Pairabi logo

पुस २८, २०८२, सोमबार                    

कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान

डेक्स

डेक्स

कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान
ADVERTISEMENT

नेपालगन्ज, ५ साउनः नेपालगन्ज पुरैनीस्थित कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान थालिएको छ । ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जका अध्यक्ष्इा अभियन्ता डा विनोद कर्णको अगुवाइमा सो हस्ताक्षर सङ्कलन सुरु भएको हो । 

केही दिन अघिदेखि सुरु भएको हस्ताक्षर सङ्कलन केही दिनसम्म जारी रहने अभियन्ता कर्णले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म करिब २५० जनाको हस्ताक्षर सङ्कलन भएको र सङ्कलन भएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, बाँके र नेपालगन्ज उपमहानगरपालिकालाई बुझाउने कार्यक्रम रहेको बताउनुभयो । “कान्ति तालमा रेलिङ भाँचिएको छ, फोहोरको कुनै व्यवस्थापन गरिएको छैन र पछिल्लो समय मदिरा सेवन गर्ने अखडा बन्न थालेको छ”, उहाँले भन्नुभयो । 

नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ को पुरैनीमा रहेको सो ताल सिमसार क्षेत्रका रुपमा स्थापित हुन थालेको छ । हरित अभियन्ता डा कर्णले हस्ताक्षर सङ्कलनपछि तालको संरक्षणमा सरोकार भएका निकायको ध्यान जाने विश्वास व्यक्त गर्दै कान्ति ताल पर्यटकका लागिसमेत गन्तव्य भएको बताउनुभयो । 

“त्यहाँ विभिन्न प्रजातिका चराको बासस्थान छ, यसले पर्यटकलाई समेत लोभ्याउने गर्छ”,  डा कर्णले भन्नुभयो । करिब २५ बिगाहा क्षेत्रफलमा फैलिएको उक्त प्राकृतिक तालको वरिपरि उपमहानगरले इँटाको पर्खाल र त्यसमा रेलिङ लगाएको थियो । वरिपरि दुई किलोमिटर कालोपत्रे सडक, फुटपाथ र पार्किङ एरिया बनाइएको छ । 

नेपालगन्ज उपमहानगरपालिका–२१ का वडाध्यक्ष राजकुमार शाहु तेलीले कान्ति तालको संरक्षणको खाँचो आँैल्याउँदै कान्ति तालमा रहेका संरचनाको चोरी भइरहेको बताउनुभयो ।

वडाध्यक्ष तेलीले त्यहाँ जडान भएका विद्युतका संरचनासमेत चोरी हुँदा अहिले रातिमा बत्ती नबलेको उल्लेख गर्दै बाँकेमा रहेको यस तालको संरक्षण अनिवार्य भएको बताउनुभयो । नेपालगन्जमा रहेको कान्ति ताल विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन स्थल समेत भएको बताइएको छ । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…