Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरी

डेक्स

डेक्स

नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरी
ADVERTISEMENT

बाँके, ६ साउन । कुनै समय प्रसूति वेथा लागेपछि परिवारका सदस्यको मनमा सबैभन्दा ठूलो चिन्ता हुन्थ्यो(आमालाई कसरी अस्पताल पु¥याउने रु सडकको अभाव, एम्बुलेन्स नहुनु, स्वास्थ्य संस्था टाढा हुनु र घरमै सुत्केरी गराउने पुरानो परम्पराले धेरै आमा र नवजात शिशुलाई जोखिममा पार्ने गरेको थियो । तर अहिले बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा त्यो तस्वीर बदलिएको छ । घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ भने वडा–वडामा सञ्चालनमा रहेका वर्थिङ सेन्टर सुरक्षित मातृत्वका भरपर्दा केन्द्रका रूपमा स्थापित हुँदै गएका छन् ।

यसको प्रमाण स्वास्थ्य शाखाको तथ्यांकले पनि देखाउँछ। चालु आर्थिक वर्ष २०८२÷८३ मा नरैनापुर गाउँपालिकाका विभिन्न वर्थिङ सेन्टरबाट १ हजार १५१ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा यो संख्या ८८१ हजार १२३ थियो। संस्थागत सुत्केरीको संख्या निरन्तर बढ्दै जानुलाई स्वास्थ्यकर्मीहरूले सुरक्षित मातृत्वप्रतिको चेतना र स्थानीय सरकारले गरेको लगानीको प्रतिफलका रूपमा व्याख्या गरेका छन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले केही वर्षअघिसम्म प्रसूति सेवा लिन नेपालगञ्ज वा भारतका सीमावर्ती अस्पतालसम्म पुग्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिले गाउँमै गुणस्तरीय सेवा उपलब्ध हुनु ठूलो उपलब्धि भएको बताउनुभयो ।

उहाँका अनुसार गणतन्त्रपछि सडक, विद्युत्, स्वास्थ्य संस्था र जनशक्तिमा भएको विस्तारले नरैनापुरको स्वास्थ्य सेवामा आमूल परिवर्तन आएको छ। वडा–वडामा सञ्चालन भएका वर्थिङ सेन्टरले दुर्गम बस्तीका महिलालाई सुरक्षित सुत्केरी सेवा घर नजिकै उपलब्ध गराएका छन् ।

स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार पहिले घरमै सुत्केरी गराउने वा अन्तिम अवस्थासम्म स्वास्थ्य संस्थामा नआउने महिलासमेत अहिले नियमित गर्भ परीक्षणदेखि सुत्केरीसम्म वर्थिङ सेन्टरमै आउने गरेका छन् । वडा नम्बर १ देखि ६ सम्म चौबीसै घण्टा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाले दुर्गम बस्तीका महिलाले पनि सहज रूपमा सेवा लिन थालेका छन् । स्वास्थ्य शाखाका अनुसार चालु आर्थिक वर्षमा वडा नम्बर १ मा १८६, वडा नम्बर २ मा १७४, वडा नम्बर ३ मा १०१, वडा नम्बर ४ मा २५४, वडा नम्बर ५ मा २८६ र वडा नम्बर ६ मा १५३ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् । जटिल अवस्था देखिएमा तत्काल भेरी अस्पतालमा निःशुल्क रेफर गर्ने तथा ल्याउने–लैजाने व्यवस्था गाउँपालिकाले मिलाएको अध्यक्ष शाहले बताउनुभयो ।

वडा नम्बर १ कटकुइया स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना गुरुङका अनुसार नरैनापुरमा पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो परिवर्तन महिलाको सोचमा आएको छ । उहाँले भन्नुभयो, “पहिले धेरैजसो गर्भवती महिलाले घरमै सुत्केरी गराउने योजना बनाउनुहुन्थ्यो । अस्पताल आउन डराउने, खर्च धेरै लाग्छ भन्ने सोच्ने र अन्तिम समयमा मात्रै ल्याइने अवस्था थियो । अहिले भने गर्भ रहेदेखि नै नियमित जाँचका लागि स्वास्थ्य संस्थामा आउने, सुत्केरी हुने मिति नजिकिँदै जाँदा आफैं वर्थिङ सेन्टरमा सम्पर्क गर्ने र सुरक्षित रूपमा स्वास्थ्य संस्थामै सुत्केरी गराउने चलन बढेको छ ।”

उहाँका अनुसार स्वास्थ्यकर्मीले गाउँ–गाउँमा पुगेर गरेको परामर्श, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता, परिवारको बढ्दो साथ र गाउँपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्स सेवाले समुदायको सोच परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

उहाँले अझै पनि दुर्गम बस्तीका केही परिवारमा पुराना मान्यता बाँकी रहे पनि स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति गराउँदा आमा र नवजात शिशुको ज्यान जोगिनुका साथै आकस्मिक जटिलताको तत्काल उपचार सम्भव हुने भएकाले सबै गर्भवती महिलालाई संस्थागत सुत्केरी रोज्न आग्रह गर्नुभयो ।

कुनै समय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुर अहिले सुरक्षित मातृत्वको क्षेत्रमा उदाहरणीय परिवर्तनतर्फ अघि बढिरहेको छ । स्थानीय सरकारको प्रतिबद्धता, स्वास्थ्यकर्मीको समर्पण र समुदायमा बढ्दो जनचेतनाले जोखिमपूर्ण घरायसी सुत्केरीलाई क्रमशः सुरक्षित संस्थागत सुत्केरीमा रूपान्तरण गरिरहेको स्वास्थ्यकर्मीहरूको अनुभव छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…