Pairabi logo

असोज २६, २०८३, सोमबार                    

एकीकृत जाँच चौकी परिसरमा वृक्षरोपण

डेक्स

डेक्स

एकीकृत जाँच चौकी परिसरमा वृक्षरोपण
ADVERTISEMENT

नेपालगञ्ज, ९ साउनः नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसिपी) परिसरमा आज विभिन्न जातका ५०० बिरुवा रोपिएको छ । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजना तथा एकीकृत जाँच चौकी नेपालगञ्ज, भन्सार एजेन्ट सङ्घ नेपालगञ्ज एकाइ र टिआएस एटलस लोजिपार्क प्रालिको सहकार्यमा वृक्षरोपण भएको हो । 

एकीकृत जाँच चौकी परिसरमा अमला, निम, सितलचिनी, राज वक्ष, खैर, कोइरालो, छतिवन, ज्याकाराण्डा, पारिजातलगायत जातका ५०० बिरुवा रोपिएको रोटरी क्लबका सदस्य चक्र गिरीले जानकारी दिनुभयो । 

कार्यक्रम संयोजक सरोज रेग्मीका अनुसार रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले जुलाइ २६ देखि अगस्ट १ सम्मलाई ‘वृक्षरोपण सप्ताह २०२६’ का रूपमा मनाउँदै देशभर एक लाख बिरुवा रोप्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको छ ।

नेपालगञ्जका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले वातावरणीय सन्तुलन कायम राख्न वृक्षरोपण अपरिहार्य रहेको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षणमा सबै पक्षले समान रूपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा एकीकृत जाँच चौकीका सुरक्षा प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तीर्थराज न्यौपाने, टिआएस एटलस लोजीिार्क प्रालिका व्यवस्थापक तर्कराज जोशी, नेपाल भ्यालुअर्स एसोसिएसनका उपाध्यक्ष इञ्जिनियर विवेक लामिछाने, हरित अभियन्ता हेमन्तराज काफ्ले, नेपालगञ्ज भन्सार एजेन्ट सङ्घका अध्यक्ष दिनेश बानियाँलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो । आज तुलसी रोपण गरेर अन्य वृक्षरोपण कार्यक्रम सुरु भएको हो । 
 
ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…