Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा जनचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाईयो

डेक्स

डेक्स

बाँकेमा जनचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाईयो
ADVERTISEMENT

नेपालगन्ज, साउन २५ । जीवनका लागि पोषण परियाृजना अन्तर्गत बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न पालिकामा स्तनपान परामर्श तथा जनचेतनामूलक कार्यक्रमहरु गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाएको छ । 

क्लबले हेलन केलर इन्टरनेशनल नेपालसंगको साझेदारी तथा बाँके जिल्लाका बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थासँगको समन्वय र सहकार्यमा राष्ट्रिय स्तनपान सप्ताह मनाएको हो।

कार्यक्रममा बालबालिकाको जीवनको अत्यन्त महत्वपूर्ण चरण मानिने सुनौला १,००० दिन अवधिका आमा तथा हेरचाहकर्ताहरूको सहभागिता रहेको थियो। सम्बन्धित स्वास्थ्य संस्थाका नर्सिङ कर्मचारी तथा पोषण परियोजनाका पोषण सहजकर्ताहरूले स्तनपानको महत्व, जन्मेको एक घण्टाभित्र स्तनपान गराउने अभ्यास, शिशु जन्मेको पहिलो ६ महिनासम्म पूर्ण स्तनपान, शिशु ६ महिना पुरा भए पश्चात पनि कम्तिमा २ बर्ष सम्म थप खानाको साथै स्तनपानको निरन्तरता, स्तनपानको सही आसन तथा सम्पर्क, मायाको अंगालोरकङ्गारु मदर केयर तथा स्तनपानका क्रममा देखिन सक्ने सामान्य चुनौतीहरूको पहिचान र समाधानका विषयमा व्यावहारिक तथा सहभागितामूलक परामर्श प्रदान गरेका थिए।

कार्यक्रमलाई केवल सूचना आदान–प्रदानमा सीमित नराखी व्यावहारिक सिकाइ, सक्रिय सहभागिता र आमाहरूको आत्मविश्वास अभिवृद्धिमा विशेष जोड दिइएको थियो। स्तनपानसम्बन्धी नमुना सामग्री, फ्लिपचार्ट तथा अन्य दृश्य सञ्चार सामग्रीको प्रयोग गरी प्रदर्शनात्मक तथा अन्तरक्रियात्मक सिकाइलाई प्राथमिकता दिइएको थियो। आमाहरू तथा हेरचाहकर्ताहरूलाई आफ्ना अनुभवहरू साझा गर्न, जिज्ञासा राख्न, सामना गरिरहेका चुनौतीहरूबारे छलफल गर्न तथा प्रशिक्षित स्वास्थ्यकर्मीहरूसँग मिलेर व्यवहारिक समाधान खोज्न प्रोत्साहित गरिएको थियो।

राष्ट्रिय स्तनपान सप्ताहका अवसरमा सञ्चालन गरिएका यी गतिविधिहरूको सफलताले स्वास्थ्य संस्था, समुदाय, स्वास्थ्यकर्मी तथा विकास साझेदारहरूबीचको समन्वय र सहकार्य मातृ तथा बाल पोषण सुधारका लागि कति महत्वपूर्ण छ भन्ने कुरालाई थप उजागर गरेको छ।

स्वास्थ्यकर्मी र समुदायलाई एउटै साझा सिकाइ तथा संवादको मञ्चमा जोड्दै सञ्चालन गरिएका यी कार्यक्रमहरूले आमाहरूको ज्ञान, आत्मविश्वास र व्यवहारिक सीप अभिवृद्धि गर्दै शिशुको उचित पोषण, वृद्धि तथा विकासका लागि उचित र सही निर्णय लिन सक्षम बनाउन योगदान पुर्‍याएका छन्। 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…