका छन् ।

परियोजनाको समग्र लक्ष्य, उद्देश्य, कार्यान्वयन रणनीति, प्रस्तावित गतिविधि तथा अपेक्षित उपलब्धिबारे स्थानीय सरकारका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउँदै परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि समन्वय, सहकार्य र स्थानीय स्वामित्व अभिवृद्धि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

मधुवन नगरपालिकामा आयोजित बैठक नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो । उपप्रमुख अनिता चौधरी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत पार्वती पण्डित, वडा नम्बर १ र २ का वडाध्यक्ष, बालबालिका तथा महिला शाखा, पशु सेवा शाखा, योजना शाखा, रोजगार शाखा तथा उद्यम विकास शाखाका प्रतिनिधि, युवा उद्यमी तथा नगरपालिकाका सफल एवं स्थापित उद्यमीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई पशु सेवा शाखाका प्रमुख गणेशबहादुर बोहोरा र फिल्ड अफिसर सुनीता चौधरीले सहजीकरण गर्नुभएको थियो । यसैगरी, ठाकुरबाबा नगरपालिकामा पनि परियोजना प्रारम्भ बैठक नगर प्रमुख तिलकराम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उपप्रमुख बीना कुमारी भट्टराई अतिथिका रूपमा सहभागी हुनुभएको बैठकमा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, वडा नम्बर ३, ४ र ५ का वडाध्यक्ष, बालबालिका तथा महिला शाखा, पशु सेवा शाखा, योजना शाखा, रोजगार शाखा, उद्यम विकास शाखाका प्रतिनिधि, युवा उद्यमी तथा सफल एवं स्थापित उद्यमीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई योजना शाखाका प्रमुख अनन्तराज सुवेदी र फिल्ड अफिसर सृजना थारूले सहजीकरण गर्नुभएको थियो । दुबै ठाउँका बैठकमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधर, सपना परियार तथा क्लबका सदस्य शंकर सिंह थारूको सक्रिय सहभागिता रहेको थियो । 

सोही प्रकारले दुबै ठाउँका बैठकमा परियोजना संयोजक राधेकृष्ण थारूले परियोजनाको पहिलो चरणअन्तर्गत आर्थिक वर्ष २०२६ मा हासिल भएका उपलब्धि तथा परियोजनाको प्रभावबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले हालै सुरु गरिएको दोस्रो चरणको परियोजनाका लक्ष्य, उद्देश्य, कार्यनीति, कार्यान्वयन प्रक्रिया, प्रस्तावित कार्यक्रम, बजेट तथा अपेक्षित उपलब्धि र प्रभावबारे जानकारी गराउनुभयो ।

छलफलका क्रममा जलवायु अनुकूल व्यवसाय तथा हरित रोजगारीमार्फत रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने, युवा उद्यमशीलता प्रवद्र्धन गर्ने, युवाको सीप तथा क्षमता विकास गर्ने र जलवायु परिवर्तन तथा विश्वव्यापी तापक्रम वृद्धिका असर न्यूनीकरणमा युवालाई सक्रिय बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

साथै, परियोजनाको पहिलो चरणमा स्थापना भएका उद्यमलाई दिगो बनाउँदै थप सुदृढ र विस्तार गर्नुपर्ने आवश्यकता पनि बैठकमा औँल्याइएको थियो । बैठकमा सहभागीहरूले परियोजनाका गतिविधिको प्रशंसा गर्दै प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय, सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…