Pairabi logo

कात्तिक ०५, २०८३, बुधबार                    

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

डेक्स

डेक्स

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार
ADVERTISEMENT

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२र८३ मा विभिन्न प्रजातिका ती वन्यजन्तुको उद्धार गरेको हो । 
    
एक सय ९१ वन्यजन्तुमध्ये सबैभन्दा बढी सर्प प्रजातिका १६४ वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालयका प्रमुख शङ्कर गुप्ताले जानकारी दिनुभयो । तीमध्ये पनि ७६ वटा कोब्रा सर्प रहेका जनाउँदै उहाँले अधिकांश नेपालगन्ज र कोहलपुर क्षेत्रबाट उद्धार गरिएको उल्लेख गर्नुभयो । 

जिल्लाका विभिन्न स्थानबाट कोब्रा ९गोमन० धामन, करेत, अजिङ्गर, रसेल भाइपर, पानी सर्प, राजगोमन, गोही, गोहोरो, नीलगाई, हुचिल, बँदेल, कालोबिरालो, चित्तल, बाँदर र बाजको उद्धार गरिएको प्रमुख गुप्ताले बताउनुभयो । जिल्लामा कोब्राबाहेक धामन ३०, करेत २५, रसेल भाइपर १३, अजिङ्गर १०, पानीसर्प र राजगोमन पाँच÷पाँच वटा उद्धार गरिएको छ ।  

त्यस्तै, गोही आठ, सुनगोहोरो आठ ,चित्तल एक, नीलगाई तीन र हुचिल तीन, बँदेल, बाँदर, बाज तथा कालोबिरालो एकरएक वटा उद्धार गरिएको छ । “वनजङ्गल आसपासमा भएको वन अतिक्रमणका कारण बासस्थान सङ्कटमा परेका वन्यजन्तु आत्तिएर घरमा पनि पस्न सक्छन्”, प्रमुख गुप्ताले भन्नुभयो । 

घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका वन्यजन्तुको उद्धार गरिँदै आएको डिभिजन वन कार्यालय, बाँकेले जनाएको छ । उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनःस्थापना गरिएको छ । 

केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाउने गरिएको प्रमुख गुप्ताले बताउनुभयो । घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर आवश्यक औषधि उपचारपश्चात् पूर्ण रूपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिँदै आइएको उहाँको भनाइ छ ।

जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसको चलहपहल बढी हुनु, जनावर बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नु, पानी पिउन तालतलैया तथा नहरमा जाँदा फस्नुलगायत विभिन्न कारणले गर्दा वन्यजन्तु आफ्नो बासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका वन कार्यालयको भनाइ छ । कार्यालयले सङ्कटमा परेका वन्यजन्तुको पाँच वर्षदेखि उद्धार गर्दै आएको छ । 
(((

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…