Pairabi logo

कात्तिक २६, २०८३, बुधबार                    

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

डेक्स

डेक्स

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम
ADVERTISEMENT

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ूजीवनका लागि पोषणू परियोजनाअन्तर्गत जानकी गाउँपालिका–६, भाटनपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका उप–प्रधानाध्यापक दिपराज आर।सी।को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ३० जना विद्यार्थी ९१२ छात्र र १८ छात्रा० को सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा पोषण, विद्यालय सरसफाइ, महिनावारी स्वच्छता, प्राथमिक उपचार, बाल क्लब परिचालन, विद्यालय दिवा खाजाको महत्त्व, किशोरीहरूका लागि आइरन तथा फोलिक एसिड ९क्ष्ँब्० सेवन, राष्ट्रिय पोषण सप्ताह, जुकाको औषधि सेवन तथा सकारात्मक व्यवहार परिवर्तन सम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्नु रहेको थियो।

कार्यक्रमको सुरुवातमा विद्यालयकी शिक्षिका तथा बाल क्लब फोकल व्यक्ति सीता देवी बमले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो। त्यसपछि गनापुर स्वास्थ्य चौकीका पोषण फोकल व्यक्ति सुरेन्द्र प्रसाद गिरीले पोषण तथा स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दिपराज आर।सी।ले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि उचित पोषण अपरिहार्य रहेको बताउँदै स्वस्थ भविष्य निर्माणका लागि सन्तुलित आहार, नियमित सरसफाइ तथा स्वस्थ जीवनशैलीलाई दैनिक अभ्यासमा उतार्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी विद्यालयकी बाल क्लब फोकल व्यक्ति शिला श्रेष्ठले सन्तुलित आहारमा दाल, भात र तरकारीसँगै हरियो सागसब्जी, गेडागुडी, फलफूल, दूध तथा आवश्यकताअनुसार अन्य पौष्टिक खाद्य पदार्थको नियमित सेवनले शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुने र दीर्घकालीन रूपमा स्वस्थ जीवनयापनमा सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले पोषण र स्वास्थ्यसम्बन्धी व्यवहारलाई आफ्नो दैनिक जीवनमा अपनाउने तथा प्राप्त ज्ञान परिवार र समुदायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

बाँके युनेस्को क्लबका अनुसार विद्यालयस्तरमा सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रमहरूले बालबालिका र किशोरकिशोरीमा स्वस्थ खानपान, सरसफाइ र पोषणसम्बन्धी सकारात्मक व्यवहार विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

ताजा

सबै

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

बाँके :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यम द्धितीया अर्थात् भै…

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भए…

लोकप्रिय

सबै

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

बाँके :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यम द्धितीया अर्थात् भै…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…