Pairabi logo

कात्तिक १३, २०८२, बुधबार                    

तरकारीमा विषादीको मात्रा बढ्दो

डेक्स

डेक्स

तरकारीमा विषादीको मात्रा बढ्दो
ADVERTISEMENT

नेपालगन्ज, ११ कात्तिकः किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१र८२ मा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैफियत पाइएका तरकारी बाँके जिल्लाकै उत्पादन हुन् । दश वटामध्ये नौ वटा रायो, माटे र सम्धिनीलगायत सागमा कैफियत पाइएको जनाउँदै उहाँले एउटा बोडीको नमुनामा विषादीको मात्रा फेला परेको बताउनुभयो । चैतमा तीन, वैशाखमा पाँच, जेठमा एक र असारमा एउटा नमुनामा कैफियत देखिएको थियो । दशवटै नमुना परीक्षण गर्दा रेडलेबल ९उपभोग गर्न नमिल्ने० पाइएको चौधरीले बताउनुभयो ।

प्रयोगशालामा भारतबाट आयातीत ४१३, सल्यानका २७३, बाँकेका ९६२, चितवनका ७९, सुर्खेतका १२, जुम्लाका एक, बर्दियाका ५३, रोल्पाका ११, दैलेखका दुई, रुपन्देहीका एक र दाङका ७६ नमुना परीक्षण गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक चौधरीले जानकारी दिनुभयो ।

प्रयोगशालामा नेपालका विभिन्न जिल्लाबाट नेपालगञ्ज आउने तरकारी तथा फलफूलजन्य वस्तु र भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच हुने उहाँले बताउनुभयो । करिब एकदेखि डेढ घण्टाभित्रमा परीक्षण गरिएका नमुनाको नतिजा आउने उहाँले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमाभन्दा गत आर्थिक वर्षमा तरकारी तथा फलफूलजन्य वस्तुको नमुना बढीमात्रामा परीक्षण भएसँगै विषादी पाइने सङ्ख्यामा पनि वृद्धि भएको चौधरीको भनाइ छ । 

उहाँका अनुसार नेपालगञ्जस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आवमा एक हजार ८८३ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण हुँदा १० वटा नमुनामा कैफियत पाइएको हो । त्यसैगरी अघिल्लो आवमा एक हजार ९४ नमुना परीक्षण हुँदा सात वटामा कैफियत पाइएको थियो । चालु आवको साउनदेखि हालसम्म ४८२ वटा तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गरिएको छ । उक्त नमुनामा कुनै पनि कैफियत नपाइएको चौधरीको भनाइ छ ।

प्रयोगशालामा आव २०८०र८१ मा एक हजार ९४ नमुना परीक्षण हुँदा तीन वटा ‘यल्लो’ र चार वटा ‘रेडलेबल’ गरी सात नमुनामा कैफियत पाइएकामा आव २०७९/८० मा एक हजार ८५ नमुना परीक्षण हुँदा छ वटा यल्लो र १० वटा रेडलेबल गरी १६ नमुनामा कैफियत देखिएको थियो । गत आवमा नमुना परीक्षणको सङ्ख्या वृद्धि भएसँगै कैफियत पाइने सङ्ख्यामा पनि वृद्धि भएको हो ।

नायब प्राविधिक सहायक चौधरीका अनुसार तरकारी तथा फलफूलजन्य वस्तुमा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ गरी दुई वटा विषादी समूहको परीक्षण हुने गर्दछ । नेपालगञ्जबाट विसं २०७९ मङ्सिरदेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादी नमुना परीक्षण सुरु गरिएको हो ।

ताजा

सबै

तरकारीमा विषादीको मात्रा बढ्दो

नेपालगन्ज, ११ कात्तिकः किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएक…

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

नेपालगन्ज, ९ कात्तिकः राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयव…

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नेपालगन्ज , ९ कात्तिकः राप्तीसोनारी गाउँपालिका३ नारायणपुरबाट दाङको राजपुर गाउँपालि…

यमद्धितीयमा मधेशी महिलाद्धारा “भुर्की पुजन”

बाँके, ६ कात्तिक :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन भोली विहीबार यम …

लोकप्रिय

सबै

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नेपालगन्ज , ९ कात्तिकः राप्तीसोनारी गाउँपालिका३ नारायणपुरबाट दाङको राजपुर गाउँपालि…

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

नेपालगन्ज, ९ कात्तिकः राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयव…

तरकारीमा विषादीको मात्रा बढ्दो

नेपालगन्ज, ११ कात्तिकः किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएक…

यो पनि

नेपाल रेडक्रसको ६३औं स्थापना दिवस

नेपाल रेडक्रसको ६३औं स्थापना दिवस

नेपालगंज १९ भाद्र, / #मानवताको पक्षमा (#On The Side of Humanity) भन्ने मुल नाराका …

पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वयमा जोड

पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वयमा जोड

नेपालगन्ज । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले…