Pairabi logo

असोज ०९, २०८३, शुक्रबार                    

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

डेक्स

डेक्स

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार
ADVERTISEMENT

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२र८३ मा विभिन्न प्रजातिका ती वन्यजन्तुको उद्धार गरेको हो । 
    
एक सय ९१ वन्यजन्तुमध्ये सबैभन्दा बढी सर्प प्रजातिका १६४ वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालयका प्रमुख शङ्कर गुप्ताले जानकारी दिनुभयो । तीमध्ये पनि ७६ वटा कोब्रा सर्प रहेका जनाउँदै उहाँले अधिकांश नेपालगन्ज र कोहलपुर क्षेत्रबाट उद्धार गरिएको उल्लेख गर्नुभयो । 

जिल्लाका विभिन्न स्थानबाट कोब्रा ९गोमन० धामन, करेत, अजिङ्गर, रसेल भाइपर, पानी सर्प, राजगोमन, गोही, गोहोरो, नीलगाई, हुचिल, बँदेल, कालोबिरालो, चित्तल, बाँदर र बाजको उद्धार गरिएको प्रमुख गुप्ताले बताउनुभयो । जिल्लामा कोब्राबाहेक धामन ३०, करेत २५, रसेल भाइपर १३, अजिङ्गर १०, पानीसर्प र राजगोमन पाँच÷पाँच वटा उद्धार गरिएको छ ।  

त्यस्तै, गोही आठ, सुनगोहोरो आठ ,चित्तल एक, नीलगाई तीन र हुचिल तीन, बँदेल, बाँदर, बाज तथा कालोबिरालो एकरएक वटा उद्धार गरिएको छ । “वनजङ्गल आसपासमा भएको वन अतिक्रमणका कारण बासस्थान सङ्कटमा परेका वन्यजन्तु आत्तिएर घरमा पनि पस्न सक्छन्”, प्रमुख गुप्ताले भन्नुभयो । 

घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका वन्यजन्तुको उद्धार गरिँदै आएको डिभिजन वन कार्यालय, बाँकेले जनाएको छ । उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनःस्थापना गरिएको छ । 

केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाउने गरिएको प्रमुख गुप्ताले बताउनुभयो । घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर आवश्यक औषधि उपचारपश्चात् पूर्ण रूपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिँदै आइएको उहाँको भनाइ छ ।

जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसको चलहपहल बढी हुनु, जनावर बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नु, पानी पिउन तालतलैया तथा नहरमा जाँदा फस्नुलगायत विभिन्न कारणले गर्दा वन्यजन्तु आफ्नो बासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका वन कार्यालयको भनाइ छ । कार्यालयले सङ्कटमा परेका वन्यजन्तुको पाँच वर्षदेखि उद्धार गर्दै आएको छ । 
(((

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

यो पनि

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…