Pairabi logo

पुस ०६, २०८२, आइतबार                    

एकै दिन दुई हजार बिरुवा रोपियो

डेक्स

डेक्स

एकै दिन दुई हजार बिरुवा रोपियो
ADVERTISEMENT

नेपालगन्ज–२३ स्थित हजरत सामुदायिक वनमा शनिबार वृक्षारोपण कार्यक्रममार्फत एकै दिन दुई हजार बिरुवा रोपिएको छ । क्लिन अप नेपालको आयोजना र स्ट्यान्डर्ड चार्टर बैँकको सहयोगमा सो सामुदायिक वनमा ती बिरुवा रोपिएको हरित अभियन्ता हेमन्तराज काफ्लेले बताउनुभयो ।

नेपाल सरकारका पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सो बृहत् वृक्षारोपणको शुभारम्भ गर्नुभयो । उहाँले रुख बिरुवाको अभावमा नेपालगन्जको वातावरणमा असर परेको जनाउँदै बढीभन्दा बढी वृक्षारोपणमा जोड दिनुभयो । कार्यक्रमको उद्देश्य संरक्षण र वातावरणीय सचेतना जगाउनु मात्र नभई समुदायलाई समृद्ध वनक्षेत्रको महत्त्वबारे बुझाउनु पनि रहेको क्लिन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले बताउनुभयो । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख  प्रशान्त विष्टले नेपालगन्जलाई ग्रिन सिटी बनाउने अभियान चलाइने बताउनुभयो । सो अवसरमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा। विनोद ढकाल, नेपाली कांग्रेस जिल्ला सचिव सुधान्सु  कोइराला, स्ट्यान्डर्ड चार्टर बैँक नेपाल लिमिटेडको नेपालगन्ज शाखा प्रमुख हर्मेस सोनी, प्याब्सन बाकेका अध्यक्ष विकास बज्राचार्य,  नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, लायन्स डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, लायन्स सेक्रेटरी नरेन्द्र श्रेष्ठ लगायतले वृक्षारोपण गर्नुभयो ।

सो अवसरमा महुवा, बर्रो, अमला , शिरीष, लिची, अम्बा र अर्जुन लगायतका बिरुवा रोपिएको थियोे ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…